बस्याल
बस्याल अथवा बसेल नेपालमा बसोवास गर्ने एक जाती हो। दैलेख जिल्लाको बाँसीमा उद्गम भएका बसेलहरू देश भरी छरिएर बसेका छन्।
बस्याल वा बसेलको पुर्ख्यौली थलो दैलेखको बाँसी हो। यहाँका बासिन्दालाई बैँसेल भन्ने गरिन्छ । बैँसेल भन्दाभन्दै बसेल /बस्याल भनिएको हुनुपर्छ ।
धनञ्जय गोत्रको मूल आधार बनेका धनञ्जय ॠषिको तपोभुमी मानसरोवरको आसपासमा थियो र उनका वंशजहरु अछाम जिल्लाको धमालीमा लामो समयसम्म बसे । त्यहाँबाट दैलेख आएपछि उनिहरू धमला थरले चिनिए । तिनिहरूमध्येका दुल्लु नजिकै रिजुमा बसेकाहरू रिजाल कहलिए । बाँसिमा २ पुस्तासम्म बसेर पुर्वतिर लागेका तीन भाई पाल्पाको बराङ्दी पुगेर बसोबास गर्न थालेपछि उनिहरू बसेल /बस्याल कहलिए ।
दुल्लु नजिकै हुमिगाउँ बसोबास गरेर काभ्रेपलान्चोक पुगेकाहरू त्यहाँ बसोबास गर्न थालेपछि हुमागाईँ कहलिए ।
दैलेखका धमला ,रिजाल र हुमागाईँहरू कुलदेवताको रुपमा रुमाल(रुद्र ) मष्टो र कुलदेविको रूपमा विन्ध्यवासिनीलाई मान्ने गर्छन् ।
बसेल वा बस्यालको गोत्र धनञ्जय हो। यस गोत्रका त्रिप्रवरमा विश्वामित्र, मधुछन्दस र धनञ्जयती पर्दछन्।[१]
- ↑ तामाङ Tamang, अजितमान Ajitman (२०२३-०९-२७), "तामाङभाषाको लेखनप्रणाली बारे खोज र चर्चा", Sahayaatra सहयात्रा: 67–83, आइएसएसएन 2594-3154, डिओआई:10.3126/sahayaatra.v6i1.58425।