शैलेश थापा क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शैलेश थापा क्षेत्री
२८ औँ प्रहरी महानिरीक्षक
पद बहाली
२०७७ असार २३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीठाकुर प्रसाद ज्ञवाली
व्यक्तिगत विवरण
जन्म (1968-12-08) ८ डिसेम्बर १९६८ (उमेर ५५)
सूर्यविनायक नगरपालिका–५, भक्तपुर, नेपाल
नागरिकतानेपाली
राष्ट्रियता नेपाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
नेपाल कर्मश क्याम्पस
पेशाप्रहरी अधिकृत

शैलेश थापा क्षेत्री नेपाल प्रहरीका २८ औँ प्रहरी महानिरीक्षक हुन् ।[१] उनलाई वि. सं २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो।[२]

पारिवारिक जीवनी[सम्पादन गर्नुहोस्]

शैलेश थापाको जन्म वि. सं. २०२५ साल मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका–५ साविक कटुन्जे गाविस–९ मा भएको थियो। थापाले २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। थापाका बुबा पनि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक थिए। बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउने महानिरीक्षक थापाले भक्तपुरको शारदा माध्यामिक विद्यालय व्यासीबाट २०४० सालमा एसएलसी पास गरे। नेपाल कर्मश क्याम्पस मिनभवनबाट स्नातक तह पास गरेका थापाले त्रिभुवन विश्वविद्यालयबाट राजनितिशास्त्रमा स्नातकोत्तर गरेका छन्। थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) र आर्मी स्टाफ कलेजबाट पनि ग्रेजुएसन गरेका छन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त", अनलाइनखबर, अन्तिम पहुँच ७ जुलाई २०२० 
  2. "नेपाल प्रहरीको महानिरीक्षक पदमा शैलेश थापा क्षेत्री नियुक्त", gorkhapatraonline.com, गोरखापत्र अनलाइन, अन्तिम पहुँच ९ जुलाई २०२० 
  3. "नेपाल प्रहरीका निष्कलंक आईजीपी शैलेश थापा, को हुन थापा ?", नेपाल समाचारपत्र, अन्तिम पहुँच ८ जुलाई २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]