सामग्रीमा जानुहोस्

बेनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बेनीबाट अनुप्रेषित)
बेनी नगरपालिका
बेनी नगरपालिका मा पर्दछ गण्डकी प्रदेश
बेनी नगरपालिका
गण्डकी प्रदेशको नक्सामा बेनी नगरपालिकाको अवस्थिति
बेनी नगरपालिका मा पर्दछ नेपाल
बेनी नगरपालिका
बेनी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२१′०″उ ८३°३४′०″पू / 28.35000°N 83.56667°E / 28.35000; 83.56667
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाम्याग्दी
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखसुरत केसी (नेकपा (एमाले))
  उप्रमुखज्योती लामिछाने पौडेल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा७६.५७ किमी (२९.५६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३२,६९७
  घनत्व४३०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविक अर्थुङ्गे गाविसको कार्यालय, बेनी बजार
वेबसाइटआधिकारिक वेबसाइट

बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, सिङ्गा, पुलाचौर, रत्नेचौरज्यामरुककोट गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका भकिम्लीपात्लेखेत गाविसहरूलाई पनि यसमा गाभिएको थियो। म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यो अन्नपूर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो। हिन्दूबौद्ध दुवैको ठूलो तीर्थस्थल मुक्तिनाथ जाने बाटो बेनी भएर जान्छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेनी नगरपालिकाको कुल जनसङ्ख्या ३२,६९७ रहेको छ भने यहाँ ९,३३६ घरधुरी रहेका छन्।[]

बेनी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
रत्नेचौर२,४२९५.३४५८.३०
ज्यामरुककोट३,४६९१०.२३४०.१०
भकिम्ली२,६८११६.५८१६१.७०
सिङ्गा३,२५३१०.८७२९९.२६
पुलाचौर३,१०८११.२४२७६.५१
अर्थुङ्गे (३-९)२,४५८३.३७७२९.३८
अर्थुङ्गे (२)३,७९००.७५४१४.२९
अर्थुङ्गे (१)६,१३९०.४४१३९५२.२७
घतान३,९५९९.९५३९७.८९
१०पात्लेखेत१,४११७.९३१७७.९३
जम्मा३२,६९७७६.५८४२६.९७

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१