सामग्रीमा जानुहोस्

तानसेन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तानसेन
श्रीनगर र तानसेन नगरपालिका
श्रीनगर र तानसेन नगरपालिका
तानसेन मा पर्दछ लुम्बिनी प्रदेश
तानसेन
तानसेन
नक्सामा तानसेनको अवस्थिति
तानसेन मा पर्दछ नेपाल
तानसेन
तानसेन
तानसेन (नेपाल)
निर्देशाङ्क: २७°५२′०″उ ८३°३३′०″पू / 27.86667°N 83.55000°E / 27.86667; 83.55000
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा जिल्ला
नगरपालिकावि.सं. २०१४ जेष्ठ १७[]
समावेश इलाकातानसेन बजार
समावेश (गाविस)बराङ्दी (२-६), मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघापोखराथोकअर्गली
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुण २२
सरकार
  नगरप्रमुखसन्तोषलाल श्रेष्ठ (नेपाली काङ्ग्रेस)
  उपप्रमुखप्रतिक्षा सिञ्जाली (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१०९.८ किमी (४२.४ वर्ग माइल)
उन्नतांश
१,३५० मिटर (४,४३० फिट)
जनसङ्ख्या
  जम्मा५०,७९२
  घनत्व४६०/किमी (१२००/वर्ग माइल)
क्षेत्रीय सङ्केत+९७७-७५
वेबसाइटआधिकारिक वेबसाइट

तानसेन नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सदरमुकाम[] तथा एक नगरपालिका हो। पाल्पा जिल्लाको तत्कालिन पाल्पा तानसेन इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं. २०१४ जेष्ठ १७ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो। तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुष २२ गते[] नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि तानसेन नगरपालिकाको नाम स्वतः परिवर्तन भई 'तानसेन नगरपञ्चायत' भएको थियो।[][]

नेपालको संविधान २०७२ अनुसार वि.सं. २०७३ साल फाल्गुण २२ गते नेपालमा स्थानीय तह कायम गर्दा पाल्पा जिल्लामा साविक बराङ्दी (२-६), मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघापोखराथोकअर्गली गाउँ विकास समितिहरूलाई समेटेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[]

यो पश्चिम नेपालको एक एतिहासिक सहर हो। यो सहर बुटवल तथा पोखरा भएर जाने राजमार्गमै अवस्थित छ। तानसेन दरबार, रानीमहल, भगवती मन्दिर[], अमर नारायण मन्दिर, माण्डव्य मन्दिर[१०], भैरवस्थान मन्दिर यहाँका लोकप्रिय पर्यटकीय स्थलहरू हुन्।[११]

शाह राजवंशको उदय हुनुभन्दा अघि तानसेन मगर राज्यको राजधानी थियो। मगर भाषामा 'तानसेन' शब्दको अर्थ 'उत्तरी बस्ती' हुनाले यो सहरको नाम तानसेन राखिएको हो।[१२][१३]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तानसेन नगरपालिकाको कुल जनसङ्ख्या ५०,७९२ रहेको छ भने यहाँ १४,७८२ घरधुरी रहेका छन्।[]

तानसेन नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बराङ्दी (२, ६) र तानसेन (१०)४,८८८३.४७१४०८.६५
तानसेन (१-२,१५)३,९९९१.७९२२३४.०८
तानसेन (५-६,८)५,५७९१.१५०७१.८२
तानसेन (४)३,६९९०.४२८८०७.१४
बराङ्दी (३–५) र तानसेन (७,१२-१३)३,६६३११.२८३२४.७३
तानसेन (३,९)४,४९५६.३९७०३.४४
तानसेन (११,१४)६,२४०३.१४१९८७.२६
मदनपोखरा (२–५,९)३,०११११.७१२५७.१३
मदनपोखरा (१,६–८)३,३२१६.३७५२१.३५
१०तेल्घा२,८१३१५.६८१७९.४०
११बन्दीपोखरा१,९९२१२.०७१६५.०४
१२बौघापोखराथोक२,२६११३.४६१६७.९८
१३बौघागुम्बा१,७१५१२.०८१४१.९७
१४अर्गली३,११६१०.८३२८७.७२
जम्मा५०,७९२१०९.७९४६२.६३

