नरेन्द्रदेव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नरेन्द्रदेव
नेपालका राजा
शासनकालवि सं ६९९-७३५
राज्याभिषेक६९९
पुर्वाधिकारीभीमर्जुनदेव
उत्तराधिकारीशिवदेव द्वितीय
वंशलिच्छवि वंश
पिताउदयदेव
जन्मविसं ६८१
मृत्युवि सं ७३५
धर्महिन्दु

नरेन्द्रदेव (वि सं ६९९-७३५) शिवदेव प्रथमका नाति तथा उदयदेवका पुत्र थिए ।

को भागको श्रृंखला
नेपालको इतिहास
Emblem of Nepal
किराँत काल बि.स. ८००
लिच्छवि काल बि.स. 1150
मल्ल काल बि.स. 1750
शाह काल बि.स. 2063
(राणा काल) बि.स. 2007
नेपालको जनआन्दोलन २०४६
नेपालको जनयुद्ध
नेपालको जनआन्दोलन २०६३
वर्तमान नेपाल
समय तालिका
Flag of Nepal.svg नेपाल पोर्टल

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

अंशुवर्माको निधन पछि विसं ६७९ म गद्दीमा बसेका उदयदेवलाई दुई वर्षपछी भाइ ध्रुवदेव तथा गुप्त सामन्त जिष्णुगुप्तले पदच्युत गरेपछी उदयदेवले सपरिवार तिब्बतको शरणमा गएका थिए । त्यस समय नेपालको दरबारमा राजा ध्रुवदेव र सामन्त जिष्णुगुप्तको द्वैध शासन चलेको थियो । उदयदेवको निधन तिब्बतमै भयो, उनका छोरा नरेन्द्रदेवले चाहिँ वि सं ६८१ देखि ६९८ सम्म अर्थात् १७ वर्षसम्म तिब्बतमा निर्वासित जीवन बिताए ।

अधिकार प्राप्ती[सम्पादन गर्ने]

ध्रुवदेवका उत्तराधिकारी भीमार्जुनदेव भए । उनी राजा ध्रुवदेवका छोरा थिए । उता जिष्णु गुप्तको मृत्यु पछि उनका छोरा विष्णु गुप्त आफ्नो पिताको ठाउँमा आए । उनले भीमार्जुनदेवसँग संयुक्त शासन चलाए । नरेन्द्रदेवले वि सं ६९९ मा तिब्बतको समेत सहायता लिई नेपालको द्वैध शासन समाप्त पारेर पैतृक गद्दीमा अधिकार जमाए । उनले विष्णु गुप्तलाई खत्तम गरि भीमर्जुनदेवलाई गद्दीबाट हटाउन सफल भइ आफ्नो हातमा राज्यको अधिकार लिए ।

अरुणाश्व विरुद्धको युद्ध[सम्पादन गर्ने]

वि सं ७०३ मा उत्तर भारतका सम्राट हर्षवर्द्धनका सामन्त अरुणाश्वले चिनियाँ राजदूत वाङ्युन्चेलाई अपमानित गरे । [१] त्यसरी चिनियाँ राजदूतको अपमान गरेको थाहा पाएर चिनियाँ सेनाले उत्तर भारतमाथी आक्रमण गर्यो । नेपालका राजा नरेन्द्रदेवले राजा हर्षवर्द्धनको म्रुत्युपछी भारतका राजा भएका अरुणाश्वको विरुद्ध चीनलाई मद्दत गर्ने निर्णय गरे । वि सं ७०० मा चिनियाँ राजदूत लि. पिआओले भारतको भ्रमण गर्दा नेपालमा पनि आएर बसेका थिए । त्यसरी चीन र नेपालको सम्बन्ध राम्रो हुन गएको थियो ।

नरेन्द्रदेवले आफ्नो तर्फबाट ७००० जवान घोडचढी चिनियाँ सेनामा थप गरि पठाए । चीनबाट भारतमा आक्रमण गर्न भनी १२०० घोडचढी रवाना भएका मा राजा नरेन्द्रदेवले ७००० घोडचढी थप गरे । मध्य भारत्मा नेपाली सेनाले आक्रमण गरि राजधानीमा तीन दिन सम्म घेराउ गरिदिए । त्यसरी राजधानीमा घेराउ भएकाले राजा अरुणाश्व पलायन भए । त्यो युद्ध मा १३००० भारतीय योद्धाले ज्यान गुमाए । फेरि भागेर गएका अरुणाश्वले पुनः आक्रमण गर्दा थप १००० मानिस मारिएर अरुणाश्व कैद भए । यो कुरा ताङ्वृतान्तमा स्पष्ट लेखिएको छ ।

रातो मछिन्द्रनाथ[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. हितनारायण झा,द लिच्छविज, पृष्ठ १५१


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

पूर्वाधिकारी
भीमार्जुनदेव
नेपालको राजा
वि सं ६९९-७३५
उत्तराधिकारी 
शिवदेव द्वितीय