सत्यवती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सत्यवतिबाट अनुप्रेषित)
सत्यवती
Satyawati
चित्र:GulmiMap.jpg
सत्यवतीको आधिकारिक छाप
राष्ट्र नेपाल
नेपालका गाउँपालिकापाँच नं. प्रदेश
अञ्चललुम्बिनी
जिल्लापाल्पा
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा३,१६५[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)बुटवल
क्षेत्रीय सङ्केत+९७७-७५

सत्यवती नेपालको प्रदेश नं. ५ अन्तर्गत पर्ने गुल्मी जिल्लामा अवस्थित एक स्थानीय तह हो ।[२] सत्यवती गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्त्व बोकेको यस सत्यवती गाउँपालिका ५ नं. प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु ठूलो लुम्पेक , अस्लेवा, लिम्घा, हसरा, जोहाङ्ग, जुनिया र भार्से  को संयोजनबाट बनेको छ । यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरु रहेको छन् । ११५।९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २३८०७ छ भने केन्द्र जोहाङ्ग खैरेनी मा रहेको छ । यस गाउँपालिका गुल्मी जिल्लाको सवैभन्दा ठूलो र बढी जनस‌ख्या भएको गाउँपालिका हो ।  

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

बि.स.२०६८ को जनगणना जनसंख्या २३८०७ छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. स्थानीय तह

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]