बेनी नगरपालिका
स्वरूप
बेनी नगरपालिका | |
|---|---|
| निर्देशाङ्क: २८°२१′०″उ ८३°३४′०″पू / 28.35000°N 83.56667°E | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | म्याग्दी |
| स्थापित | २०७१ वैशाख २५ |
| सरकार | |
| • नगरप्रमुख | सुरत केसी (नेकपा (एमाले)) |
| • उप्रमुख | ज्योती लामिछाने पौडेल (नेकपा (माओवादी केन्द्र)) |
| क्षेत्रफल | |
| • जम्मा | ७६.५७ किमी२ (२९.५६ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ३२,६९७ |
| • घनत्व | ४३०/किमी२ (११००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-६९ |
| केन्द्र | साविक अर्थुङ्गे गाविसको कार्यालय, बेनी बजार |
| वेबसाइट | आधिकारिक वेबसाइट |
बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, सिङ्गा, पुलाचौर, रत्नेचौर र ज्यामरुककोट गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका भकिम्ली र पात्लेखेत गाविसहरूलाई पनि यसमा गाभिएको थियो। म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यो अन्नपूर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो। हिन्दू र बौद्ध दुवैको ठूलो तीर्थस्थल मुक्तिनाथ जाने बाटो बेनी भएर जान्छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेनी नगरपालिकाको कुल जनसङ्ख्या ३२,६९७ रहेको छ भने यहाँ ९,३३६ घरधुरी रहेका छन्।[२]
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
बेनी नगरपालिका
-
बेनी नगरपालिका
-
बेनी नगरपालिका
-
बेनी नगरपालिका
-
बेनी नगरपालिका
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।