सामग्रीमा जानुहोस्

खड्गजीत बराल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खड्गजीत बराल
खड्गजीत बराल
नवौँ नेपाल प्रहरी महानिरीक्षक
कार्यकाल
वि.सं. २०२९ साउन – वि.सं. २०३५ जेठ
प्रधानमन्त्रीकीर्तीनिधि विष्ट
(वि.सं. २०२८ – २०३०),
(वि.सं. २०३४ – २०३६)[]

नगेन्द्रप्रसाद रिजाल
(वि.सं.२०३० – २०३२)[]

तुलसी गिरी
(वि.सं. २०३२ – २०३४)[]
पूर्वाधिकारीरोम बहादुर थापा
(वि.सं. २०२३ असार – २०२९ असार)[]
उतराधिकारीदुर्लभ कुमार थापा
(वि.सं. २०३५ साउन - २०३९ जेठ)[]
बर्माका लागि नेपाली राजदूत
कार्यकाल
वि.सं. २०३६ – वि.सं. २०४२
प्रधानमन्त्रीसूर्यबहादुर थापा
(वि.सं. २०३६ – २०४०) []
लोकेन्द्रबहादुर चन्द
(वि.स.२०४० – २०४२) []
पूर्वाधिकारीशार्दुल शमशेर ज.ब.रा. []
उतराधिकारीडा. दिव्य देव भट्ट
फ्रेन्च इन्डो-चाइना (लाओस, कम्बोडियाभियतनाम)का लागि नेपाली राजदूत
कार्यकाल
वि.सं. २०३६ – वि.सं. २०४२
प्रधानमन्त्रीसूर्यबहादुर थापा
(वि.सं. २०३६ – २०४०) []
लोकेन्द्रबहादुर चन्द
(वि.स.२०४० – २०४२)
पूर्वाधिकारीशार्दुल शमशेर ज.ब.रा.
उतराधिकारीडा. दिव्य देव भट्ट []
इन्डोनेसियाका लागि नेपाली राजदूत
कार्यकाल
वि.सं. २०३६ – वि.सं. २०४२
प्रधानमन्त्रीसूर्यबहादुर थापा
(वि.सं. २०३६ – २०४०)[]
लोकेन्द्रबहादुर चन्द
(वि.स. २०४० – २०४२)[]
पूर्वाधिकारीअज्ञात
उतराधिकारीरामचन्द्र बहादुर सिंह[]
नेपालको सांसद
कार्यकाल
वि.सं. २०४३ – वि.सं. २०४६
प्रधानमन्त्रीमरिचमान सिंह श्रेष्ठ
(वि.सं. २०४३ – २०४६)[]
प्रधानमन्त्रीमरिचमान सिंह श्रेष्ठ
(वि.सं. २०४३ – २०४६)[]
युनाइटेड नेसन्स ट्रान्जिसनल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत
कार्यकाल
वि.सं. २०४८ – वि.सं. २०५०
प्रधानमन्त्रीगिरिजा प्रसाद कोइराला
(वि.सं.२०४८ – २०५१)[]
नेपाल जुडो सङ्घको अध्यक्ष
व्यक्तिगत विवरण
जन्म(१९२८-०४-१७)अप्रिल १७, १९२८
चुली बोझा, देवचुली, नवलपरासी जिल्ला
मृत्यु१९ मे २०२१(2021-05-19) (उमेर ९३)[]
नागरिकतानेपाली
नाताबहादुर सिंह बराल (पिता)
सरस्वती बराल (आमा)
सन्तान२ छोरा
निवास(हरू)काठमाडौँ,
बागमती प्रदेश, नेपाल
मातृ शिक्षाप्रतिष्ठानआगरा विश्वविद्यालय (स्नातक)
पटना विश्वविद्यालय (स्नातकोत्तर)
पेशाप्रहरी अधिकृत
कूटनीतिज्ञ
राजनीतिज्ञ
समाजसेवक
पुरस्कारगोरखा दक्षिण बाहु-प्रथम, त्रिशक्ति पट्ट-प्रथम, लाइफ टाइम अचिभमेन्ट अवार्ड (२०६६)

खड्गजीत बराल (वि.सं. १९८५, वैशाख ५-२०७८ जेठ ५) नेपाल प्रहरीका पूर्व महानिरीक्षक थिए।[] प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि उनले ६ वर्षसम्म बर्माको लागि आवासीय नेपाली राजदूत,[] इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो-चाइना (लाओस,[] कम्बोडिया, भियतनाम)को लागि गैरआवासीय नेपाली राजदूतको रूपमा सेवा गरेका थिए।[१०] बर्माका लागि नेपाली राजदूतबाट निवृत्त प्राप्त गरेपछि उनी राष्ट्रिय पञ्चायतमा मनोनित सांसद भएका थिए।[१०] सांसदको रूपमा सेवा समाप्त गरेपछि उनले युनाइटेड नेसन्स ट्रान्जिसन्ल अथरिटी इन कम्बोडिया (उन्टाक)को प्रमुख सम्पर्क अधिकृत भए। [११] [१२]

आफ्नो कार्यकालमा प्रहरीमा 'गाँस' (रासन), 'बास' (भवन) र 'कपास' (पोशाक) को व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउन सफल भएकाले उनलाई नेपाल प्रहरीको इतिहासमा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छ। [१०][१३] [१४][१५]

उनी बर्माका लागि नेपाली राजदूत रहँदा बर्मामा अधिकार विहीन शरणार्थी सरह बसिरहेका नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्नुका साथै बर्मामा पशुपतिनाथ मन्दिर निर्माण गर्दै त्यहाँ भानुजयन्ती मनाउने परम्पराको सुरूवात गरेका थिए।[१६]

