अर्चले
स्वरूप
अर्चले | |
|---|---|
पूर्व गाविस | |
| निर्देशाङ्क: २७°४६′ उत्तर ८३°५१′ पूर्व / २७.७७° उत्तर ८३.८५° पूर्व | |
| देश | |
| प्रदेश | लुम्बिनी प्रदेश |
| जिल्ला | पाल्पा जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | २३.७७ किमी२ (९.१८ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ९,६६३ |
| • घनत्व | ४१०/किमी२ (११००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
अर्चले नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९६६३ रहेको थियो जसमध्ये ४४८० पुरुष र ५१८३ महिला रहेका थिए भने यहाँ १९९२ घरधुरी रहेको थियो।[१] यो हाल निस्दी गाउँपालिकामा पर्दछ। यो निस्दी गाउँपालिकाको वडा नम्बर ६ हो।
२०१५ नेपाल भूकम्प
[सम्पादन]गाउँ भूकम्पबाट प्रभावित भयो। सो क्षेत्रमा आएको रिपोर्टहरू अनुसार भूकम्प पछि गाउँ पूर्ण रूपमा ध्वस्त भएको छ। भूकम्प हुँदा गाउँमा विवाह समारोह भइरहेको थियो। विवाहमा सहभागी पन्ध्र जना पाहुनाहरूको मृत्यु भएको थियो। बाइसवटा घरहरू ध्वस्त भए। अधिकांश ध्वस्त भएका घरहरू माटो, ईँटा र ढुङ्गाबाट बनेका कमजोर घरहरू हुन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ राष्ट्रिय जनगणना २०६८, नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ Freeman, Colin (२९ Apr २०१५), "Nepal earthquake: Inside Archale, a village left in ruins", Telegraph.co.uk, मूलबाट २६ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २०१५। अभिलेखिकरण २६ अक्टोबर २०१५ वेब्याक मेसिन