सामग्रीमा जानुहोस्

अंशुवर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अंशुवर्मा
छाउनी सङ्ग्रहालय, काठमाडौंमा रहेको अंशुवर्माको मूर्ति
लिच्छवीका महासामन्त
कार्यकाल
५९५ CE  ६२१ CE
व्यक्तिगत विवरण
सन्तानभृकुटी

अंशुवर्मा नेपालका लिच्छवी कालिन राजा थिए। यिनी नेपालका राष्ट्रिय विभूतिहरू मध्ये एक हुन्। यिनी लिच्छवी कालमा राजा भएका भए तापनि, वैस ठकुरी बंशका थिए। यिनी राजा शिवदेव प्रथमका ज्वाईं थिए।

नेपालको इतिहासमा पहिलोपटक "महाराजधिराज" को उपाधि लिने राजा अंशुवर्मा नै हुन्। यसको मतलब उनी धेरै सामन्तहरूका पनि शासक रहेको बुझिन्छ। शिवदेबका (ज्वाइँ वा भानिज) नाता पर्ने अंशुवर्मा कुन वंशका थिए भन्ने कुरा अज्ञात भए पनि चिनियाँयात्री ह्वेनसाङले नेपालका राजाहरूलाई क्षत्रिय भनेका छन्। त्यसैले अंशुवर्मा क्षत्री थिए। राजा अंशुवर्माको राज्यकालमा भारतमा हर्षवर्द्धन र तिब्बतमा स्रङ्चङ गम्पो शासक निकै बलिष्ठ थिए। नेपाललाई दुई शक्तिबाट रक्षा गर्नुपर्ने उनले देखे अनि दुबैतिर मित्रता बढाए।[]

राजा शिवदेवको शासनकालमा वि.सं ६५१ देखि पछिका अभिलेखहरूमा अंशुवर्माको नाउँ प्रमुख भारदारका रुपमा रहेको पाइन्छ। पहिले अंशुवर्मा सामन्त थिए। पछि इनी महासामन्त भएका आठओटा अभिलेख प्रकाशित भएका छन्। []

उनी सामन्त रहेको बेलामा लिच्छवि दरबारमा रवि गुप्ता शक्तिशाली भारदार थिए। उनी पछि भौम गुप्ताले शक्तिको उपयोग गरे। भौम गुप्ताको मृत्युुपछि लिच्छवि राजाले अंशुवर्मालाई प्रमुख भारदार बनाए। सम्भवत गुप्तपरिवारमा प्रभावशाली व्यक्तिको त्यो बेला अभाव थियो। शिवदेव र अंशुवर्माको संयुक्त शासन थियो। [] राजा शिवदेवले जारी गरेको अभिलेखहरूमा आफ्ना भानिज र भारदार अंशुवर्माको प्रशंसा लेखेका छन्। त्यही भुमिकाको कारण शिवदेवपछि अंशुवर्मा राजा भए।[]

यिनले वि.सं. ६६२ देखि ६७८ सम्म १६ वर्ष शासन गरेका थिए। उनी बुद्धिमानी, साहसी र दुरदर्शी लिच्छबी राजा थिए। उनी साहित्य, कला र वास्तूकलाका पनि प्रेमी थिए। उनले बनाएको कैलाशकूट भवन सातौँ शताब्दीमा राज्यको सबैभन्दा प्रसिद्ध दरबारको नामले चिनिएको थियो। दरबारका केही अवशेषहरू काठमाडौंको हाँडिगाउँमा अवस्थित हुन सक्छन्।[] अंशुवर्मा शैव धर्म मान्दथे तर बौद्ध धर्मप्रति पनि यिनको ठूलो श्रद्धा रहेको थियो।

शासनकालमा गरिएका कार्यहरू

[सम्पादन गर्नुहोस्]

बालकको सालनाल काट्ने, गुप्त सम्बत चलाउने र वैष्णव सिक्का समेत निकाल्ने काम यिनले गरेका थिए। यिनले महाराजधिराज तथा महासामन्त जस्ता पद्वी धारण गरेका थिए। त्यस्तै यिनले शब्द विद्या नामक ग्रन्थको रचना गरेका थिए। अंशुवर्माका समयमा नेपाल भारत र तिब्बत भन्दा शक्तिशाली थियो । अंशुवर्माले तिब्बतभारतसँग सन्तुलनपूर्ण सम्बन्ध कायम गरेका थिए। त्यसबेला भारतसँगको सम्बध बलियो राख्नको लागि अंशुबर्माले आफनो बहिनीको बिबाह भारतका सम्राट हर्षवर्द्धनसँग गरी मित्रता कायम राखेका थिए भने तिब्बतका राजा स्रोङ्चन गम्पोसँग आफ्नी छोरी भृकुटीको विवाह गराइदिएका थिए। नेपालमा अंशुवर्मा नेपालका राष्ट्रिय विभूति हुन। धेरै सामाजिक सुधारका काम गरेका यिनको शासनकाललाई लिच्छवीकालिन नेपालको स्वर्णयुग मानिन्छ। []

अंशुवर्माको मृत्यु इस्वी संवत् ६२१ मा भएको मानिन्छ र उदयदेव उनको उत्तराधिकारी बनेका थिए।[][]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. पन्त, नयराज (बि.सं २०४३), लिच्छविसंवत्‌को निर्णय, काठमाडौं: नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, पृ: १–३४।
  2. वज्राचार्य, धनवज्र (बि.सं २०३०), लिच्छविकालका अभिलेख, काठमाडौं: नेपाल एसियाली अध्ययन संस्थान, पृ: २३३–२७७।
  3. सुवेदी, राजाराम (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: ६६, आइएसबिएन 99933-2-406-X
  4. रेग्मी, जगदीशचन्द्र (बि.सं), प्राचीन नेपालको राजनीतिक इतिहास, पृ: १३३–३६।
  5. महर्जन, वसन्त (१०-१६ असार २०७५), "कैलाशकूटको खोजी", हिमाल खबरपत्रिका, अन्तिम पहुँच २४ श्रावण २०७९
  6. सामान्यज्ञान, भोजराज भूषाल, मोहनकृष्ण ओझा
  7. रेग्मी, डि आर (१९६५), Ancient Nepal, Delhi: Rupa, पृ: 172, 173, 174, 178, आइएसबिएन 81-291-1098-9
  8. श्रेष्ठ, डिबि (१९७२), The History of Ancient and Medieval Nepal, University of Cambridge।