सामग्रीमा जानुहोस्

रविन्द्र प्रताप शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रहरी महानिरीक्षक
रविन्द्र प्रताप शाह
नेपाल प्रहरीको प्रहरी महानिरीक्षक
कार्यकाल
२०६८ जेठ १८  २०६९ भाद्र २८
पूर्वाधिकारीरमेश चन्द ठकुरी
उतराधिकारीकुवेर सिंह राना
व्यक्तिगत विवरण
जन्म२०१४ असार १६
नागरिकतानेपाली
जीवनसाथीसंगम शाह
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

Deprecated parameter primeministerDeprecated parameter restingplacecoordinatesDeprecated parameter restingplaceDeprecated parameter imagesizeDeprecated parameter honorific-suffixDeprecated parameter smallimageDeprecated parameter otherpartyDeprecated parameter viceprimeministerDeprecated parameter honorific-prefixDeprecated parameter birthnameDeprecated parameter vicepresident

रविन्द्र प्रताप शाह (२०१४ असार १६) मिति २०६८/०२/१८ देखी २०६९/०५/२८ सम्म नेपाल प्रहरीका प्रहरी महानिरीक्षक हुन । विक्रम सम्वत् २०१४ साल असार १६ गते धादिङ जिल्ला, मैदी गा.वि.स. वडा नं. २ मा बुबा लालजङ्ग शाह र आमा नन्दकुमारी शाहको कोखबाट जन्मनु भएको शाहले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक तहसम्मको डिग्री हासिल गर्नु भएको छ। प्रहरी महानिरीक्षक शाहले वि.सं. २०३९ साल भदौ २९ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गर्नु भई क्रमैसँग पदोन्नती हुदै २०६५ साल असोज २ गतेको मन्त्री परिषदको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभई प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रमुखको पदभार सम्हाल्नु भएको थियो भने २०६८ साल जेठ १८ गतेको नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले प्रहरी महानिरीक्षक पदमा नियुक्त हुनुभएको हो। सादा जीवन उच्च विचारको जीवन शैलीबाट अभिप्रेरित उहाँ प्रहरी सेवाप्रति निष्ठावान, व्यावसायिक र ईमान्दार प्रहरी अधिकृतका रूपमा चिनिनुहुन्छ। प्रहरी महानिरीक्षक शाहले प्रहरी प्रधान कार्यालयबाट सेवा शुरु गर्नु भई विभिन्न ठाउँहरूमा कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ। उहाँले आवश्यक सवै तालिमहरू प्राप्त गर्नुका साथै विभिन्न विभुषणबाट सम्मानित हुन भएको छ।