दिलबहादुर लामा
दिलबहादुर (डीबी) लामा | |
---|---|
११ औँ नेपाल प्रहरी महानिरीक्षक | |
कार्यकाल असार १, वि.सं. २०३९ – जेठ ३१, वि.सं. २०४३ | |
एकाधिपति | स्वर्गीय राजा वीरेन्द्र |
प्रधानमन्त्री | सूर्यबहादुर थापा |
पूर्वाधिकारी | दुर्लभ कुमार थापा |
उतराधिकारी | हेम बहादुर सिंह |
नेपाल पूर्व प्रहरी सङ्गठन | |
कार्यकाल वि.सं. २०४८ – वि.सं. २०७०, चैत १२ | |
एकाधिपति | स्वर्गीय राजा वीरेन्द्र |
प्रधानमन्त्री | स्वर्गीय गिरिजा प्रसाद कोईराल (वि.सं.२०४८ – २०५१) |
पूर्वाधिकारी | अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) सोमकान्त शर्मा |
उतराधिकारी | पूर्व प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवर |
सामान्य प्रशासन सहायक मन्त्री | |
कार्यकाल सन् २००१ – अज्ञात | |
एकाधिपति | स्वर्गीय राजा वीरेन्द्र |
प्रधानमन्त्री | शेर बहादुर देउवा |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १९८७ गेर्खु गा.वि.स. नुवाकोट जिल्ला |
मृत्यु | वि.सं. २०७०, चैत १२ |
नागरिकता | नेपाली |
राष्ट्रियता | नेपाल |
राजनीतिक दल | नेपाली कांग्रेस |
सन्तान(हरू) | ५ |
पेशा | प्रहरी अधिकृत राजनीतिज्ञ |
विभूषण | त्रिशक्ति पट्ट-प्रथम |
{{{blank2}}} | गोरखा दक्षिण बाहु-प्रथम |
{{{blank3}}} | विशेष सेवा पदक |
{{{blank4}}} | प्रहरी रत्न |
स्वर्गीय दिलबहादुर (डीबी) लामा नेपाल प्रहरीको ११ औँ प्रमुख (प्रहरी महानिरीक्षक) को रूपमा २०३९ असारदेखि २०४३ जेठसम्म कार्यरत रहे । पछि उनी भूतपूर्व प्रहरी सङ्गठनका चौथो अध्यक्ष भए ।
उनकै कार्यकालमा २०४३ सालमा नेपाल प्रहरीमा महिला जनशक्तिका लागि खुला प्रतिस्पर्धाबाट भर्ना लिन थालिएको हो । त्यसअघिसम्म प्रहरीमा महिलालाई खुला प्रतिस्पर्धाबाट भर्ना लिइदैँन थियो । ट्राफिक प्रहरीमा महिला सहभागिता लामाकै कार्यकालमा सुरु भएको थियो ।
त्यसले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ । प्रहरी परिवार महिला सङ्घ पनि उनकै कार्यकालमा स्थापना गरिएको थियो । सुगममा कार्यरत जनशक्तिलाई दुर्गम र दुर्गममा कार्यरतलाई सुगममा सरुवा गर्न विशेषगरी लामाकै कार्यकालमा थालिएको थियो । सङ्गठनमा कार्यरत जनशक्तिले सुगम र दुर्गम दुवै क्षेत्रको अनुभव बटुल्नुपर्ने धारणा उनमा थियो ।
पूर्वएआईजी कल्याण तिमल्सिना भन्छन्,
“प्रहरीको आधुनिकीकरण र फौजी अनुशासन कायम गर्न स्वर्गीय लामाको योगदान अतुलनीय छ ।” लामाकै कार्यकालमा प्रहरी सेवा प्रवेश गरेकी पूर्वडीआईजी पार्वती थापा मगर भन्छिन्, “उहाँले खुला प्रतिस्पर्धाबाट महिलालाई प्रहरी सेवामा प्रवेश गराएकै कारण हामीले डीआईजी हुने अवसर पायौं, हामीबाहेक बहालवाला थुप्रै महिला प्रहरी अधिकृत सङ्गठनमा दक्षता, क्षमता प्रदर्शन गरेर नेतृत्व लिनसक्ने स्थितिमा छन् ।”
बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारीहरू नेपाल प्रहरीको ७३ वर्षे लामो इतिहासमा आईजीपी खड्गजीत बरालपछि सङ्गठनको विकासमा महत्वपूर्ण योगदान प्रदान गर्नेमा लामालाई लिइन्छ ।
जन्म र बाल्यकाल
[सम्पादन गर्नुहोस्]स्वर्गीय दिलबहादुर (डी.बी.) लामाको जन्म वि.सं. १९८७ (सन् २०३०) मा पिता ललितमान लामा (घले) र आमा दुर्गादेवी लामाको माहिलो सुपुत्रको रूपमा नुवाकोट जिल्लाको गेर्खु गाउँमा भएको थियो । [१]
