सामग्रीमा जानुहोस्

छहरा

निर्देशाङ्कहरू: २७°४६′N ८३°५१′E / 27.77°N 83.85°E / 27.77; 83.85
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छहरा
पूर्व गाविस
छहरा is located in लुम्बिनी प्रदेश
छहरा
नेपालको नक्सामा छहराको अवस्थिति
छहरा is located in नेपाल
छहरा
छहरा (नेपाल)
निर्देशाङ्क: २७°४६′N ८३°५१′E / 27.77°N 83.85°E / 27.77; 83.85
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा जिल्ला
क्षेत्रफल
 • जम्मा२५.९६ किमी (१०.०२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४,७९८
 • घनत्व१८०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

छहरा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७९८ रहेको थियो जसमध्ये २०५१ पुरुष र २७४७ महिला रहेका थिए भने यहाँ ११८० घरधुरी रहेको थियो।[] यो हाल रैनादेवी छहरा गाउँपालिकामा पर्दछ।

यो रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर ४ हो।

पाल्पा जिल्लामा विभिन्न रमाइला रमाइला स्थानहरू रहेका छन । अर्घाखाँचीको पूर्वी भू-भागमा पुग्नको लागि पनि पाल्पा जिल्लाको छहराको बाटो भएरै जानु पर्दछ । छहरा गाविस अमलाबास गाँउबाट सुरू हुने गर्दछ । जहाँ अमलाबास भन्ने सानो बजार पनि हो । अमलाबास बजार हुदैं छहरा गाविससम्म पुग्न सकिन्छ । जहाँ छहरा गाविसको एक मात्र क्याम्पस पनि रहेको छ । साथै छहरा गाविसको एकमात्र स्वास्थ्य चौकी पनि छ । छहरा बजार छहरा गाविसको एउटा मुख्य बजार पनि हो । गविस भवन पनि यसै बजारमा रहेको छ । छहरा गाविसको पश्चिमी भागमा भएको एउटा बजारमध्ये मेहलढाब पनि एक हो । वडा नं ८ तथा ९ को मुख्य बजार यहि नै हो । यहाँबाट अर्घाखाँचीमा पुग्ने २ वटा बाटो रहेका छन । जसमध्ये एउटाबाटो काफलबुटा - तिनगिरे हुँदै अर्घाखाँची पुगिन्छ भने अर्को बाटो सल्लेधारा - तिन्धारे हुँदै अर्घाखाँची पुगिन्छ । यो तल्लो बाटो, जुन अर्घाखाँचीको पणेना पुग्ने बाटो मध्येको एउटा प्रमुख बाटो पनि हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग