नागेश्वर महादेव मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नागेश्वर महादेव मन्दिर धनकुटा जिल्लाको लेगुवा गाविस वडा नं.-५ मा अवस्थित छ। यस ठाउँमा नाग आकारको शिवलिङ्ग भेटिएको र त्यही शिवलिङ्ग स्थापना गरी मन्दिर निर्माण गरी पूजा गर्न थालिएको हुँदा यसको नाम नागेश्वर महादेव रहेको हो भनिन्छ। यो मन्दिर करिव २०० वर्ष अगाडि निर्माण भएको मानिन्छ। यस मन्दिरमा दैनिक नित्यपूजा तथा श्रावण महिना र प्रत्येक पूर्णिमा, शिवरात्रि, नागपञ्चमी र वडा दशैमा विशेष पूजाआजा पनि गरिन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]