धनकुटा नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
धनकुटा नगरपालिका
—  नगरपालिका/सदरमुकाम  —
धनकुटा नगरपालिका नेपाल-এ অবস্থিত
धनकुटा नगरपालिका
धनकुटा नगरपालिका
नेपालको नक्सामा धनकुटा
निर्देशाङ्क: २६°५९′०″ उत्तर ८७°२०′०″ पूर्व / २६.९८३३३° उत्तर ८७.३३३३३° पूर्व / 26.98333; 87.33333निर्देशाङ्क: २६°५९′०″ उत्तर ८७°२०′०″ पूर्व / २६.९८३३३° उत्तर ८७.३३३३३° पूर्व / 26.98333; 87.33333
देश  नेपाल
अञ्चल कोशी
जिल्ला धनकुटा
स्थापना २०३५ साल माघ १५ गते
सरकार
 - मेयर चिन्तन तामाङ्ग
 - उप मेयर शकुन्तला बस्नेत
क्षेत्रफल
 - जम्मा ४१ किमी (१५.८ वर्ग मी)
जनसङ्ख्या
 - जम्मा २६,४४०
 जनघनत्व ६४४.९/किमी (१,६७०.२/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०२६
वेबसाइट dhankutamun.gov.np

धनकुटा नगरपालिका धनकुटा जिल्लाको सदरमुकाम तथा उक्त जिल्लामा रहेको एक मात्र नगरपालिका हो। नेपालको पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम तथा धनकुटा जिल्लाको प्रमुख ब्यापार, शिक्षा स्वास्थ्यको केन्द्र पनि हो। धनकुटमा क्षेत्रीय, जिल्ला कार्यालयहरूका साथै पाख्रीवास कृषीकेन्द्र तथा रमणीय हिले बजार छ। हिले बजारदेखि १२ किमि उत्तरमा सिन्धुवा बजार छ। तरकारीको राजधानी भनेर चिनिने यहाँका मानिस मिलनसार छन्। नगरको जनसङ्ख्या २२,०८५ छ। धनकुटाको टेलीफोन कोड नं.०२६ हो। धनकुटा नगरपालिकामा ९ वडा छन्। पूर्वी नेपालको सुन्दर नगरी धनुकटा राणाकालदेखि नै धनकुटा गौँडा भई प्रसिद्धि पाएको थियो। पुरानो इतिहास बोकेको यस नगरको उत्तरतिरका जिल्लाहरू- भोजपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुमलगायत धनकुटा जिल्लाका प्रायः सबै गाविसहरूका लागि व्यापारिक तथा आवतजावतको केन्द्रका रूपमा यस नगरले भूमिका निर्वाह गर्दै आइरहेको छ।

गाउँबाट नगर[सम्पादन गर्ने]

क्षेत्रीय विकासमा सन्तुलन ल्याउने उद्देश्यले २०२९ सालमा नेपाललाई चार विकास क्षेत्रहरूमा विभाजन गरिएपछि धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामका रूपमा विकास हुँदै आएको हो। जनसङ्ख्या वृद्धि हुँदै गई तत्कालीन नगर पञ्चायत बन्नका लागि आवश्यक पूर्वाधारहरूमसमेत तयार भएकाले तीनवटा गाउँ पञ्चायतहरू चुलिवन, धनकुटा बजार र निगालेलाई मिलाएर २०३५ सालमा तत्कालीन सरकारले नगर पञ्चायत घोषणा गरेको थियो। त्यस बखतको २०३५ सालको नगरपञ्चायत चुनावमा मोहनप्रसाद पोखरेल प्रधानपञ्च र शेरबहादुर गोङ्वा उपप्रधानपञ्चमा चुनिनुभएको थियो। यस्तै २०३९ सालको चुनावमा मोहनप्रसाद पोखरेल पुनः प्रधानपञ्चमा र स्व. इन्द्रमणि श्रेष्ठ उपप्रधानमञ्चमा चुनिनुभएको थियो। वि.सं. २०४३ सालको चुनावमा राजेन्द्रबहादुर प्रधान प्रधानपञ्चमा र पावित्री राई उपप्रधानपञ्चमा चुनिनुभएको थियो। वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनस्थापनापश्चात् २०४९को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट स्व. सुशीलकुमार कर्माचार्य र हेमबहादुर तामाङ क्रमशः नगरप्रमुख र उपप्रमुखमा निर्वाचित हुनुभएको थियो। यस्तै २०५४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वाङ्दी लामा र जीवप्रसाद पोखरेल क्रमशः प्रमुख तथा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो।

