सामग्रीमा जानुहोस्

अच्युतकृष्ण खरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अच्युतकृष्ण खरेल
प्रहरी कार्यकाल
देशनेपाल
विभागनेपाल प्रहरी
पदप्रहरी महानिरीक्षक

अच्युतकृष्ण खरेल (अङ्ग्रेजी: en:Achyut Krishna Kharel) नेपालका पूर्व प्रहरी महानिरीक्षक (प्रमुख) हुन। वि.सं. २००३ फागुन २८ गते मंगलबार काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोक गाविसमा जन्मेका खरेलले २०२७ सालमा प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

क्रमश बढुवा भएपछि उनी २०४९ सालमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नियुक्त भए ।

प्रहरी महानिरीक्षक (आईजीपी)

[सम्पादन गर्नुहोस्]

पहिलो कार्यकाल

[सम्पादन गर्नुहोस्]

मोतिलाल बोहराले प्रहरी सेवाबाट अवकाश पाएपछि खरेल पहिलोपटक २०५३ चैत्तमा प्रहरी महानिरीक्षकमा नियुक्त भए । प्रहरी महानिरीक्षकमा नियुक्त भएको ३६ दिनपछि २०५३ चैत २१ गते खरेलको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा स्थानान्तरण भयो । उनको ठाउँमा उनका प्रतिस्पर्धी ध्रुवबहादुर प्रधान करिब ८ महिनाको लागि नेपाल प्रहरीका प्रमुख भए । []

दोस्रो कार्यकाल

[सम्पादन गर्नुहोस्]

२०५४ मंसिर २६ गते खरेलको पुन: नेपाल प्रहरीको प्रमुखमा पुनर्बहाली भयो । [] यसरी नेपाल प्रहरीको इतिहासमा दुईपटक प्रहरी महानिरीक्षक बन्ने खरेल पहिलो तथा एकमात्र व्यक्ति हुन् ।

खरेलको प्रहरी महानिरीक्षकको दोस्रो कार्यकालमा नेपाल प्रहरीमा 'गुटबन्दी प्रथा' नकारात्मक रूपमा चरम बिन्दुमा पुगेको मानिन्छ । अवकाशप्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) आनन्द पुरीले '९ आइजिपीसँगका अनुभूति' नामक आफ्नो संस्मरणमा 'खरेल बाहुनवादी पाराले गाँजिएको हुँदा उहाँको कार्यकालमा बाहुनहरूले खुब प्रश्रय पाएका थिए,' भनेर उल्लेख गरेका छन् । [] पुरीले आफू प्रहरी उपरीक्षकको बढुवामा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई आफू छुट्नुको कारण सोध्दा कोइरालाले आईजीपी खरेलबाट पुरीको बढुवाको लागि सिफारिस नभएको र कोइरालाले पुरीलाई 'फेरि तपाईं त आर्को आइजिपी साबको मान्छे रे भन्ने त्यस्तै कुरा आएको पो थियो' भनेर भनेका थिए भनी आफ्नो संस्मरणमा उल्लेख गरेका छन् । []

उनी माओवादी द्वन्द्वकालमा प्रहरी महानिरीक्षक थिए।[]

२०७५ सालमा प्रकाशित खरेलको आत्मकथाका अनुसार उनले आफ्नो प्रहरी प्रमुखको दोस्रो कार्यकालमा २०५५ साल ताका आफू मातहतका प्रहरी अधिकृत भरत जीसीमार्फत ने.रु. ४० लाख उठाई चुनावी खर्च (आम निर्वाचन) को रूपमा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई ने.रु. ३० लाख र नेकपा एमालेलाई ने.रु. १० लाख पर्दान गरेका थिए । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. खरेल, अच्युतकृष्ण (वि.सं. २०७५), अच्युतकृष्ण खरेल आत्मकथा (नेपालीमा), नेपा~लय प्रकाशन, पृ: २७५, आइएसबिएन 978-9937-9212-8-2 
  2. खरेल, अच्युतकृष्ण (वि.सं. २०७५), अच्युतकृष्ण खरेल आत्मकथा (नेपालीमा), नेपा~लय प्रकाशन, पृ: २८९, आइएसबिएन 978-9937-9212-8-2 
  3. पुरी, आनन्द (वि.सं. २०७४), ९ आइजिपीसँगका अनुभूति (नेपालीमा), बिएन पुस्तक संसार प्रा.लि., पृ: २१८, आइएसबिएन 9789937858595 
  4. पुरी, आनन्द (वि.सं. २०७४), ९ आइजिपीसँगका अनुभूति (नेपालीमा), बिएन पुस्तक संसार प्रा.लि., पृ: २२५-२२६, आइएसबिएन 9789937858595 
  5. "प्रहरीको इतिहास - पूर्वप्रहरी महानिरीक्षक", अन्तिम पहुँच २०१३-०४-१० 
  6. खरेल, अच्युतकृष्ण (वि.सं. २०७५), अच्युतकृष्ण खरेल आत्मकथा (नेपालीमा), नेपा~लय प्रकाशन, पृ: ३०५, आइएसबिएन 978-9937-9212-8-2