हिले बजार
हिले | |
---|---|
सहर | |
हिले बजारको बिचमा रहेको तोङवा | |
देश | ![]() |
अञ्चल | कोशी |
जिल्ला | धनकुटा |
हुलाक कोड | ५६८०६ |
क्षेत्रीय सङ्केत | ०२६ |
हिले बजार समुन्द्रि सतहबाट करीब १,९५० मीटर उचाईमा अवस्थित हिलेबजार धनकुटा नगरपालिका वडा नं. १मा अवस्थीत छ। कोशी राजमार्ग हिले बजारबाट अघि बढेर तेह्रथुम जिल्ला तर्फगएको छ भने भोजपुर जाने सडक पनि यहाँबाटै छुट्टिएको छ। धनकुटा जिल्लाको रमणीय बजार हिले एउटा व्यापारीक केन्द्र पनि हो। यहाँ पर्यटकहरूकालागि सुविधाजनक होटल, लजहरू उपलव्ध छन्। वर्षैभरि चिसो हावापानी रहने हिलेमा पनि चिसो वातावरणमा रमाउन चाहने मानिसहरू वर्षै भरी आइरहन्छन्। पारखिहरूका लागि हिलेको "तोङवा" र सुकुटी प्रशिद्ध छ। यहाँ एउटा आकर्ष वौद्ध गुम्बा पनि छ। तेह्रथुम जिल्लाको बसन्तपुर यहाँबाट नजीकै पर्छ भने उत्तरपानी र पाख्रिबास झनै नजीकै पर्छन।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]