तानसेन नगरपालिकामा १४ वडाहरू रहेका छन्। तानसेनको कुल क्षेत्रफल १०९.८ वर्ग किलोमिटर रहेको छ। यो नगरपालिकाको पूर्वमा बगनासकाली गाउँपालिका छ भने पश्चिममा रिब्दीकोट गाउँपालिका छन्। यसको उत्तरी भागमा स्याङ्जा जिल्ला छ भने दक्षिणी क्षेत्रमा तिनाउ गाउँपालिका पर्दछ।[१४]

विश्व सम्पदा सूची

[सम्पादन गर्नुहोस्]

तानसेनको मध्यकालीन सहर क्षेत्रलाई सन् २००८ जनवरी ३० मा युनेस्कोले आफ्नो विश्व सम्पदा क्षेत्रको सम्भावित सूचीको संस्कृति वर्गमा सूचीकृत गरिएको छ।[१५][१६]

मुख्य आकर्षणहरू

[सम्पादन गर्नुहोस्]

शितलपाटी तानसेन नगरको मध्य भागमा अवस्थित गोलो आकारको पौवा हो। यसलाई गोलघर पनि भन्ने गरिन्छ। यस स्थानमा स्थानीय कार्यक्रम तथा स्थानीय मानिसहरूलाई कुराकानी गर्ने स्थानको रूपमा प्रख्यात प्राप्त गरेको छ। गोलघरको संरचना गोलो आकारको एक तल्ले भवन र विचमा खुला स्थान रहेको छ। यो संरचनामा सेतो रङ लगाइएको छ।

सूचना तथा सञ्चार

[सम्पादन गर्नुहोस्]

तानसेन नगरपालिकामा एक टेलिभिजन तथा ३ वटा रेडियो सञ्चार सुविधाका साथै छापा पत्रिकाहरू पनि उपलब्ध छन्।

उल्लेखनीय व्यक्तित्वहरू

[सम्पादन गर्नुहोस्]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "पाल्पा नगरपंचायतको उपनिर्वाचनको सदस्य सम्बन्धी", नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१४ असोज २८, अन्तिम पहुँच वि.सं. २०७८ माघ २८
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: , अन्तिम पहुँच वि.सं. २०७८ माघ २९
  5. "पञ्‍चायतले छोडेको लिगेसी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१०
  6. सामाजिक शिक्षा पञ्चायत, कक्षा ८ (pdf) (नेपालीमा), जनक शिक्षा सामग्री केन्द्र, पृ: १५, अन्तिम पहुँच २०२२-०२-१०
  7. प्रधान, पुष्कर (२००३), Manual for Urban Rural Linkage and Rural Development Analysis [शहरी ग्रामीण अन्तरसम्बन्ध र ग्रामीण विकास विश्लेषणको लागि पुस्तिका] (अङ्ग्रेजीमा), न्यु हिरा बुक इन्टरप्राइजेज, पृ: २२२, आइएसबिएन 978-99933-685-2-6
  8. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११ अभिलेखिकरण २०२२-०२-११ वेब्याक मेसिन
  9. "पाल्पाको ऐतिहासिक भगवती जात्रा स्थगित", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११
  10. रायमाझी, रामचन्द्र, "ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो", शितल पाटी (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-१९
  11. "प्रकृतिकी रानी पाल्पा", समय पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११[स्थायी मृत कडी]
  12. "त्यो तानसेन", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११
  13. घर्तीमगर, मनोज, "कल्लाबारीका चार पुस्ते लाहुरे", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११
  14. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  15. केन्द्र, युनेस्को विश्व सम्पदा, "The Medieval Town of Tansen" [तानसेनको मध्यकालीन सहर], युनेस्को विश्व सम्पदा केन्द्र (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-११
  16. श्रेष्ठ, सुदीप, "यसरी पर्न सक्छ काठमाडौं सहर विश्व सम्पदामा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-११[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]