विश्रान्ति मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्रान्ति मन्दिर धनकुटा जिल्लाको बेलहारा गाविस वडा नं. ९ मूलघाटमा तमोर नदी किनारको रमणीय स्थानमा अवस्थित छ। त्यहा रहेको "शिव पाञ्चायन"को मन्दिरलाई विश्रान्ति मन्दिर भनिएको हो। २०४० सालमा स्थापित" विश्रान्ति मन्दिर नामक गैर सरकारी संस्थाबाट यस मन्दिरको निर्माण भएको हो। यसै संस्थाबाट मन्दिरको सञ्चालन, संरक्षण विकास तथा यसका आसपासका क्षेत्रमा विविध सेवामूलक गतिविधि सञ्चालन हुदै आएका छन्। विश्रान्ति मन्दिरले मन्दिर परिशरमा बृद्धाश्रम निर्माण गरी बृद्धबृद्धाहरूलाई आश्रय दिइ पालनपोषण गर्दै आएको छ। यस मन्दिरमा पूजापाठ गर्न धनकुटा जिल्ला र वाहिरबाट प्रति दिन धेरै मानिसहरू आउने गर्दछन्। यस मन्दिरमा विवाह, ब्रतवन्ध गर्ने प्रचलन बढीरहेको छ। मन्दिरले दाहसंस्कार, काजकृया, पितृकार्य आदिका लागि सहयोग तथा सुविधा प्रदान गर्दै आएको छ। यस मन्दिरमा शिवरात्रिका दिन विशेष हर्षोल्लासका साथ पूजा गरिन्छ र सो दिन यहाँ मेला लाग्दछ। कोशी राजमार्ग छेउमा रहेको यो मन्दिरमा आउने दर्शनार्थीहरूलाई यातायातको सुविधा उपलव्ध छ। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]