सामग्रीमा जानुहोस्

गोपाल शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोपाल शमशेर जङ्गबहादुर राणा
नेपाल प्रहरीको प्रमुख
पदमा
२०१२ भदौ – २०१३ साउन[१]
पूर्वाधिकारीज्ञानबहादुर याक्थुम्बा
उतराधिकारीपूर्ण सिंह खवास
व्यक्तिगत विवरण
आमाबुबा
सैन्य सेवा
निष्ठा नेपाल
दर्जाआइ.जी.पी.

गोपाल शमशेर जङ्गबहादुर राणा नेपाल प्रहरीको प्रमुख (आइ.जी.पी.) थिए। उनी पुलिस प्रमुख भएको समयमा नै नेपाल पुलिस ऐन २०१२ जारी भएको थियो ।

बाल्यकाल

[सम्पादन]

उनी रुद्र शमशेरको छोरा थिए। १९९० मा रुद्र शमशेरलाई पाल्पा निर्वासित भएपछी उनी पनि पाल्पा गएका थिए।[२]

उनी राणा विरोधी अभियानमा लागेका थिए।

नेपाली काङ्ग्रेसको मुक्ति सेना

[सम्पादन]

२००७ सालको क्रान्तिमा मातृकाप्रसाद कोइराला मुक्ति सेनाका सभापति सर्वाेच्च कमान्डर थिए । गोपाल शमशेर भैरहावा क्षेत्रका कमान्डर थिए। भैरहवा क्षेत्रका अर्का कमान्डर के आइ सिंह थिए।  फागुन ७ को घोषणा पछी सशस्त्र क्रान्तिको समाप्ति भयो। तर के आई सिंह अझै सशस्त्र क्रान्ती जारी गर्नु पर्ने पक्षमा थिए । क्रान्तिकै बेला गोपालशमशेरले डा. केआई सिंह नेतृत्वको मुक्ति सेनालाई हतियार नदिँदा दुवै कमान्डरबीच द्वन्द्वको अवस्था थियो। प्रजातन्त्रको घोषणापछि पश्चिम कमान्डको जिम्मेवारी गोपालशमशेरले नै पाएका थिए। त्यसपछि सिंह र गोपाल शमशेरबीचको दूरी झनै बढेको थियो। [३]

स्रोत

[सम्पादन]
  1. ↑ Police History अभिलेखिकरण २०१९-०८-२१ वेब्याक मेसिन
  2. ↑ Royal Ark
  3. ↑ "“हिमालयन रविन हुड”", GorakhaPatra, १२ साउन २०७९, अन्तिम पहुँच २०२६-०६-१३।