सामग्रीमा जानुहोस्

उजिरसिंह थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उजिरसिंह थापा
योद्धा उजीरसिंह थापा भारदारी वस्त्रमा श्रीपेच सहित
पाल्पाका बडाहाकिम
कार्यकाल
वि.सं. १८७१ मङ्सिर ८[]  १८८१
पूर्वाधिकारीअमरसिंह थापा (सानुकाजी) (हजुरबुवा)
उतराधिकारीबख्तावरसिंह थापा
व्यक्तिगत विवरण
जन्मवि.सं. १८५२, चैत कृष्ण प्रतिपदा, बिहीबार
मृत्युवि. सं. १८८१ मार्ग २० (उमेर २९)[]
नातानैनसिंह थापा (बुवा)
भीमसेन थापा (ठुलोबुवा)
माथवरसिंह थापा (भाइ)
Military service
Allegianceनेपाल नेपाली
Rankकर्णेल
Battles/warsनेपाल-अङ्ग्रेज युद्ध (पाल्पा-बुटबल)

Deprecated parameter honorific-prefix

उजिरसिंह थापा (कहीं कहीं वजीर सिंह थापा भनिएका) पाल्पाका बडाहाकिम थिए। उनले नेपाल अङ्ग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन्। पाल्पामा भगवतीजात्राको प्रचलन रहेको छ।[] अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

उजिरसिंह थापाको जन्म काजी नयनसिंह थापा र मूखिनी रण कुमारी थापाको जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत कृष्ण प्रतिपदामा भएको थियो।[] उनका पूर्वज काजी वीरभद्र थापाले नेपालको एकीकरणमा युद्ध लडेका थिए र उनकी आमा मूलकाजी रणजित पाँडेकी छोरी थिइन्।[] उनका भाइबहिनी मुख्तियार माथवरसिंह थापा, महारानी ललित त्रिपुरा सुन्दरीगणेश कुमारी (जङ्गबहादुर राणाकी आमा) थिए।[] थापा ११ वर्षको हुदा उनको बुबाको मृत्यु भएपछि उनको आमाले हेरविचार गरेकी थिइन्।[] मुख्तियार भीमसेन थापाले थापाको रेखदेख पनि गरेका थिए।[] उनलाई कर्णेलको दर्जा दिइएको थियो र उनले धनकुटा, सप्तरी, बारापर्सा क्षेत्रमा पनि काम गरेका थिए।[]

सानुकाजी अमरसिंह थापाको मृत्यु भएपछि १९-२० बर्सिए उजिरसिंह थापा वि.सं. १८७१ सालमा पाल्पाका बडाहाकिम भएका थिए।[][]

उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको

निष्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले सिउराज, जितगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे। बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए। १२०० नेपाली फौजलाई कर्णेल उजीरले जितगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए। रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए।

अङ्ग्रेज हमला २२ पुष, १८७१ मा जितगढीमाथि भयो। तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए। अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो। वुड गोरखपुर तिर फिर्ता गए। नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए।

वि.सं. १८८१ साल मार्ग सुदी १२ (मार्ग २० गते) काठमाडौँ आर्यघाटमा २९ वर्षको उमेरमा मृत्यु भयो। मृत्युको एघारौँ दिनको काम सकिएपछि कर्णेल उजिरसिंह थापाको जेठी मुख्यानीबाट जगदिव्यश्वरी छोरीको जन्म भयो। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 "उजिरसिंह थापाको सालिक", Annapurna Post, अन्तिम पहुँच २३ बैशाख २०७४ ०९:०५:०१ उद्दरण त्रुटी: Invalid parameter "पोस्ट" in <ref> tag. The supported parameters are: dir, follow, group, name.
  2. 1 2 3 4 5 बानियाँ २०७०, पृष्ठ ५.
  3. बानियाँ २०७०, पृष्ठ २.
  4. बानियाँ २०७०, पृष्ठ ४.
  5. थापा, दिनबहादुर (१६ साउन २०७८), "उजिरसिंहको ऊर्जामय पुरुषार्थ", गोरखापत्र, अन्तिम पहुँच ७ साउन २०७९ अभिलेखिकरण २०२२-०८-०५ वेब्याक मेसिन