सामग्रीमा जानुहोस्

उदयदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उदयदेव
नेपाल मण्डलको राजा
शासनकाल६२१–६२४
पूर्वाधिकारीअंशुवर्मा
उत्तराधिकारी
सन्ताननरेन्द्रदेव
वंशलिच्छवि
बाबुशिवदेव प्रथम
धर्महिन्दु धर्म

उदयदेव नेपालको लिच्छवी राजा थिए। उनले सन् ६२१ मा अम्शुवर्माको उत्तराधिकारी भए तर चाँडै नै जिष्णु गुप्त र उनका भाइ ध्रुवदेवले उनलाई हटाए। उदयदेवलाई भृकुटीका पिता पनि मानिन्छ।[] उदयदेव राजा शिवदेव प्रथमका छोरा थिए र यसरी नेपालको एक वैध उत्तराधिकारी थिए। तर सामन्ती शासक अम्शुवर्माले शिवदेव प्रथमको शासनकालमा पूर्ण कार्यकारी अधिकारको घोषणा गरे र आफैले ५९८ बाट राजाको रूपमा शासन गरे।[]

अंशुवर्माले आफ्नो राज्यकालमा लिच्छविवंशीय उदयदेवलाई उत्तराधिकारी घोषणा गतेका थिए। राजा अंशुवर्माको मृत्युअपछि उदयदेव गद्दीमा बसे। उदयदेव राजा भएपछि गुप्तहरू पुनः शक्ति आर्जन गर्न सफल भए। गुप्तहरूका नेता जिष्णु गुप्त र उदयदेवका बीच शक्तिको लागि तनाव चल्यो। []

सत्ताबाट बाहिर

[सम्पादन गर्नुहोस्]

गुप्तहरू शक्ति आर्जनका निम्ति उदयदेवका भाई ध्रुवदेवलाई उचालेर उदयदेवका विरुद्ध प्रयोग गरे। आफ्नै भाइले भारदारको कुरामा बहकिएर विद्रोह गर्दा उदयदेव नेपालमा टिक्नै नसक्ने भए। उनी नेपालबाट तिब्बततिर राजनैतिक शरणार्थीको रुपमा लागे। []

तिब्बतमा नै उनको मृत्यु भयो। तिब्बतमा उनका छोरा र छोरी बस्न थाले।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Regmi, D.R. (१९६०), Ancient Nepal, Lucknow: Prem Printing Press, पृ: १६१।
  2. Regmi, Mahesh C. (१९७०), "Regmi Research Series", German Oriental Society 2: 158–163।
  3. 1 2 3 सुवेदी, राजाराम (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: ६९, आइएसबिएन 99933-2-406-X