दिलबहादुर लामा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दिलबहादुर लामा
गोरखा दक्षिण बाहु; त्रिशक्ति पट्ट
Nep pol.jpg ११ औं नेपाल प्रहरी महानिरीक्षक
कार्यकाल
असार १, वि.सं. २०३९ – जेठ ३१, वि.सं. २०४३
शासकस्वर्गीय राजा वीरेन्द्र
प्रधानमन्त्रीसूर्यबहादुर थापा
अग्रजदुर्लभ कुमार थापा
उतराधिकारीहेम बहादुर सिंह
नेपाल पूर्व प्रहरी सङ्गठन
कार्यकाल
वि.सं. २०४८ – वि.सं. २०७०, चैत १२
शासकस्वर्गीय राजा वीरेन्द्र
प्रधानमन्त्रीस्वर्गीय गिरिजा प्रसाद कोईराल
(वि.सं.२०४८ – २०५१)
अग्रजआफै
उतराधिकारीपूर्व प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवर
Emblem of Nepal.svg सामान्य प्रशासन सहायक मन्त्री
कार्यकाल
सन् २००१ – अज्ञात
शासकस्वर्गीय राजा वीरेन्द्र
प्रधानमन्त्रीशेर बहादुर देउवा
व्यक्तिगत विवरण
जन्मवि.सं. १९८७
गेर्खु गा.वि.स.
नुवाकोट जिल्ला
मृत्युवि.सं. २०७०, चैत १२
नागरिकतानेपाली
राष्ट्रियता नेपाल
राजनीतिक पार्टीNepali Congress Edited.svg नेपाली कांग्रेस
सन्तान(हरू)
पेशाप्रहरी अधिकृत
राजनीतिज्ञ
विभूषणOrd.TriShaktiPatta.png त्रिशक्ति पट्ट-प्रथम
{{{blank2}}}Order of Gorkha Dakshina Bahu.svg गोरखा दक्षिण बाहु-प्रथम
{{{blank3}}}विशेष सेवा पदक
{{{blank4}}}प्रहरी रत्न

भूतपूर्व नेपाल प्रहरी सङ्गठनका संस्थापक अध्यक्षसमेत रहेका लामाले ०११ सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका थिए । ००७ सालमा स्थापना भएको प्रहरीमा ११ औं सङ्गठन प्रमुखको रूपमा ०३९ असारदेखि ०४३ जेठसम्म महानिरीक्षक बनेका लामाले आफ्नो कार्यकालमा सङ्गठनलाई आधुनिकीकरण र साधनस्रोत सम्पन्न बनाउन अग्रसरता देखाएका थिए ।

उनकै कार्यकालमा ०४३ सालमा नेपाल प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन थालिएको हो । त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइदैँन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो ।

त्यसले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । लामाकै कार्यकालमा ०४० सालमा प्रहरी अस्पताल (महाराजगञ्ज) र प्रहरी विद्यालय (साँगा) स्थापना गरिएको थियो । प्रहरी परिवार महिला संघ पनि उनकै कार्यकालमा स्थापना गरिएको थियो । सुगममा कार्यरत जनशक्तिलाई दुर्गम र दुर्गममा कार्यरतलाई सुगममा सरुवा गर्न विशेषगरी लामाकै कार्यकालमा थालिएको थियो । सङ्गठनमा कार्यरत जनशक्तिले सुगम र दुर्गम दुवै क्षेत्रको अनुभव बटुल्नुपर्ने धारणा उनमा थियो ।

देशभर प्रहरी चौकीको स्वरुप एकै किसिमको बनाउन लामाले नै अग्रसरता देखाएका थिए । अहिले पनि देशभरका प्रहरी चौकीको पूर्वाधार÷भवन संरचनाको अवस्था एकै किसिमको पाइन्छ । पूर्वएआईजी कल्याण तिमल्सिना भन्छन्,

“प्रहरीको आधुनिकीकरण र फौजी अनुशासन कायम गर्न स्वर्गीय लामाको योगदान अतुलनीय छ ।” लामाकै कार्यकालमा प्रहरी सेवा प्रवेश गरेकी पूर्वडीआईजी पार्वती थापा मगर भन्छिन्, “उहाँले खुला प्रतिस्पर्धाबाट महिलालाई प्रहरी सेवामा प्रवेश गराएकै कारण हामीले डीआईजी हुने अवसर पायौं, हामीबाहेक बहालवाला थुप्रै महिला प्रहरी अधिकृत सङ्गठनमा दक्षता, क्षमता प्रदर्शन गरेर नेतृत्व लिनसक्ने स्थितिमा छन् ।”

बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारीहरू ६३ वर्ष लामो प्रहरीको इतिहासमा आईजीपी खड्गजीत बरालपछि सङ्गठनलाई सफल र सक्षम नेतृत्व प्रदान गर्नेमा उनै लामालाई लिइन्छ ।

विवाद[सम्पादन गर्ने]

प्रहरी सङ्गठनको आधुनिकीकरण र सक्षम नेतृत्व प्रदानमा स्वर्गीय लामाको योगदान जति छ, त्यति नै उनी विवादित पनि रहे । ०३६ सालमा धनकुटाको छिन्ताङमा प्रहरी दमन गरी १५ जनाको हत्या प्रकरणमा लामा विवादमा तानिएका थिए । उनी साधारण लेखपढमात्रै भएका प्रहरी अधिकारी भए पनि पञ्चायती प्रधानमन्त्री तुल्सी गिरी र तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको सिफारिसमा आईजीपी बन्न सफल भएका थिए । ०४३ साल जेठमा सेवाबाट अवकाश पाएका लामा त्यसको केही महिनापछि नै सुन तस्करीको अभियोगमा पक्राउ परे । राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर गुरुङ २२ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यस घटनाका मुख्य योजनाकार लामा भएको आरोप लाग्दै आएको छ ।

उनीसँगै तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका अंगरक्षक (प्रमुख सेनानी) भरत गुरुङ पनि लामासँगै समातिए । सोही अभियोगमा लामा र गुरुङ करिब ५ वर्ष जेल बसे । पछि अदालतले प्रमाण नपुगेपछि सफाइ दिएको थियो । आफूमाथि दरबारले प्रतिशोध लिन सुन तस्करीको अभियोगमा फसाएको स्पष्टोक्ति दिँदै ०४६ सालको जनआन्दोलनपछि उनी कांग्रेसमा प्रवेश गरेका थिए । त्यसपछि निरन्तर पार्टीमा सक्रिय उनी ०५६ सालमा रसुवाबाट प्रतिनिधिसभा सदस्य (सांसद्) निर्वाचित भएका थिए । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका सामान्य प्रशासन सहायकमन्त्रीसमेत बन्न उनी सफल भए । स्वर्गीय लामा नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुन् ।

[१] [२]

स्रोतहरू[सम्पादन गर्ने]