प्रारम्भिक तथा शैक्षिक जीवन

[सम्पादन गर्नुहोस्]

वि.सं. १९८५, वैशाख ५ मा नवलपरासीको देवचुलीस्थित चुलीबोझा गाउँमा उनको जन्म भएको थियो। उनको बुबाको नाम बहादुरसिंह बराल र आमाको नाम सरस्वती बरालका हो। [१७] [१८] [१९]

उनको बुवा बहादुरसिंह बराल फुटबलहकीको राम्रो खेलाडी भएकाले बाल्यावस्था देखिनै खड्गजीतको खेलकुदप्रति अभिरूचि रहेको थियो। यसका साथै उनले रवीन्द्रनाथ ठाकुर र आफ्ना पिताको कविता तथा रचनाहरूबाट प्रभावित भएका थिए।[१७]

खड्गजीत बरालले भारतको गोरखपुरस्थित गभर्मेन्ट जुबीली हाई स्कुलबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। बरालले विज्ञान विषयमा प्रमाण पत्र तह परीक्षा उत्तीर्ण गरेपछि आगरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका थिए। पछि अलीगढ विश्वविद्यालयमा अध्ययन गरेका उनले सेमेस्टरको मध्यमै उक्त विश्वविद्यालय छोडेर पटना विश्वविद्यालयमा राजनीति शास्त्र विषय लिएर स्नातोकोत्तरमा भर्ना भएर त्यहाँबाटै स्नातोकोत्तर तह उत्तीर्ण गरेका थिए। [१७] [१८]

राणा शासन विरूद्ध गठित 'मुक्ति सेनाको लडाकु' (वि.सं. २००७)

[सम्पादन गर्नुहोस्]

वि.सं. २००७ (असोज ९, १० र ११) मा तत्कालीन जहानिया राणा शासन विरूद्ध भारतको बिहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित बैरगनिया सम्मेलनमा पढाइ (बिए दोस्रो वर्ष) छाडेर बराल त्यसमा सहभागी भएका थिए, जसमा पिता बहादुर सिंह बराल, कुँवर इन्द्रजित सिंह, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहमहेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो। आनदोलनका क्रममा काङ्ग्रेसीहरू गणेशमान सिंहमहेन्द्र नारायण निधिसँग बरालको राम्रो मित्रता कायम भएको थियो । पछि बुटवलमा प्रजातन्त्र सम्बन्धी पर्चा बाँढेकाले राणाकालीन प्रहरीले तीन दिन सम्म उनलाई हिरासतमा लिएको थियो।

खड्गबहादुर गुरूङको नेतृत्वमा मुक्ति सेनाको एक टोलीले बरालसहित करिब १५० लडाकुहरूका साथ भैरहवाका बडाहाकिमलाई सफलतापूर्वक आक्रमण गरेको थियो ; खड्गजीतले आफ्ना पिता बहादुरसिंह बरालको 'बाह्रबोर' बन्दुक चोरी सात सालको क्रान्तिमा भाग लिएका थिए।

कुँवर इन्द्रजित सिंहको नेतृत्वमा विद्रोह

[सम्पादन गर्नुहोस्]

दिल्लीको त्रिपक्षीय सम्झौता अनुसार तत्कालीन नेतृत्वको मोहन शमशेर ज.ब.रा.लाई प्रधानमन्त्री बनाउने निर्णयको विरोध गरेर राणा शासन पूर्ण रूपमा निर्मूल नभएसम्म सशस्त्र आन्दोलन जारी रहने उद्घोष गर्दै कुँवर इन्द्रजीत सिंहको नेतृत्वमा रहेको 'भैरहवा मोर्चा' (खड्गजीत, काशीप्रसाद श्रीवास्तव, रामवरण शर्मा लगायत अन्य केही कम्युनिष्ट नेता) ले सङ्घर्ष जारी राख्ने निर्णय गरेको थियो। [२०] [१८]

१ फागुन २००७मा भएको दिल्लीको त्रिपक्षीय सम्झौता पछी हतियार नबिसाएकाले खड्गजीत ३ महिनासम्म कारागारमा बसेका थिए। [२०] [१७] [१८]

नेपाल प्रहरीमा सेवा (वि.सं. २०१३ - २०३५)

[सम्पादन गर्नुहोस्]

खड्गजीत बराल वि.सं. २०१३ सालमा लोक सेवा आयोग (नेपाल)को खुल्ला प्रतिस्पर्धाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको प्रथम प्रहरी निरीक्षकको रूपमा नियुक्त भएका थिए।[२१] [१८] काठमाडौँमा ट्राफिक प्रहरी भई काम गरेपछि उनले वि.सं. २०१५ मा नेपालको प्रथम जननिर्वाचनमा 'बुथ अफिसर' भई काम गरेका थिए।

प्रहरी नायव उपरीक्षक (वि.सं. २०१६ - २०२०)

[सम्पादन गर्नुहोस्]

बराल प्रहरी सेवामा प्रवेश गरेको तीन वर्षमै प्रहरी नायव उपरीक्षक पदमा पढुवा भएका थिए। प्रहरी नायव उपरीक्षकमा बढुवा भएपछी उनको पहिलो जिल्ला पोस्टीङ लुम्बिनी अञ्चलको रुपन्देही जिल्ला (भैरहवा) रहेको थियो। भैरहवामा कार्यरत रहँदा १ पुस, २०१७ मा तत्कालीन राजा महेन्द्रले राज्य सत्ता आफ्नो हातमा लिएपछि गृह मन्त्रालयको निर्देशानुसार तत्कालीन प्रहरी उपरीक्षकलाई पक्राउ गर्ने आदेश आएको थियो।[१०] [२२] पछि बराल धनुषाको जलेश्वर स्थित प्रहरी नायव उपरीक्षक कार्यालयको प्रमुख भए।

प्रहरी उपरीक्षक (वि.सं. २०२०-२०२४)

[सम्पादन गर्नुहोस्]

तत्कालीन प्रहरी उपरीक्षक बराल नेपालगञ्ज प्रहरी कार्यालयको प्रमुख भई भेरी, सेती, महाकालीकर्णाली अञ्चलहरूको सुरक्षाको जिम्मेवारी वहन गरेका थिए। नेपाल पुलिस क्लबको आवश्यकता महसुस गरी बरालले तत्कालीन प्रहरी महानिरीक्षक पहल सिंह लामालाई त्यसको स्थापनार्थ आह्वान गरे; पुलिस क्लबको स्थापनार्थ बराल र स्वर्गीय हर्क बहादुर थापा प्रदर्शनी मार्ग स्थित जग्गा हेर्न गएका थिए। तद्अनुरूप वि.सं. २०२३ (जेठ २८) मा नेपाल पुलिस क्लब स्थापना भएको थियो।

खड्गजीत बराल वि.सं. २०२२ देखि वि.सं. २०२४ सम्म तत्कालीन सदर प्रहरी तालीम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) को समादेशक भई प्रहरी तालिमेहरूलाई समय सापेक्ष प्रशिक्षण प्रदान गरी दक्ष तथा व्यवासयिक प्रहरी जनशक्ति तयार गर्ने उद्देश्य अनुरूप तालीमको आधुनिकीकरण गरेको र शिवपुरी राष्ट्रिय निकुञ्जमा गुम्बा स्थापनार्थ योगदान पुर्‍याएका थिए।[२३]

प्रहरी नायव महानिरीक्षक (वि.सं. २०२४ - २०२९)

[सम्पादन गर्नुहोस्]

खड्गजीत बरालले २०२५ साल मङ्सिर १० देखि २०२७ साल जेठ २९ सम्म सुर्खेत (नेपालगञ्ज) स्थित पश्चिम क्षेत्र प्रहरी नायव महानिरीक्षक कार्यालयको प्रमुखको जिम्मेवारी वहन गरेका थिए। सो क्रममा उनले त्यहाँ वीरेन्द्र प्रहरी व्यायामशाला निर्माण गरेका थिए। [२४]

बरालले २०२७ जेष्ठ २८ - २०२९ आषाढ ३२ सम्म काठमाडौँको भृकुटीमण्डप स्थित मध्य क्षेत्र प्रहरी नायव महानिरीक्षक कार्यालयको प्रमुखको जिम्मेवारी पाएका थिए। [२५] [२६] बराल सो कार्यालयको प्रमुख छँदा वि.सं. २०२७ मा अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान र प्रदिप शमशेर ज.ब.रा. प्रहरी निरीक्षक नियुक्त भएका थिए। २०२७ सालमा सो उनी सो टोलीको आधारभूत तालिमको परीक्षा समितिका अध्यक्ष समेत थिए।[२७]

प्रहरी महानिरीक्षक (वि.सं. २०२९ साउन - २०३५ जेठ)

[सम्पादन गर्नुहोस्]

बराल लोक सेवा आयोग (नेपाल) को खुल्ला प्रतिस्पर्धाबाट नेपाल प्रहरीमा प्रवेश गरी क्रमश बढुवा हुँदै नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकमा नियुक्त हुने सर्वप्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत थिए। [२८]४४ वर्षको कनिष्ठ उमेरमा प्रहरी महानिरीक्षक हुने उनी सर्वप्रथम व्यक्ति थिए। [१८] [२९] उनी भन्दा अघिका सबै प्रहरी प्रमुख मुक्ति सेनाबाट प्रहरीमा समायोजन भएर वा सेनाबाट सरूवा भई प्रहरीमा प्रवेश गरेका थिए भने उनी चाहिँ प्रहरी ऐन २०१२ बनेपछि विधिवत रूपमा प्रहरीमा भर्ना भई प्रहरी महानिरीक्षकमा नियुक्त हुने प्रथम व्यक्ति थिए। आफ्ना पूर्ववर्ती स्वर्गीय आईजीपी रोमबहादुर थापाका साथै बराल ६ वर्षका लागि प्रहरी प्रमुख भई सबैभन्दा बढी समयको लागि प्रहरी प्रमुखको जिम्मेवारी वहन गरेका थिए। [३०] [३१] [१८]

नेपाल प्रहरीमा गाँस, बास र कपासको व्यवस्था

[सम्पादन गर्नुहोस्]

तत्कालीन दरबार र शाही नेपाली सेनाका केही उच्च पदस्थ अधिकारीहरूले बरालका सुधारमुखी कदमलाई सकारात्मक रूपमा नलिएको अवस्थामा दरबार र तत्कालीन सरकारसँग अनवरत सङ्घर्षरत रहेर २०३० भाद्र १५ गते बरालले प्रहरीमा रासनको व्यवस्था गर्न सफल भएका थिए। [१८] [३२] [३३] [३४] [३५] [१९] [११] [१२] बरालको कार्यकाल अघिसम्म नेपाल प्रहरीका अधिकांश भवन पाटीपौवा तथा जीर्ण भवनबाट सञ्चालित थिए । प्रहरी महानिरीक्षक बरालकै अग्रसरतामा जनता प्रहरी मैत्री बनून् र प्रहरी भवनहरूलाई न्यायको मन्दिरका रूपमा हरेर प्रहरीको पनि जनताको सेवा गर्ने (जनमैत्री) मनोबल बडोस् भनी वि.सं. २०३१ मा इन्जिनियरिङ शाखा स्थापना [१८] [३६] [१९] [११] [१२] गरी पगोडा शैलीका प्रहरी भवनहरूको निर्माण थालनी गरिएको थियो। [१९] [११] [१२] [३६] अपर्याप्त बजेट रहेको तत्कालीन अवस्थामा जनताको चन्दाको भरमा अधिकांश थाना, चौकी र ब्यारेक लगायतका प्रहरी भवनहरू निर्माण गरिएका थिए। [१८] [३७] [३५] [११] [१२] तसर्थ जनताको नासोको प्रतीकका रूपमा अधिकांश प्रहरी भवनहरू खडा भएका थिए। [३८] पुर्वमा मेची देखि पश्चिममा महाकालीसम्म प्रहरी थाना र चौकी निर्माण गरी बराल आफैले उद्घाटन गरेका थिए। [३९]

प्रहरीले आफ्नै तलबबाट वा ऋण लिएर पोशाक किन्न, वा अरूबाट अधारोमा पोशाक लगाउन नपरून् भनेर आइजीपी बरालले २०३३ सालमा नि:शुल्क पोशाकको व्यवस्था गरेका थिए। <[१८] [३५] [१९] [११] [१२][४०] तसर्थ प्रहरीको मनोबल बढाउनका निम्ति तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले नेपाल प्रहरी सङ्गठनमामा रासन, बास र पोशाकको व्यवस्था गरेका थिए।[४१] [१९]

वि.सं. २०३० माघ २४ देखि फागुन ४ गतेसम्म [४२] प्रहरी प्रमुखको हैसियतले भारत भ्रमण गर्ने क्रममा तत्कालीन भारतीय सरकारबाट नेपाल प्रहरीको लागि २५-शैय्याको अस्पताल बनाइदिन तत्कालीन प्रहरी महानिरिक्षक बरालकै पहलमा स्वीकृति पाइएको थियो, [११] र पछि नेपाल प्रहरी अस्पतालको भवन निर्माणका लागि महाराजगञ्ज स्थित प्रचण्ड भवनको जग्गा समेत खरिद गरिएको थियो। [४३]

नेपाल पुलिस माउन्टेनियरीङ्ग एन्ड एड्भेन्चर फाउन्डेसन (हिमाली शाखा)

[सम्पादन गर्नुहोस्]

नेपालीहरू विदेशी पर्वतारोहीहरूको भरियामा मात्र सीमित नभई आफैँ पनि आरोहणमा संलग्न भै सफल होउन् भनी तत्कालीन प्रहरी महानिरीक्षक बरालकै अग्रसरतामा बरालले वि.सं. २०३० सालतिर नेपाल पुलिस माउन्टेनियरीङ्ग एन्ड एड्भेन्चर फाउन्डेसन अर्थात् हिमाली शाखाको परिकल्पना गरी २०३३ सालमा नेपाल प्रहरीमा सो शाखा स्थापना गरिएको थियो। [४४] [३५] [१८] [४५] [११] [१२] बरालको कार्यकालमा २०३३ सालमा सो शाखाबाट मुस्ताङ स्थित ६,९२० मिटर उचाइको टुकुचे हिमाल आरोहण गराउने उद्देश्यले दार्जिलिङ स्थित भारतीय हिमालयन पर्वतारोहण संस्थानमा स्वर्गीय तेन्जिङ्ग नोर्गेको सहयोगस्वरूप नेपाल प्रहरीका ८ कर्मचारीलाई केही महिनाको लागि प्रशिक्षण दिइएको थियो। विश्वकै इतिहासमा नेपालीको मात्र सहभागिता रहेको आरोहण-दलबाट भएको त्यो सर्वप्रथम सफल पर्वतारोहण कार्य थियो। २०३५ सालमा जापानी टोलीसँगको सहकार्यमा ७,१०२ मिटरको उचाइको पाबिल हिमालको आरोहण गर्ने नेपाल प्रहरीको योजनाको विकासले पनि बरालकै कार्यकालमा पूर्णता पाएको थियो। यसभन्दा अगाडिसम्म कसैबाट पनि पाबिल हिमालको आरोहण भएको थिएन।[४४] [१८] [११]

वि.सं. २०३१ मा नेपाल प्रहरीनेपाली सेनाको संयोजकत्वमा तिब्बती खाम्पा निशस्त्रीकरण अभियानबाट नेपाली भूमिलाई सशस्त्र खम्पाबाट मुक्त गरी नेपालको सार्वभौमिकता पुनर्स्थापना गर्न सफल भएको थियो।

बरालले तत्कालीन पश्चिम जर्मनी सरकारलाई लागूऔषध नियन्त्रण ऐनको विधेयकको मस्यौदा तयार पार्न नेपालमा कानुन विशेषज्ञ पठाउन अनुरोध गरेका थिए। तद्अनुरूप बरालकै अग्रसरतामा लागूऔषध नियन्त्रण ऐन, २०३३ तयार गरिएको थियो। [१२]

वि.सं. २०३४ सालमा तत्कालीन प्रहरी महानिरीक्षक बरालको कार्यकालमा नेपाल प्रहरीको क्रमिक इतिहास प्रदर्शन गर्नका निम्ति प्रहरीद्वारा प्रयोग हुने पुराना तथा तत्कालीन हातहतियार तथा पोशाक सङ्कलन गरी प्रहरी प्रधान कार्यालयमा प्रहरी सङ्ग्रहालय स्थापना भएको थियो। तत्कालीन सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) मा मात्र सिमित प्रहरी तालिमलाई अरू विकास क्षेत्रहरूमा पनि सञ्चालन गर्ने उद्देश्यले तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले वि.सं. २०३३ (चैत्र २५) मा ५० गुरूवा (प्रशिक्षक) र ५० जवान तालिमेहरू सहित पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवलको स्थापना गरेका थिए [४६]

बरालले प्रहरी सुधार योजना नेपालको तत्कालीन सरकारबाट स्वीकृत गराई त्यसलाई कार्यान्वयन गरेर प्रहरी प्रधान कार्यालय लगायतका अन्य प्रहरी ईकाइहरूमा नियन्त्रण सुपरीपेक्षण प्रबन्ध आदिको प्रशासनिक व्यवस्था, प्रहरीको काम, कर्तव्य आदि विविध पक्षमा सुधारात्मक कार्यहरू गरेका थिए। [४७]

सीमा प्रहरी चौकीको स्थापना

[सम्पादन गर्नुहोस्]

बरालले सिमा सुरक्षाका लागि 'सिमा सुरक्षा प्रहरी' गठन गरी नेपाल-भारत सिमा भरी सिमा प्रहरी चौकी स्थापना गरेका थिए। २०२९ सालमा प्रहरी प्रमुखमा नियुक्त भएपछि ‘सीमा सुरक्षा प्रहरी चौकी’ को योजना बनाइएको थियो। यस योजना अन्तर्गत उनले २०३५ सालको प्रारम्भमा प्रहरीबाट अवकाश पाउनु अघिसम्म नेपाल-चीन सीमामा ताप्लेजुङस्थित ओलाङचुङगोला, सङ्खुवासभाको किमाथाङ्का, सोलुखुम्बुको थ्याङबोचे, गोरखास्थित छेकम्पार, मनाङस्थित हुम्दे, मुस्ताङको लोमान्थाङ, हुम्लाका मुचू र यारी, डोल्पाको तिन्जे र मुगुमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए।

त्यस्तै, नेपाल-भारत सीमामा दार्चुलाको दत्तु, डोटीको साँगडी, महोत्तरीको कट्टीकटैया, सर्लाहीको संग्रामपुर, कपिलवस्तुको कृष्णनगर, झापाको काँकडभिट्टा, इलामका पशुपतिनगर र मानेभञ्ज्याङ (दार्जिलिङ नजिक), भैरहवाको बेलहिया र दुवै नेपाल-भारत र नेपाल-चीन सीमा हेर्ने दार्चुलाको तिङकर सहित २० ठाउँमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए।

वि.सं. २०३३ सालमा काङ्ग्रेसी नेताहरू विश्वेश्वरप्रसाद कोइरालागणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिई नेपाल आएपछि तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) लगेर राखेका थिए।[४८]

तत्कालीन महानिरीक्षक बरालले वि.सं. २०३१ सालमा स्वर्गीय राजा वीरेन्द्रको राज्याभिषेक समारोहको सुरक्षा व्यवस्थाको जिम्मेवारी पाएका थिए। [४९] [५०] [५१] [५२]

तत्कालीन महानिरीक्षक खड्गजित बरालकै कार्यकालमा वि. स. २०३३ सालमा सहवीर थापा र वासुदेव ओलीलाई प्रहरी निरीक्षमा नियुक्त भए, जो पछि सशस्त्र प्रहरी बल नेपालका प्रमुख भएका थिए। बरालले प्रहरी प्रमुखका हैसियतले मिश्र, फ्रान्स, ब्राजिल, अर्जेन्टिना लगायत देशहरूमा इन्टरपोल सम्मेलनमा भाग लिएका थिए। करिब २२ वर्ष नेपाल प्रहरीमा सेवा गरेर बरालले नेपाल प्रहरीलाई एउटा आधुनिक प्रहरी सङ्गठनको रूपमा विकसित गराउन योगदान पुर्याएका थिए। उनले वि.सं. २०३५ जेठ मा प्रहरी सेवाबाट अवकाश पाएपछी तत्कालीन प्रहरी नायव महानिरीक्षक दुर्लभ कुमार थापालाई नेपालको तत्कालीन सरकारबाट प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको थियो। [५३]

कूटनीति सेवा

[सम्पादन गर्नुहोस्]

बरालले प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि वि.सं २०३६ मा नेपालको तत्कालीन सरकारले उनलाई बर्मा, इन्डोनेसिया, लाओस, कोम्बोडिया, भियतनामका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए। वि.सं. २०३७ मा तत्कालीन नेपाली राजदूत खड्गजीत बरालले बर्मामा तत्कालीन राजा वीरेन्द्रको राष्ट्र प्रमुखको हैसियतले प्रथम औपचारिक भ्रमणको व्यवस्था गरेका थिए। नेपालद्वारा बर्मालाई उपहारको रूपमा दिइएको गौतम बुद्धको मूर्ति स्ह्वेडागन् पगोडा मै राखिएको थियो। राजदूत बरालको कार्यकालमा निर्मित महाविजया जेदी पगोडाले स्ह्वेडागन् पगोडा पछि बर्माको सबैभन्दा चर्चित पगोडाको स्थान ओगटेको छ।[१८] बर्मामा वर्षौँदेखि अधिकारविहीन शरणार्थीसरह बसिरहेका ४०,००० नेपालीहरूलाई बर्मेली नागरिकता प्रदान गर्न तत्कालीन नेपाली राजदूत बरालले तत्कालीन बर्मेली सरकारलाई आह्वान गरेका थिए र फलस्वरूप नागरिकता दिलाउन सफल भएका थिए।[१८] तत्कालीन राजदूत बराल बर्माका तत्कालीन प्रमुख पुरोहित महाशीको लुम्बिनी भ्रमण गराउन सफल भए जसबाट बर्मा र नेपाल बिच धेरै संस्कृति र रीतिरिवाज आदानप्रदान भएको थियो।

वि.सं. २०४२ मा खड्गजीत बरालले राजदूतबाट अवकाश प्राप्त गरेपछि नेपालको तत्कालीन सरकारबाट स्वर्गीय डा. दिव्य देव भट्टलाई बर्मा र फ्रेन्च इन्डो-चाइना (लाओस, कोम्बोडियाभियतनाम)का लागि नेपाली राजदूतमा नियुक्त गरियो भने रामचन्द्र बहादुर सिंहलाई इन्डोनेसियाका लागि नेपाली राजदूतमा नियुक्त गरिएको थियो।

बर्माका लागि नेपाली राजदूतबाट निवृत्त भएपछि बराल राष्ट्रिय पञ्चायतका सदस्यमा मनोनित भएका थिए।[५४]

खेलकुदमा योगदान

[सम्पादन गर्नुहोस्]

तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बराल ८ वर्षसम्म नेपाल हकी सङ्घको अध्यक्ष रहेका थिए। [१८] बरालले नेपाल हकी सङ्घको अध्यक्ष हुनु अगावै पाकिस्तानबाट दुई जना हकी प्रशिक्षकहरूलाई नेपाल निम्त्याई नेपालमा हकी खेलको सर्वाधिक विकास गरेका थिए। [१८] बरालले टुँडीखेल र तत्कालीन सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज) मा कयौँ हकी प्रतियोगिताहरू आयोजना गरि आफू स्वयम् पनि सहभागी भई हकीलाई नेपालमा एउटा राष्ट्रव्यापी खेलको रूपमा परिचित गराएका थिए। बराल सन् १९९० को दशकमा नेपाल जुडो सङ्घको करिब ६ वर्ष अध्यक्ष रही काम गरेका थिए।

बरालले नेपाल जुडो सङ्घको अध्यक्ष हुनु अगावै सन् १९६९ मा जापानबाट जुडो प्रशिक्षक र खेलाडीलाई एक वर्षको लागि नेपाल निम्त्याई नेपालमा जुडो खेलको सुरूवात गरेका थिए। [१८] सन् १९९५ अगस्ट १देखि ५ मा उनले नयाँ दिल्ली स्थित 'दोस्रो राजीव गान्धी अनतरराष्ट्रिय जुडो प्रतियोगिता' मा नेपाली जुडो टोलीका लगि नेपाल जुडो सङ्घको अध्यक्षको रूपमा प्रतिनिधित्व गरेका थिए। उनले सन् १९८९ मा रोयल नेपाल गल्फ क्लबलाई एउटा सामाजिक संस्थाको रूपमा बाग्मती अञ्चलाधीश कार्यालयमा दर्ता गराई त्यसलाई विधिवत रूप दिन सफल भएका थिए। उनले रोयल नेपाल गल्फ कोर्सको जग्गालाई २० वर्षको लिज दिलाए, जुन पहिले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पर्दथ्यो। बरालले रोयल नेपाल गल्फ क्लबको उपाध्यक्ष (वि.सं. २०४४ - २०४५) र नेपाल ब्याडमिन्टन सङ्घको उपाध्यक्ष [५५] समेत भई नेपालमा खेलकुदको विकासका लागि जति सक्दो योगदान पुर्‍याएका थिए।

अवकाशप्राप्त जीवन

[सम्पादन गर्नुहोस्]

बराल पशुपति क्षेत्र विकास कोषको सदस्य (वि.सं. २०४३) समेत रहेका थिए। बरालले रोटरी क्लब अफ पशुपति-काठमाडौँको सदस्यको हैसियतले ट्राफिक प्रहरीलाई वार्षिक मास्क वितरण कार्यक्रम आयोजना गराएका थिए। [५६] बरालले वि.सं. २०५५ अषाढ ११ मा नवलपरासीको देवचुलीस्थित चुली बोझामा प्रथम विद्यालय स्थापना गर्न सफल भएका थिए। वि.स. २०६६ मा प्रहरी दिवसको अवसरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा खड्गजीत बराललाई वर्ष प्राप्त पुरस्कार प्रदान गरिएको थियो।

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० "नेपालका पूर्व प्रधानमन्त्रीहरु", प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२० 
  2. २.० २.१ "History" [नेपाल प्रहरीको इतिहास], नेपाल प्रहरी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-२०  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२४ मिति
  3. नेपाल राजपत्र - भाग ४, खण्ड २६ (प्रथम संस्करण), २०३३, अन्तिम पहुँच कात्तिक १८ २०७४ 
  4. नेपाल राजपत्र - भाग ४, खण्ड ३५ (प्रथम संस्करण), पुष २६, २०४२, अन्तिम पहुँच कात्तिक १८, २०७४ 
  5. नेपाल राजपत्र - भाग ४, खण्ड ३७ (प्रथम संस्करण), २०४४, अन्तिम पहुँच कात्तिक १९ २०७४ 
  6. "४४ वर्षमै आइजीपी बनेर प्रहरीमा धेरै इतिहास रचेका खड्गजीत बराल रहेनन्", रिपोर्टर्स नेपाल (नेपालीमा), २०२१-०५-१९, अन्तिम पहुँच २०२१-०५-२२ 
  7. "प्रहरी इतिहास"  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-१४ मिति
  8. नेपाल राजपत्र - भाग ४ (प्रथम संस्करण), माघ २३, २०३६, अन्तिम पहुँच कात्तिक १८, २०७४ 
  9. नेपाल राजपत्र भाग ४ खण्ड ३१ (प्रथम संस्करण), २०३८, अन्तिम पहुँच कात्तिक १८ २०७४ 
  10. १०.० १०.१ १०.२ १०.३ "मुक्ति सेनाबाट आइजिपी हुँदै राजदूतसम्म"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-१४ मिति
  11. ११.० ११.१ ११.२ ११.३ ११.४ ११.५ ११.६ ११.७ ११.८ रवि राज थापा क्षेत्री, अवकाशप्राप्त एआईजी (सशस्त्र प्रहरी बल नेपाल) (वि.सं. २०७८ असार १८), "सम्झनामा आइजिपी खड्गजीत बरालको लुकेको इतिहास", www.setopati.com (नेपालीमा), सेतोपाटी डटकम, अन्तिम पहुँच २०२५-०५-११ 
  12. १२.० १२.१ १२.२ १२.३ १२.४ १२.५ १२.६ १२.७ इन्द्रप्रसाद न्यौपाने, अवकाशप्राप्त एसएसपी (वि.सं. २०८१ असोज ३०), "अन्तर्राष्ट्रिय स्तरको पुलिस फोर्स बनाउन खड्गजित बरालले गाडेका ती कोशेढुंगाहरू", www.nepalkhabar.com (नेपालीमा), नेपालखबर डटकम, अन्तिम पहुँच २०२५-०५-११ 
  13. "नेता पैसा खाने, प्रहरीका हाकिम अख्तियार धाउने ?"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-२९ मिति
  14. "Police Day 2073 बृत्तचित्र “नेपाल प्रहरी हिजो र आज ”" 
  15. "अपराध फस्टाएपछि प्रहरीको छवि धुजाधुजा", नेपाल मिडिया (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२० [स्थायी मृत कडी]
  16. बराल, खड्गजीत (वि.सं. २०७६), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजाल, सम्पादक, नेपालको कूटनीतिक अभ्यास राजदूतहरूको अनुभव, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, पृ: ९४–९५, आइएसबिएन 978-9937-9274-13 
  17. १७.० १७.१ १७.२ १७.३ बसनेत, पोस्ट बहादुर; जैसी, भानुभक्त, "‘म ज्युँदै छु भन्दा मान्छे अचम्ममा पर्छन्’", www.setopati.com (नेपालीमा), सेतोपाटी डटकम, अन्तिम पहुँच २०२०-०८-२०  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२८ मिति
  18. १८.०० १८.०१ १८.०२ १८.०३ १८.०४ १८.०५ १८.०६ १८.०७ १८.०८ १८.०९ १८.१० १८.११ १८.१२ १८.१३ १८.१४ १८.१५ १८.१६ १८.१७ गोविन्द कर्म थापा, राष्ट्रिय अनुसन्धान विभाग र विशेष प्रहरीका अवकाशप्राप्त प्रमुख (वि.सं. २०७८ जेठ १५), "A Titan among Titans: Remembering IGP Khadgajeet Baral", www.thehimalayantimes.com (अङ्ग्रेजीमा), The Himalayan Times, पृ: ५, अन्तिम पहुँच २०२५-०५-११ 
  19. १९.० १९.१ १९.२ १९.३ १९.४ १९.५ रूपाल शमशेर जबरा, अवकाशप्राप्त डीआईजी (वि.सं. २०८१ बैशाख ५), "नेपाल प्रहरीका पिता’ अर्थात् आईजीपी खड्गजित बराल", https://nepalkhabar.com (नेपालीमा), नेपालखबर डटकम, अन्तिम पहुँच २०२५-०४-२२ 
  20. २०.० २०.१ बराल, खड्गजीत, "(स्मरण) त्यो नखोतलिएको दु:खदायी घटना", https://nepalmag.com.np/ (नेपालीमा), नेपाल।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-११ मिति
  21. बराल, खड्गजीत, "(स्मरण) पढेलेखेको मान्छे प्रहरीमा ?", https://nepalmag.com.np/ (नेपालीमा), नेपाल।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-१० मिति
  22. बराल, खड्गजीत, "(स्मरण) डिएसपी हुँदा एसपी पक्राउ गर्नुपर्दा", https://nepalmag.com.np/ (नेपालीमा), नेपाल।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-०८ मिति
  23. पुरी, आनन्द (२०७४), ९ आइजिपीसँगका अनुभूति (प्रथम संस्करण)। 
  24. "Karnali State Police Office Surkhet..History...Office In-charge to this office till date:प्रहरी नायव महानिरीक्षक ज्यूको नामावली"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३१ मिति
