रुद्र शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
प्रधान सेनापति
रुद्र शमशेर जंगबहादुर राणा
फिल्ड मार्सल
कार्यकाल
वि.सं. २०१० असार २२ – २०१३ बैशाख २० बुधवार
शासकराजा त्रिभुवन
पूर्वाधिकारीराजा त्रिभुवन
उतराधिकारीराजा महेन्द्र
नेपालको प्रधान सेनापति
कार्यकाल
वि.सं. १९८९ भाद्र १७ – वि.सं. १९९० चैत ०१
शासकराजा त्रिभुवन
पूर्वाधिकारीजुद्ध शमशेर
उतराधिकारीपद्म शमशेर
व्यक्तिगत विवरण
जन्म१९३४ फागुन ११
पाल्पा तानसेन
मृत्यु२०१९ माघ ३० मंगलवार[१]
चारबुर्जा दरबार
राष्ट्रियतानेपाली
आमातोपकुमारी
पितावीर शमशेर
पदकनेपाल तारा प्रथम श्रेणी
गोरखा दक्षिण बाहु प्रथम श्रेणी
ओम राम पट्ट
त्रिशक्ति पट्ट द्वितीय श्रेणी
महाभूकम्प पदक (१९९० )
गद्दी आरोहण रजत महोत्सव पदक (१९९० )
राज्याविषेक पदक (२०१३)[२]

फिल्ड मार्सल सुप्रदिप्त मान्यवर नेपाल तारा ओम राम पट्ट सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु सुविख्यात त्रि शक्ति पट्ट श्री श्री श्री महाराजकुमार रुद्र शमशेर सि क्लासका राणा थिए । श्री ३ वीर शमशेरको विवाह श्री ५ माहिला साहेब ज्यू की छोरी सँग भएको थियो। पछि वीर समशेरले दाइजोमा आएकी खञ्जनलाई अङ्गीकार गरी श्री ३ कान्छी महारानी घोसित गरी नाउँ तोपकुमारी राखिदिए। उनीतिरबाट चक्र शमशेर, रुद्र शमशेर , तेज शमशेर र प्रताप शमशेर जन्मेका थिए ।[३]

वि.सं. १९९० चैत ०१ जुद्ध शमशेरले सि क्लास का राणाहरूलाई चार भन्ज्याङबाट कटाउने कटु निर्णय लिए । उनीहरूलाई रोलक्रमबाट पनि झिकियो । तदनुसार कमाण्डर इन्चीफ रुद्र शमशेरलाई पाल्पाको तैनाथवाला लाघारिए ।[४]

रोलक्रमबाट निष्काशन[सम्पादन गर्ने]

षड्यन्त्र[सम्पादन गर्ने]

रुद्रशमशेर ज्यादै सोझा साथै धर्मपरायण थिए। राजकाज सम्बन्धी जालझेल कपटको साथै कूटनीतिक चाल चल्न सक्ने क्षमता उनमा कत्ति थिएन । खासगरी उनी श्री ३ जुद्ध प्रति ज्यादै विश्वास र आस्था राख्दथे। उनका छोराहरू ईश्वर, गोपाल, श्याम र धैर्य शमशेरहरूले बारम्बार ‘जुद्ध शमशेरले हामीलाई निष्कासन गर्ने तर्जुमा गर्दै छन् भन्ने कुरा हाम्रा गुप्तचरहरूबाट सूचना आइरहेछ । कुनै एकाध गुप्तचर गलत हुन सक्छ, तर सबै तर्फबाट यही सूचना पाउनुको कारण कुरा सत्य हो’ भनी सूचना गर्दा पनि किन हो मुख्तियार रुद्रशमशेर सदैव ‘जुद्ध शमशेरले म उपर यस्तो अनर्थ गर्दैन’ भन्दथे । यस्तै कमजोरी उनमा थियो ।

यसै १९९० साल चैत १ गते घोडेजात्राको दिन श्री ३ जुद्धले मुख्तियार रुद्रशमशेरलाई ‘काहिँला चैत ५ गते सञ्चयकोष विषयमा मिटिङ छ, त्यस दिन २ कम्पनी सेना हातहतियार सहित सिंहदरबार पठाऊ’ भनी आदेश गरे ।

अर्कोतर्फ सोही दिन अर्थात् घोडेजात्राकै दिन टुँडिखेलको खरीको बोटको चौतारामा प्रचण्डशमशेर र मानशमशेर (जुद्धकै छोरा)ले समेत गुप्त तरिकाबाट ईश्वरशमशेरलाई ‘सञ्चयकोष विषयको मिटिङ भन्ने बहाना मात्र हो, सो दिन रुद्रसहित सबैलाई काठमाडौंबाट निष्कासन गर्ने तर्जुमा गरेका छन्’ भनी सूचना गरे ।

खासगरी प्रचण्ड शमशेरले त ईश्वरशमशेरलाई उपरोक्त कुरा लिखित रूपमा दिई साथै गर्नुपर्ने कार्य गर भनी रायसमेत दिएका थिए ।

श्री ३ जुद्धशमशेरले चैत ५ गतेका दिन हातहतियार सहित २ कम्पनी सेनाको माग गर्नु, प्रचण्ड शमशेर र मान शमशेरहरूले सूचना गर्नु आदि सबै कारणबाट अब रुद्र शमशेरलाई पनि निष्कासन गर्न लागे भन्ने कुरामा पूरा विश्वास पर्यो ।

