सामग्रीमा जानुहोस्

भैरवस्थान, पाल्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भैरवस्थान, पाल्पा
पूर्व गाविस
भैरवस्थान, पाल्पा को लुम्बिनी प्रदेश मा अवस्थिति
भैरवस्थान, पाल्पा
नेपालको नक्सामा भैरवस्थान, पाल्पाको अवस्थिति
भैरवस्थान, पाल्पा को नेपाल मा अवस्थिति
भैरवस्थान, पाल्पा
भैरवस्थान, पाल्पा (नेपाल)
निर्देशाङ्क: २७°४६′N ८३°५१′E / 27.77°N 83.85°E / 27.77; 83.85
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा जिल्ला
क्षेत्रफल
  जम्मा१२.१२ किमी (४.६८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२,२११
  घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भैरवस्थान, पाल्पा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२११ रहेको थियो जसमध्ये ९५६ पुरुष र १२५५ महिला रहेका थिए भने यहाँ ५७२ घरधुरी रहेको थियो।[] यो हाल रिब्दीकोट गाउँपालिकामा पर्दछ। यो रिब्दीकोट गाउँपालिकाको वडा नम्बर ४ हो।

यस गाविसको वडा नम्बर ५ को आकर्षक पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो मानिने त्रिशुल रहेको भैरव मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेष गरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ । विभिन्न चाडवाडहरूमा बोका, हाँस, परेवा, कुखुरापाडाहरूको बली यहाँको कालभैरवलाई दिइन्छ । यस क्षेत्रबाट अधिकांश हिम शिखरहरूको दृष्यावलोकन गर्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. राष्ट्रिय जनगणना २०६८ ((पिडिएफ)), राष्ट्रिय योजना आयोग सचिवालय: नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग