सामग्रीमा जानुहोस्

बगनासकाली गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बगनासकाली गाउँपालिका
बगनासकाली गाउँपालिका पाल्पा जिल्ला-को अवस्थिति
बगनासकाली गाउँपालिका
बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
बगनासकाली गाउँपालिका
बगनासकाली गाउँपालिका नेपाल-को अवस्थिति
बगनासकाली गाउँपालिका
निर्देशाङ्क: २७°४६′१२″ उत्तर ८३°५५′२६″ पूर्व / २७.७७०१११° उत्तर ८३.९२३७९६° पूर्व / 27.770111; 83.923796
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसरस्वती दर्लामी (चिदी) (नेकपा (एमाले))
 • उपाध्यक्षहरिप्रसाद पाठक (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८४.१७ किमी२ (३२.५০ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,४९७
 • घनत्व२२०/किमी२ (५७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७५
केन्द्रसाविक चिर्तुङधारा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बगनासकाली गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चिर्तुङधारा, पोखराथोक, नायरनमतलेस, खानीछाप, दर्लमडाँडा, यम्घा, खानीगाउँ, बराङ्दी (१,७,८ र ९) र चापपानी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बगनासकाली गाउँपालिकाको कुल जनसङ्ख्या १८,४९७ रहेको छ भने यहाँ ५,११५ घरधुरी रहेका छन्।[२]

बगनासकाली गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१चिर्तुङधारा४,११७१३.१२३१३.७९
२पोखराथोक२,१८१७.५५२८८.८७
३नायरनमतलेस१,७९५१२.४११४४.६४
४खानीछाप१,६३१७.९६२०४.८९
५दर्लमडाँडा१,६५९१०.६९१५५.१९
६यम्घा२,७७८१३.७७२०१.७४
७खानीगाउँ१,५२३९.७५१५६.२१
८बराङ्दी (१, ७-९)८६४३.६९२३४.१४
९चापपानी१,९४९५.३९३६१.५९
कुल१८,४९७८४.१७२१९.७५

भौगोलिक अवस्थिति

[सम्पादन]

बगनासकाली गाउँपालिकाको क्षेत्रफल ८४.१७ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ९ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा रम्भा र माथागढी गाउँपालिका, पश्चिममा तानसेन नगरपालिका, उत्तरमा स्याङ्जा जिल्ला तथा दक्षिणमा तानसेन नगरपालिका र माथागढी गाउँपालिका रहेका छन्।[४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

बाह्य कडीहरू

[सम्पादन]