सामग्रीमा जानुहोस्

नर शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नर शमशेर जङ्ग बहादुर राणा
नेपाल प्रहरीको प्रमुख
पदमा
२००७ चैत्र-  २०१० मङ्सिर
पूर्वाधिकारीतोरण शमशेर ज.ब.रा
उतराधिकारीज्ञान बहादुर याक्थुम्बा
व्यक्तिगत विवरण
जन्म१६ डिसेम्बर १९११
निधन२४ अप्रिल २००६ उमेर ९४ )
नर डेरा, काठमाडौँ
नाता सम्बन्धबहादुर शमशेर (पिता )
चन्द्र राज्य लक्ष्मी (आमा )
सैन्य सेवा
निष्ठानेपाल Nepal
शाखा/सेवानेपाल प्रहरी
दर्जाआइ.जी.पी. महानिरीक्षक (I.G.P.)

नर शम्शेर नेपाल प्रहरीको दोश्रो महानिरिक्षक हुन् ।उनी सो ओहोदामा २ वर्ष रहे र ज्ञान बहादुर याक्थुम्बा उनका उत्तरअधिकारी रहे ।[]

उनको जन्म जावलाखेल दरबारमा भएको थियो। उनी बहादुर शमशेरका छोरा तथा जुद्ध शमशेरका नाति थिए। [स्रोत नखुलेको]

१९९७ शहीद काण्ड

[सम्पादन गर्नुहोस्]

उनले चार शहिदको मृत्युदण्डको निरिक्षण गरेका थिए र शोभाभगवतिमा गङ्गालालको हत्या उनैले गरेको विश्वास गरिन्छ। [स्रोत नखुलेको]

धर्मभक्त माथेमा

[सम्पादन गर्नुहोस्]

माघ १३ गते राति दस बजेतिर धर्मभक्तलाई सिफल पुर्याइयो। दुवै हात पछाडि फर्काएर बाँधिएका धर्मभक्तलाई नरसमसेरले अन्तिम इच्छा सोध्दा उनले जवाफ दिए—“राणशासनको छिट्टै अन्त्य भएर जनताले सुखशान्ति पाउन् भन्ने इच्छा छ” धर्मभक्तको यस्तो भनाइबाट रिसले मुर्मुरिएका नरसमसेरले हतारहतार फाँसीमा झुण्डयाउने आदेश दिए। [स्रोत नखुलेको]

रुखको हाँगामा डोरी बाँधेर डोरी तान्नासाथ हाँगा भाँचियो। फेरी अर्को हाँगामा झुण्ड्याइयो। धर्मभक्तको छटपटीले त्यो हाँगा पनि भाँचियो। यसरी हाँगा भाँचिएर दुइ पल्टसम्म फाँँसीबाट बँचेका धर्मभक्तको गाला नरसमसेरले चक्कुद्धारा चिरिदिए। बेस्सरी पिटे, सिपाहीहरुलाई पिट्न लगाए। धेरै बेरको पिटाईपछि उनी बेहोस भए। अनि बेहोस भएकै बेला फेरी डोरीले घाँटी कसेर उनलाई रुखमा झुण्डयाइयो। “संस्था खडा गरेर दुनियाँ भड्काउने पर्चा छरेको र राजकाज समेत आफैँ चलाउने प्रयास गरेकोले यस्तो सजाय पायो।” भन्ने लेखेर धर्मभक्तको छातीमा टाँसिएको थियो। [स्रोत नखुलेको]

अर्को दिन बेलुकीसम्म रुखमा झुण्डिएको धर्मभक्तको शव हटाइएन। उनका पिता आदिभक्त र भाइ धुव्रभक्त पनि जेलमा भएकाले अरु कोही आफन्त शव बुझ्न आएनन्। चौविस घण्टापछि सरकारले नै उनको सद्गत गर्यो ।[]

दशरथ चन्द र गंगालाल

[सम्पादन गर्नुहोस्]

उल्लेखनीय प्रकाशनहरू

[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सम्मान

[सम्पादन गर्नुहोस्]

विदेशी सम्मान

[सम्पादन गर्नुहोस्]

नर शमशेरलाई नेपाली खेलकुदको पिता मानिन्छ । उनले नेपालमा खेलकुद विकासको लागि खेलाडी र खेल अधिकारीको रूपमा सेवा गरे। [स्रोत नखुलेको]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

उनको विवाह उमा राज्यलक्ष्मी संग र २०१२ जेठ ११ मा प्रभा राज्यलक्ष्मीसंग दोस्रो विवाह भएको थियो। उनको चार छोरा र तीन छोरी थिए। [स्रोत नखुलेको]

  1. "Police History - Ex-Chief of Police"
  2. "सन्तान्नब्बेको शहीद प्रसङ्ग", नयाँ विकल्प, २०७४ फाल्गुन १४।
  3. Royal Ark