  25. "Bagmati State Police Office Hetauda..कार्यालय प्रमुखहरु...मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौँडा"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२१ मिति
  26. "सामान्य परिचय..."  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२१ मिति
  27. अच्युतकृष्ण खरेल आत्मकथा (प्रथम संस्करण), २०७५, पृ: ७६। 
  28. "सुरक्षा अंगमा नियुक्तिको लागि सार्कस्तरीय ढाँचा अवलम्बन गर्न आवश्यक ..."  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
  29. Paudel, Bishnu (१९७२-०७-३१), "The Home Ministry has decided to appoint 43 year old DIGP Khadgajeet Baral as the Inspector General of Nepal Police...", Gorkhapatra, पृ: 05–06। 
  30. "Police History"  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-१४ मिति
  31. "गोर्खाली सैनिक र बीपी...मुक्ति सैनिकमध्ये जीबी याक्थुम्वा पछि बडाहाकिम र राजदूत भए।" [स्थायी मृत कडी]
  32. Nepal Police Mirror 2015 (प्रथम संस्करण), २०७२, अन्तिम पहुँच कात्तिक १७ २०७४ 
  33. "अपराध फस्टाएपछि प्रहरीको छवि धुजाधुजा" [स्थायी मृत कडी]
  34. आनन्द पुरी, अवकाशप्राप्त डीएसपी (वि.सं. २०७४), ९ आइजिपीसँगका अनुभूति (प्रथम संस्करण), बिएन पुस्तक संसार प्रा.लि, पृ: ४७-४८, आइएसबिएन 9789937858595 
  35. ३५.० ३५.१ ३५.२ ३५.३ अशोक सिंह ठकुरी, अवकाशप्राप्त डीआईजी (वि.सं. २०८० जेठ ५), "मैले देखेको आइजिपी खड्गजीत बराल", www.setopati.com (नेपालीमा), सेतोपाटी डटकम, अन्तिम पहुँच २०२५-०५-११ 
  36. ३६.० ३६.१ आनन्द पुरी, अवकाशप्राप्त डीएसपी (वि.सं. २०७४), ९ आइजिपीसँगका अनुभूति (प्रथम संस्करण), बिएन पुस्तक संसार प्रा.लि, पृ: ३५, आइएसबिएन 9789937858595 
  37. आनन्द पुरी, अवकाशप्राप्त डीएसपी (वि.सं. २०७४), ९ आइजिपीसँगका अनुभूति (प्रथम संस्करण), बिएन पुस्तक संसार प्रा.लि, पृ: ३६, आइएसबिएन 9789937858595 
  38. आनन्द पुरी, अवकाशप्राप्त डीएसपी (वि.सं. २०७४), ९ आइजिपीसँगका अनुभूति (प्रथम संस्करण), बिएन पुस्तक संसार प्रा.लि, पृ: ३६-३७, आइएसबिएन 9789937858595 
  39. Nepal Police Mirror 2014 (प्रथम संस्करण), २०७१, अन्तिम पहुँच कात्तिक १७ २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२४ मिति
  40. "नेता पैसा खाने, प्रहरीका हाकिम अख्तियार धाउने ?"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-२९ मिति
  41. "Police Day 2073 बृत्तचित्र “नेपाल प्रहरी हिजो र आज ”" 
  42. सोमकान्त शर्मा, अवकाशप्राप्त डीआईजी (वि.सं. २०३१ बैशाख), "उल्लेखनीय समाचार चर्चा, औपचारिक भ्रमण", प्रहरी (नेपालीमा) (नक्साल, काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालय): ४१। 
  43. विद्याप्रसाद घिमिरे, अवकाशप्राप्त ईन्स्पेक्टर (वि.सं. २०७५ भाद्र मसान्त), नेपाल प्रहरी अस्पताल विगतदेखि वर्तमानसम्म... (प्रथम संस्करण), नेपाल प्रहरी अस्पताल, पृ: ३९–४६। 
  44. ४४.० ४४.१ डा. प्रमलाल श्रेष्ठ, अवकाशप्राप्त डीआईजी; कमल भण्डारी, अवकाशप्राप्त डीएसपी (वि.सं. २०८० असोज १६), "नेपाली पर्वतारोही विदेशीका भरिया मात्र हुन् भन्ने सोच कसरी तोडियो ?", www.ratopati.com (नेपालीमा), रातोपाटी डटकम, अन्तिम पहुँच २०२५-०५-११ 
  45. आनन्द पुरी, अवकाशप्राप्त डीएसपी (वि.सं. २०७४), ९ आइजिपीसँगका अनुभूति (प्रथम संस्करण), बिएन पुस्तक संसार प्रा.लि, पृ: ८६, आइएसबिएन 9789937858595 
  46. "West Regional Police Training Center, Butwal HISTORICAL BACKGROUND"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०२ मिति
  47. [Nepal Police Mirror 2015 (प्रथम संस्करण), २०७२, अन्तिम पहुँच कात्तिक १७ २०७४ 
  48. "जाँच्ने डाक्टर भेटिएन" 
  49. "NEPAL CORONATION OF THE KING (60/92)" 
  50. "NEPAL CORONATION OF THE KING (61/92)" 
  51. "NEPAL CORONATION OF THE KING (63/92)" 
  52. "My career as police officer II" [स्थायी मृत कडी]
  53. "MY CAREER AS POLICE OFFICER" [स्थायी मृत कडी]
  54. "अवकाशपछि पनि सक्रिय...फेरिएको भूमिका" 
  55. "Tamang siblings steal the show..." 
  56. "District Advisory Committee...Khadga Jeet Baral" 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
खड्गजीत बराल
जन्मः वि.सं. १९८५, वैशाख ५
पूर्वाधिकारी
स्वर्गीय रोम बहादुर थापा
(वि.सं. २०२३ असार – वि.सं. २०२९ असार)
नेपाल प्रहरी महानिरीक्षक
वि.सं. २०२९ साउन – वि.सं. २०३५ जेठ
उतराधिकारी
दुर्लभ कुमार थापा
(वि.सं. २०३५ साउन - वि.सं. २०३९ जेठ)
पूर्वाधिकारी
स्वर्गीय शार्दुल शमशेर ज॰ब॰रा॰
(वि.सं. २०३३ - वि.सं. २०३६)
बर्माका लागि नेपाली राजदूत
वि.सं. २०३६ – वि.सं. २०४२
उतराधिकारी
स्वर्गीय डा. दिव्य देव भट्ट