नामकरण[सम्पादन गर्ने]

धनकुटाको नामकरणका सम्बन्धमा एउटा यस्तो भनाइ छ- यसको दुबैतिर अग्ला डाँडाहरूलाई धान कुट्ने ढिकीको खम्बा र पोखरीलाई ओखल जस्तो देखिने भएकाले मानिसहरूले "यो त धान कुट्ने ठाउँ पो रहेछ यसलाई धानकुटा भन्नुपर्छ" भनेर भन्दै जाँदा यही बिस्तारै धनकुटामा परिणत भएको हो। यस्तै सत्रौं शताब्दीअघि धनकुटाको अस्तित्व नभए पनि नेपाल-तिब्बत युद्धताका सैनिक तथा व्यापारीहरूलाई खाद्यान्न तराईबाट सिमानासम्म लैजान धेरै टाढा भएकाले यस ठाउँबाट धान कुटेर लैजाने गरिएकाले धानकुटा भन्न थालिएको त्यही धनकुटा भएको जनश्रुतिहरू पाइन्छ।

हावापानी[सम्पादन गर्ने]

भौगोलिक दृष्टिकोणले ४८ दशमलव ७३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका महाभारत पर्वत शृङ्खलामा रहेकाले यस नगरको उचाइ, तापक्रम, वर्षा, वनस्पति तथा कृषि प्रणालीमा ठूलो विषमता रहेको देखिन्छ। समुद्री सतहबाट २ सय ५० देखि दुई हजार १ सय ४४ मिटरसम्मको उचाइ, दुई डिग्री सेल्सियसदेखि ३० डिग्री सेल्सियससम्म तापक्रम र औसत १२०० मि.मि.सम्म पानी पर्छ। यस नगरमा समशीतोष्ण र शीतोष्ण प्रकारको हावापानी पाइन्छ। यहाँका प्रमुख नदीनालाहरूमा तमोर नदी, ताङखुवा खोला, पात्ले खोला, निबुवा खोला, सिस्ने खोला र ठोका खोला छन्।

सिमा र बसोबास[सम्पादन गर्ने]

यस नगरको पूर्वमा भिरगाउँ गाविस, पश्चिममा चुङ्वाङ र बेलहारा गाविस, उत्तरमा पाखि्रबास र हात्तीखर्क गाविस र दक्षिणमा तमोर नदी पर्दछ। धनकुटा नगरपालिकाका विशेषता भनेका ऐतिहासिक धनकुटा गौंडा, सल्लेरी वन, बिहीबारे साप्ताहिक हाट बजार, ऐतिहासिक बाउन्न ढोके दरबार, श्रीपञ्चमी पार्क, थामडाँडा, चुलिवन, टुँडिखेल र धरहरा ऐतिहासिक भाषा स्कूल र ऐतिहासिक गोकुण्डेश्वर स्कूल, निशान भगवती, गुराँसे र नारायणी टी स्टेट, क्षेत्रीय सङ्ग्रहालय र पर्यटकीय तथा व्यापारिक स्थल मानिएको हिले बजार छन्। यस नगरमा ब्राहृमण, क्षेत्री, नेवार, राई, लिम्बु, मगर, आठपहरिया,तामाङ, शेर्पा, दमाई, कामी, सार्की जातिहरू बसोबास गर्छन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]