पाख्रीबास नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पाख्रीबास नगरपालिका
—  नगरपालिका  —

Lua error in मोड्युल:Location_map at line 502: Unable to find the specified location map definition: "Module:Location map/data/नेपाल" does not exist.नेपालमा पाख्रीबास नगरपालिका

निर्देशाङ्क (पाख्रीबास): २७°२′२४″ उत्तर ८७°१७′२४″ पूर्व / २७.०४०००° उत्तर ८७.२९०००° पूर्व / 27.04000; 87.29000निर्देशाङ्क: २७°२′२४″ उत्तर ८७°१७′२४″ पूर्व / २७.०४०००° उत्तर ८७.२९०००° पूर्व / 27.04000; 87.29000
देश  नेपाल
विकास क्षेत्र पूर्वाञ्चल
अञ्चल कोशी अञ्चल
जिल्ला धनकुटा जिल्ला
स्थापना २०७१ मंसिर १७
क्षेत्रफल
 - जम्मा ११७.८ किमी (४५.५ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[१]
 - जम्मा १७,९४९
 जनघनत्व १५२.४/किमी (३९४.६/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-२६
वेबसाइट www.pakhribasmun.gov.np

पाख्रीबास नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने धनकुटा जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३][४]

जनसङ्ख्या[सम्पादन गर्ने]

पाख्रीबास नगरपालिका पाख्रीबास गाविससहित आसपासका सान्ने, फलाँटे, घोर्लिखर्कमुगा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार पाख्रीबास, सान्ने, फलाँटे, घोर्लिखर्कमुगा गाविसहरूको जनसङ्ख्यालाई जोड्दा पाख्रीबास नगरपालिकाको कूल जनसङ्ख्या १७,९४९ हुन्छ।[१]

परिचय[सम्पादन गर्ने]

पाख्रीबास कृषि विकास केन्द्र

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा धनकुटा जिल्लामा पाख्रीबास गाविससहित आसपासका सान्ने, फलाँटे, घोर्लिखर्कमुगा गाउँ विकास समितिहरू लाई समेटेर पाख्रीबास नगरपालिका घोषणा गरिएको हो।[४][५] पाख्रीबास नगरपालिकाको केन्द्रभने साविकको पाख्रीबास गाविसको कार्यालय रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[५][३]

चुनौती[सम्पादन गर्ने]

५ वटा गाविस मिलाएर बनाइएको धनकुटाको पाख्रीबास नगरपालिकाको आन्तरिक आय वाषिर्क करिब ६ लाख छ। हालैको नगर परिषद्ले आगामी वर्षका लागि ५ करोड बराबरको बजेट अनुमान गरेको छ। अधिकांश ग्रामीण बस्ती भएको पाख्रीबासका सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको विकास मुख्य चुनौती हो। नगरको आर्थिक, सामाजिक र भौतिक विकासका लागि यिनै चार विषयलाई प्राथमिकतामा राखिएको छ। नवघोषित नगरका सबै स्थानमा १४८ किमि सडक विस्तार भएको छ। तर पाख्रीबास लेगुवाबाहेकका यी कुनै सडकमा नियमित गाडी चल्दैनन्।[६]

हिलेबाट पाख्रीबास बजार हुँदै डिकुरेसम्मको करिब ७ किलोमिटर सडकमा केही अघि गरिएको ओटासिल भत्किसकेको छ। यसैले नगरका सडक व्यवस्थित गर्नु मुख्य चुनौती हो। पुरानो पाख्रीबासबाहेक खासै बजार क्षेत्र विस्तार हुन सकेको छैन।[६]

घोर्लिखर्कको डिकुरे, फलाँटेको बस्तीचोक, मुगाको राम्चे र सान्ने गाविसको पञ्चमी जस्ता स्थान भर्खरै स-साना बजारका रूपमा विकास हुँदैछन्। तथ्यांकअनुसार ८५ प्रतिशत जनतामा विद्युत् सेवाको पहुँच छ। नगरमा मिसाइएका पाँच वटै गाविसका नाममा जम्मा २० रोपनी जमिन छ। खेल मैदानका लागि ५४ रोपनी जग्गा बन्दोबस्त भए पनि पूर्वाधार निर्माण भएका छैनन्।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "पाख्रीबास नगरपालिका कार्यालयको उद्घाटन", अभियान (पत्रिका), ९ मंसिर २०७१, अन्तिम पहुँच ९ मंसिर 
  4. ४.० ४.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  5. ५.० ५.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  6. ६.० ६.१ ६.२ "पूर्वाधार बनाउँदै नयाँ नगरपालिका", कान्तिपुर दैनिक, २०७१ फाल्गुन १, अन्तिम पहुँच फाल्गुन १ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]