सामग्रीमा जानुहोस्

नेपालमा इस्लाम धर्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली मुसलमान
जम्मा जनसङ्ख्या
१,४८३,०६०[]
(देशको जनसङ्ख्याको ५.०९%)[]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपालीअवधीभोजपुरीमैथिली
धर्महरू
इस्लाम धर्म
सम्बन्धित जातीय समूह
कश्मीरी मुस्लिम, बिहारी मुस्लिम, मधेशी जनता

इस्लाम नेपालको तेस्रो ठुलो धर्म हो। नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा करिब १४ लाख ८३ हजार मुस्लिम धर्मावलम्बीको बसोबास छ, जुन कुल जनसङ्ख्याको ५.०९ प्रतिशत हो।

करिब ८० प्रतिशत मुस्लिम समुदाय तराई क्षेत्रमा बसोबास गर्छन् भने बाँकी २० प्रतिशत मुख्यतया काठमाडौँ, गोरखा र पश्चिमी पहाडमा पाइन्छन्। ठुलो मुस्लिम जनसङ्ख्या भएका जिल्लाहरूमा सर्लाही (९.९%), रौतहट (१७.२%), बारा (११.९%), पर्सा (१७.३%) र बाँके (१६%) र पश्चिम तराईका सिरहा (७%) र सुनसरी (१०%) र सप्तरी (१०%) गोरखा (१३%) पहाडी छन्।[]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०२१ को आधिकारिक जनगणना अनुसार मुस्लिमहरूको जनसङ्ख्या १४,८३,०६० रहेको छ जुन नेपालको जनसङ्ख्याको ५.०९% हो। सन् २०११ मा ४.३९ प्रतिशत रहेको मुस्लिम जनसङ्ख्या सन् २०२१ मा बढेर ५.०९ प्रतिशत पुगेको छ।

नेपालमा मुस्लिमहरूको ऐतिहासिक प्रतिशत[]
वर्ष प्रतिशत वृद्धि
सन् १९५२/५४
२.५४%
सन् १९६१
२.९८%
+०.४४%
सन् १९७१
३.०४%
+०.०६%
सन् १९८१
२.६६%
ह्रास -०.३८%
सन् १९९१
३.५३%
+०.८७%
सन् २००१
४.२०%
+०.६७%
सन् २०११
४.३९%
+०.१९%
सन् २०२१
५.०९%
+०.७०%

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]