सुरक्षा निकायमा सेवा
[सम्पादन गर्नुहोस्]प्रारम्भिक सेवा
[सम्पादन गर्नुहोस्]डी.बी. लामा बेलायती सेनाको ब्वाइजबाट सेवा प्रारम्भ गरी दोस्रो विश्वयुद्धताका बर्मा (म्यानमार) को लडाइँ र नेपालमा स्वतन्त्र सेनानीको रूपमा तत्कालीन जहाँनिया राणा शासनविरूद्ध २००७ सालको क्रान्तिमा सहभागी भए । [२]
त्यसपछि २००७ फागुन २८ मा उनी नेपाल आर्म्ड पुलिस कन्सटेबलरी (एन.ए.सी.) सशस्त्र प्रहरीको सुबेदार पदमा परिणत भए । २०१५ सालको संसदीय निर्वाचनमा उनी दाङ, गोठीडाँडा, दैलेख माबुको लेक हुँदै हुम्ला र जुम्लामा खटिए । [३] २०१६ सालमा लामालाई आफ्ना पिता ललितमान घलेलाई पक्राउ गर्ने आदेशानुसार उनले काम फत्ते गरे । [४]
२०१७ जेठ १३ मा लामा काठमाडौंमा रहेको श्रीमहलमा आर्म्ड पुलिस फोर्स (नेपाल आर्म्ड बटालियन) मा सरूवा भयो । उनी श्रीमहलमा ‘एड्जुटेन्ट’ का रूपमा कार्यरत थिए । [५] तत्कालीन प्रहरी महानिरीक्षक पहलसिंह लामाको कार्यकालमा उनी ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरूवा भए । सम्पर्क अधिकृतको कार्य सम्पन्न भएपछि उनी सिभिल पुलिस भए । [६]
प्रहरी नायब उपरीक्षक
[सम्पादन गर्नुहोस्]२०२४ जेठ ५ मा लामा प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमा बढुवा भई ट्राफिक प्रमुख भए । [७] ट्राफिक प्रहरीमा कार्यरत रहेको बेला उनी सन् १९७० मा ‘एक्स्पो-७०’ मा जापान गई त्यहाँको ट्राफिक व्यवस्थापन र सवारी नियमहरू बारे जानकार भए । [८]
प्रहरी उपरीक्षक
[सम्पादन गर्नुहोस्]२०२७ असोज २४ मा लामाको बाग्मती अञ्चल एस.पी. कार्यालको प्रमुख (एसपी) पदमा सरूवा-बढुवा भयो । [९] २०३२ साउन ११ मा उनी मेची अञ्चल प्रहरी कार्यालयमा सरूवा भए । [१०]
प्रहरी नायब महानिरीक्षक
[सम्पादन गर्नुहोस्]२०३३ आश्विन ३ मा विशेष प्रहरी विभागमा डिआइजीको नयाँ पद सिर्जना गरी लामालाई कायममुकायम (का.मु.) प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा गरेर काठमाडौं ल्याइयो । [११] २०३४ साउन ३ को निर्णयले उनी नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक पदमा स्थायी नियुक्त भई मध्यक्षेत्र डिआइजी कार्यालयको प्रमुखमा सरूवा भए । [१२]
प्रहरी महानिरीक्षक
[सम्पादन गर्नुहोस्]डी.बी. लामा २०३९ आषाढ १ मा नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा नियुक्त भए । [१३] उनले २०४३ जेठ ३१ मा प्रहरी सेवाबाट अवकाश पाए । [१४]
लामाको कार्यकालमा नेपालभरका विभिन्न आपराधिक घटना र गतिविधिहरू सबै तहका कर्मचारीहरूलाई जानकारी होओस् भन्ने उद्देश्यले मासिक रूपमा ‘प्रहरी बुलेटिन’ प्रकाशन गराई नि:शुल्क वितरण गर्ने प्रणाली बसालियो । त्यस्तै, उनको कार्यकालमा नेपाल प्रहरीबाट वर्षभरि भए गरेका गतिविधिलाई जनसमक्ष ल्याउन ‘प्रहरी दर्पण’ (पुलिस मिरर) नामक म्यागजिन अंग्रेजी र नेपाली दुबै भाषामा प्रकाश गर्ने व्यवस्था भयो । [१५] पुलिस मिरर हाल प्रहरी दिवसको अवसरमा अंग्रेजी भाषामा मात्र प्रकाशित हुन्छ ।
लामाको कार्यकालमा २०४१ सालमा काठमाडौंस्थित टुँडीखेल वरिपरि सवारीसाधन जाने एकतर्फी (वान-वे) जाने व्यवस्था गरियो । [१६]
विवाद
