सामग्रीमा जानुहोस्

बराङ्दी

निर्देशाङ्कहरू: २७°४६′N ८३°५१′E / 27.77°N 83.85°E / 27.77; 83.85
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बराङ्दी
पूर्व गाविस
बराङ्दी is located in लुम्बिनी प्रदेश
बराङ्दी
नेपालको नक्सामा बराङ्दीको अवस्थिति
बराङ्दी is located in नेपाल
बराङ्दी
बराङ्दी (नेपाल)
निर्देशाङ्क: २७°४६′N ८३°५१′E / 27.77°N 83.85°E / 27.77; 83.85
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा जिल्ला
क्षेत्रफल
 • जम्मा९.५ किमी (३.७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,३५१
 • घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

बराङ्दी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३५१ रहेको थियो जसमध्ये १०४९ पुरुष र १३०२ महिला रहेका थिए भने यहाँ ५६६ घरधुरी रहेको थियो।[] बराङ्दीको सिमाना पूर्बमा चापपानी, उत्तरमा खानिगाउँ र दक्षिणमा बौघापोखराथोकबौघागुम्बा सम्म पुगेको छ। यस गाविस मा प्राय बस्याल थर भएका मानिसहरूको बसोबास बाक्लो छ। यस ठाँउको औसत ताप्क्रम ३० डिग्री सेल्सियस र न्युनतम तापक्रम ३ डिग्री सेल्सियस हुने गर्दछ। यसको साविकका (२-६) वडाहरू हाल तानसेन नगरपालिका पर्दछ भने (१,७,८ र ९) वडाहरू बगनासकाली गाउँपालिकामा पर्दछ।

यसको साविकका २-६ वडाहरू तानसेन नगरपालिकाको वडा नम्बर १ हो भने ३-५ वडाहरू वडा नम्बर ५ र १,७,८ र ९ वडाहरू बगनासकाली गाउँपालिकाको वडा नम्बर ८ हो।

चापपानी उदगमस्तल बनाउने मरेखोला यसै ठाउँमा अबस्थित छ । नारायणडाँडा, घिमिरेडाँडा, झिरभंज्याङ, सातानखोला, साफाखुम, फालाले, ढाबखोला आदि यस ठाँउका मुख्य गाउँहरु हुन । जनसङ्ख्या २,३५१ रहेको यस्तो ठाउँमा कफी, अदुवा, मौरी पालन तरकारीखेती आदि निकै राम्रोसँग फस्टाएको छ । सदरमुकाम: तानसेनसँग सिमाना जोडिएको यो गाविस को विकास राम्रोसँग भएको पाहिन्छ । टेलीफोन आदि उपलब्ध हुने यस्तो ठाउँमा साक्षरता प्रतिशत निकै कम छ । प्राय मकै, गहुँ, धान यस ठाउँबाट उत्पादन हुने गर्दछन । गिनिज बुक अफ वर्ल्ड रेकर्डस हातमा धेरै बल अटाउने नारायण र दुनियाँ भरी सबैभन्दा ठुलो धातुको महाम्युर्तुन्जय शिव मुर्ति यस ठाँउमा आवस्थित छ । बराङ्दिखोलाको माछा निकै पोशिलो हुने गर्दछ र निकै स्वादिलो पनि छ । बराङ्दी खोलाकै भरमा बराङ्दीका अधिकांस मानिसहरूको जीवन चलीरहेको छ । साधारण तय कच्चा बाटो भए पनि बस, जिप आदि चल्ने गर्दछ ।

यो गाविस मा बस्याल, घिमिरे, न्यौपाने, थापा, राना, विश्वकर्मा, भुशाल, सोमै आदि थर भएका मानिसहरु यस ठाउँमा छन ।

यस गाविस मा मुख्यतय चिलाउने, साल, खल्लुक, आँप, बरेख, आदि काठ यस ठाउँमा पाइन्छ ।

आर्थिक विकास

[सम्पादन गर्नुहोस्]

सरकारी लगानिको कारण तानसेन देखि रानीमहल सम्मको बाटो निर्माण भएको छ । करिब १० किलोमिटर भएको सो बाटो नारायणडाँडा, अहल, हात्तीढुङा, बैगुन्ठे हुँदै रानीमहल पुगेको छ । यस गाविस मा श्री बेद उच्च मा.वि, श्री जन नि.मा.वि. लगायत अन्य विद्यालयहरु छन्।

धार्मिक सम्पदा

[सम्पादन गर्नुहोस्]

यस ठाउँमा मालारानी देविथान, श्री शिवालय मन्दिर, कालिका मन्दिर, आदि छन ।

स्याल, गोहोरो, चितुवा, कालिज, मृग, भार्से, सर्प आदि जनावर पाइन्छन ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग