ठाकुरप्रसाद ज्ञवाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ठाकुर प्रसाद ज्ञवालीबाट अनुप्रेषित)

ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीका २७ औँ प्रहरी महानिरीक्षक हुन् ।[१] उनलाई विसं २०७६ माघ २८ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । सर्वेन्द्र खनालले अवकास प्राप्त गरेपछि माघ २९ मा ठाकुर प्रसाद ज्ञवालीले कार्यभार सम्हालेका थिए ।

करिअर[सम्पादन गर्नुहोस्]

उनले प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट २७ असार २०४७ सालबाट विधिवत् रूपमा सुरक्षा फौजमा प्रवेश गरेका थिए। उनी नियुक्ति अघि १ नं. प्रदेश प्रहरी कार्यालयको प्रमुख थिए।

उनले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखासहित बाजुरा, रुकुम, दाङ, बारा र झापा जिल्लाको नेतृत्व गरे । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि ज्ञवालीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रमा काम गरे । संयुक्त राष्ट्र संघबाट शान्ति स्थापनार्थ उनी एकपटक एफपीयू (यूएन फम्ड पुलिस युनिट) र दुईपटक अनपोल मिसनमा सहभागी भएका छन् । उनी संयुक्त राष्ट्र संघको कोसोभो मिसन (UNMIK, 2000), पुर्वी टिमोर मिसन (UNAMET, 2007) र पुलिस युनिट मिसन (Haiti, 2014)मा पनि सहभागी थिए। उनले लागू औषध नियन्त्रण तथा संगठित अपराध अनुसन्धानको क्षेत्रमा पनि अनुभव हासिल गरेका छन्।

पदक[सम्पादन गर्नुहोस्]

  • प्रबल जन सेवा श्री
  • बिरेन्द्र ऐश्वर्य सेवा पदक
  • प्रहरी सेवा पदक

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

ज्ञावलीको विवाह ज्ञानु ज्ञावली संंग भएको थियो। उहाँ छोरी सिन्धु र छोरा उन्मिक छन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "IGP Biography", nepalpolice.gov.np, Nepal Police, अन्तिम पहुँच ४ Apr २०२०  वेब्याक मेसिन अभिलेखिकरण १३ मे २०२० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]