[सम्पादन गर्नुहोस्]प्रहरी सङ्गठनको आधुनिकीकरण र सक्षम नेतृत्व प्रदानमा स्वर्गीय लामाको योगदान जति छ, त्यति नै उनी विवादित पनि रहे । ०३६ सालमा धनकुटाको छिन्ताङमा प्रहरी दमन गरी १५ जनाको हत्या प्रकरणमा लामा विवादमा तानिएका थिए । उनी साधारण लेखपढमात्रै भएका प्रहरी अधिकारी भए पनि पञ्चायती प्रधानमन्त्री तुल्सी गिरी र तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको सिफारिसमा आईजीपी बन्न सफल भएका थिए । २०४३ साल जेठमा सेवाबाट अवकाश पाएका लामा त्यसको केही महिनापछि नै सुन तस्करीको अभियोगमा पक्राउ परे । राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर गुरुङ २२ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यस घटनाका मुख्य योजनाकार लामा भएको आरोप लाग्दै आएको छ ।
उनीसँगै तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका अंगरक्षक (प्रमुख सेनानी) भरत गुरुङ पनि लामासँगै समातिए । सोही अभियोगमा लामा र गुरुङ करिब ५ वर्षसम्म जेल बसे । पछि अदालतले प्रमाण नपुगेपछि लामालाई सफाइ दियो । आफूमाथि दरबारले प्रतिशोध लिन सुन तस्करीको अभियोगमा फसाएको स्पष्टोक्ति दिँदै ०४६ सालको जनआन्दोलनपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेए । त्यसपछि निरन्तर पार्टीमा सक्रिय उनी ०५६ सालमा रसुवाबाट प्रतिनिधिसभा सदस्य (सांसद्) निर्वाचित भए । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका सामान्य प्रशासन सहायकमन्त्रीसमेत बन्न उनी सफल भए । स्वर्गीय लामा नेपाली कांग्रेस महासमिति सदस्यसमेत थिए ।
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ११, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ६७, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ७०, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ७५, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ७२, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ७३, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ७७, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ७८, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., बसुन्धरा लामा र सावित्री लामा, पृ: ७९, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)।|title=
रितो (सहायता) - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ८२, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., बसुन्धरा लामा र सावित्री लामा, पृ: ८४, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)।|title=
रितो (सहायता) - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ८५, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ८९, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: १३२, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ११८-११९, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ लामा, डी.बी., संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू, दोस्रो संस्करण, बसुन्धरा लामा र सावित्री लामा, पृ: ७९, आइएसबिएन ९७८-९९९४६-२-९०५-३
|isbn=
मान जाँच (सहायता)। - ↑ मात्रिका दाहाल (२०७० चैत्त १३), "रहेनन् विवादित पूर्वआईजीपी लामा" (नेपालीमा), कारोबार दैनिक।
- ↑ किरण भण्डारी (२०७० चैत्त १२), "भयानक 'भिलेन' र 'हिरो' को डबल रोल" (नेपालीमा), सेतोपाटी डटकम।