सामग्रीमा जानुहोस्

रिब्दीकोट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिब्दीकोट गाउँपालिका
रिब्दीकोट गाउँपालिका पाल्पा जिल्ला-को अवस्थिति
रिब्दीकोट गाउँपालिका
रिब्दीकोट गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
रिब्दीकोट गाउँपालिका
रिब्दीकोट गाउँपालिका नेपाल-को अवस्थिति
रिब्दीकोट गाउँपालिका
निर्देशाङ्क: २७°४६′१२″ उत्तर ८३°५५′२६″ पूर्व / २७.७७०१११° उत्तर ८३.९२३७९६° पूर्व / 27.770111; 83.923796
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षनारायणबहादुर कार्की (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षकान्ता अधिकारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१२४.५५ किमी (४८.०९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,४७३
  घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७५
केन्द्रसाविक खस्यौली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रिब्दीकोट गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, टिमुरे, पालुङमैनादीफेक गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रिब्दीकोट गाउँपालिकाको कुल जनसङ्ख्या १५,४७३ रहेको छ भने यहाँ ४,४०२ घरधुरी रहेका छन्।[]

रिब्दीकोट गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
ख्याहा२,००११५.२११३१.५६
देउराली१,८२८१५.५४११७.६३
खस्यौली१,८०७७.०३२५७.०४
भैरवस्थान१,८०२१२.१२१४८.६८
कुसुमखोला१,३११११.५८११३.२१
टिमुरे२,००५१४.३६१३९.६२
पालुङमैनादी२,०४८१९.३९१०५.६२
फेक२,६७१२९.३२९१.१०
कुल१५,४७३१२४.५५१२४.२३

भौगोलिक अवस्थिति

[सम्पादन]

रिब्दीकोट गाउँपालिकाको क्षेत्रफल १२४.५५ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिकागुल्मी जिल्ला तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]