सामग्रीमा जानुहोस्

सुनिलबहादुर थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनिलबहादुर थापा
सन् २०१७ मा सुनिलबहादुर थापा आफ्नै निवासमा
पाँचौँ उद्योग मन्त्रालय (नेपाल)
पदमा
२०७४ भदौ २६ - २०७४ फागुन २
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीनविन्द्रराज जोशी
उतराधिकारीमातृकाप्रसाद यादव
व्यक्तिगत विवरण
जन्मसुनिलबहादुर थापा
(1959-04-14) १४ अप्रिल १९५९ (उमेर ६७)
दलराष्ट्रिय प्रजातन्त्र पार्टी (१३ साउन २०७७ अगाडी) []
नेपाली कांग्रेस (२०७७-अहिलेसम्म)[]
सन्तानसिद्धार्थ र सीताष्मा
आमाबुबा
शिक्षामास्टर अफ आर्ट्स (एमए)

सुनिलबहादुर थापा नेपाली राजनीतिकर्मी तथा पूर्वमन्त्री हुन्। यिनी नेपाली कांग्रेस को १४ औं अधिवेशन बाट केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनले २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष सीटबाट विजय हासिल गरेका थिए।[] यिनी २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए। २०७४ को स‌ंसदीय निर्वाचनमा धनकुटा क्षेत्र नं १बाट सङ्घीय प्रतिनिधि सदस्यमा चुनाव लडेका थापा नेकपा एमालेका राजेन्द्रकुमार राई सँग पराजित भए।

थापाले लामो समय संयुक्त राष्ट्रसंघ अन्तरगत विभिन्न देशमा सेवा गरेका छन्। उनी सन् २०११ मा शरणार्थी सम्बन्धि राष्ट्रसंघीय उच्च आयोग (UNHCR)को सुडानमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा प्रवेश गरेका थिए। त्यसपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।[] उनी २०७७ सालमा नेपाली कांग्रेस प्रवेश गरी सह महामन्त्री बनेका थिए। थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]