न्यौपाने
न्यौपाने | |
---|---|
भाषा | नेपाली |
अन्य नाम | |
भिन्नता | ब्राह्मण |
अर्थ | नेउपाने क्षेत्री |
यो पनि हेर्नुहोस् | सापकोटा, आचार्य, घिमिरे, सुवेदी, दीक्षित |
न्यौपाने, नेउपाने वा हिन्दीमा न्यूपाने प्रमुख रूपमा नेपालमा र उल्लेखनीय रूपमा भारत र भुटानमा बसोबास गर्ने एक थर हो। यिनीहरू मुख्यतया नेपालको सबैजसो भूभागहरू र भारतको सिक्किम, दार्जिलिङ, वाराणसी, उत्तर प्रदेश, उत्तराखण्ड, आसाम र मेघालयमा बसोबास गर्ने ब्राह्मण (बाहुन) जातिको प्रतिनिधित्व गर्ने गर्छन्। यिनीहरू कौडिल्य/कौडिन्य गोत्र भएका कान्यकुब्ज ब्राह्मण परिवार अन्तर्गत पर्दछन्।[१] न्यौपानेहरुले दाहालसँग बिहे गर्दा राम्रो हुने देखीन्छ ।
उत्पत्ति
[सम्पादन गर्नुहोस्]विशेषत न्यौपानेहरूको उत्पत्ती जुम्लाबाट भएको मान्यता छ। जुम्लाका राजा रणकेशरले गरेको राजसुय माहायज्ञमा दाजु सच्चिदानन्दले मन्त्रशक्तिबाट अग्नि उत्पन्न गरेका थिए भने भाइ सदानन्दले जमीनबाट नयाँ पवित्र जल निकालेर यज्ञमा अभिषेक गरेका थिए। तत् पश्चात् उनलाई नवपानीय भनिएको थियो।[२] यही शब्द कालान्तरमा अपभ्रंश हुँदै 'न्यौपाने' भएको भन्ने किम्वदन्ति छ। यसै आधारमा न्यौपानेहरूका आदि पुरूष सदानन्द मानिन्छन्। उनका चार भाइ छोरा चन्द्र शर्मा,शिव शर्मा, हरि शर्मा, लक्ष्मिपति शर्मा हुन। चन्द्र शर्माका सन्तानहरू नै न्यौपानेहरू हुन्।[३] शिव शर्माका सन्तानहरू सत्याल र हरि शर्माका सन्तानहरू पन्यारुहरू हुन। लक्ष्मिपतिले वैराग्य धारण गरेकाले उनी अबिवाहित नै थिए। हाल नेपालमा न्यौपानेहरू देशभरि नै छरिएर रहेका छन्। न्यौपानेको गोत्र 'कौडिन्य' हो।[४]
उल्लेखनीय नेउपाने/न्यौपाने थर भएका व्यक्तिहरू
[सम्पादन गर्नुहोस्]- दैवज्ञराज न्यौपाने, नेपाली लेखक
- अमर न्यौपाने, नेपाली लेखक
- केदारप्रसाद न्यौपाने, नेपाली राजनीतिज्ञ
- केदारनाथ न्यौपाने, नेपाली शिक्षाविद् र लेखक
- मुकुन्द न्यौपाने, नेपाली राजनीतिज्ञ
- योगमाया न्यौपाने, नेपाली महिला अधिकारकर्मी
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "कुन थरको के गोत्र हुन्छ ? आफ्नो थर अनुसार आफैले थाहाँ पाउनुहोस"। रिपोटर्स नेपाल।
- ↑ "यसरी बनेको रैछ तपाईको थर (सूचीसहित)"। हाम्रा कुरा (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१।
- ↑ "न्यौपाने समाज"। फेसबुक (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१।
- ↑ "आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने बारे जानकारी"। लोकसेवा सहयोगी (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१।