निष्कासित हुनेहरूमा तेजशमशेर, रामशमशेर, धनशमशेर, नरराजशमशेर, राज शमशेर, मेघराज शमशेर, इन्दु शमशेर, माधवशमशेर, मनशमशेर, सत्यशमशेर सबै काठमाडौं बाहिर कोही औषधी उपचारका लागि भारततर्फ गएका थिए भने पू.क.ज. तेज शमशेरका दोस्रा छोरा ले.क. यज्ञराज शमशेरको मृत्यु भएको जम्मा ५ दिन मात्र भएको थियो अर्थात् ‘जुठो’ परेको थियो । उपरोक्त व्यक्तिहरू तत्काल कोही बडाहाकिम भई गौंडा–गोश्वारातर्फ थिए तथा कोही दौडाहाका निमित्त तराई –पहाडतर्फ ठाउँठाउँमा खटिएर गएका थिए ।

विद्रोहको योजना[सम्पादन गर्ने]

प्रधान सेनापति रुद्रशमशेरका चार भाइ छोरा भई निष्कासन विषयमा सरसल्लाह गरी ‘मर्छ त के के गर्छ’ भनी विरोध गर्न तयार भई तत्काल काठमाडौंमा उपस्थित निष्कासित हुनेहरू हिरण्य शमशेर, प्रताप शमशेर, गोविन्द शमशेर, सुवर्ण शमशेरमहावीर शमशेरहरूलाई सूचना गरी भेला गराई सरसल्लाह गरी विरोध गर्ने सल्लाह आपसमा गरी आफ्ना बुबा रुद्र शमशेरसँग सो कुरा भन्दा उनले वि.सं. १९५८ मा भायसराय लर्ड कर्जनले ‘अब उप्रान्त राणाहरूमा रक्तपात भएमा नेपाललाई भारतमा सम्मिलित गराइने’ भन्ने कुराको साथै वि.सं. १९५९ मा भएको ‘धर्मपत्र’को समेत स्मरण गराई रुद्र शमशेरले आफ्ना छोराहरूलाई सम्झाइ बुझाइ भने, ‘मलाई रक्तपात गर्नु छैन, हामीसँग जम्मा सय–सवा सय नाल बन्दुक छन् ।

जुद्धशमशेर कहाँ (मेसिनगन, लुइसगन, ब्रेनगन, स्टेनगन, टमिगन र हजारौँ नाल सर्टइन–फिल्ड गन) राइफलहरूको साथै प्रशस्त मात्रामा गोलीगठ्ठा समेत सिंहदरबारमा छन्, तसर्थ हामी कुनै अवस्थामा पनि विजयी हुन सक्दैनौँ । मलाई राम्रोसँग थाहा छ हाल जुद्ध शमशेरले आँटेपछि हामी कसैको केही लाग्दैन, हामी केही गर्न सक्दैनौँ। कल्याण यसैमा छ कि हामीले कुनै अप्रिय घटना नगरौँ। अहिले हामी निर्दोष भई जानु परिरहेछ, पछि दागी र बागी भएर जानु परेमा कलङ्क लाग्नेछ’ भनी आफ्ना चारै जवान छोरालाई सम्झाइ बुझाइ अप्रिय घटना गर्ने छैनौँ भनी शपथ समेत दिलाई विरोध गर्नबाट रोके ।[५][६]

राणा शासन हटाउनु श्री ५ त्रिभुवनको र रुद्रशमशेर दुवैको पनि अभीष्ट भएकाले राणा शासन नहट्दै रुद्र शमशेरका जेठा छोरा ईश्वर शमशेर राजपरिवारको नजिक [७]) मात्र नभई श्री ५ त्रिभुवनका अघोषित परामर्शदाता भइसकेका थिए [८]

पाल्पाको बडाहाकिम (तैनाथवाला)[सम्पादन गर्ने]

२००७ को क्रान्ति पछी[सम्पादन गर्ने]

नेपाली कांग्रेसको पक्ष लिई पाल्पा गौंडा बसेका रुद्रशमशेर वि.सं. २००८ फूलपातीको दिन गौचर हवाई अड्डामा उत्रँदा उनलाई लिन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला र उद्योग वाणिज्यमन्त्री गणेशमान सिंह पुगेको [९] र वि.सं. २०१० असार २२ गतेको दिन सेनाको उच्चतम पद फिल्ड मार्सल दिई श्री ५ त्रिभुवनले रुद्रशमशेरको सम्मान गरेका थिए [१०]

सन्तानहरु[सम्पादन गर्ने]

छाप[सम्पादन गर्ने]

रुद्रशमशेरको छाप

मृत्यु[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. http://www.royalark.net/Nepal/lamb4.htm
  2. http://www.royalark.net/Nepal/lamb4.htm
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४६, आइएसबिएन 99933-2-406-X 
  4. नेपालको तथ्य इतिहास राजाराम सुबेदी पृष्ठ २६१
  5. पुरुषोत्तम शमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’
  6. रुद्रबाट खोसेर बहादुरलाई चारबुर्जा दरबार http://www.ghatanarabichar.com/80173
  7. श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २७७
  8. श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २९५-२९६
  9. श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २९९
  10. श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ ३०१