पुरुषोत्तम शमशेर जङ्गबहादुर राणा
पुरुषोत्तम शमशेर जबरा | |
|---|---|
| जन्म | १९८२ चैत १५ चारबुर्जा दरबार |
| मृत्यु | २०८१ मंसिर २०, नेपाल मेडिसिटी अस्पताल |
| पेशा | इतिहासकार |
उल्लेखनीय कार्य | इतिहास |
| मातापिता | ईश्वर शमशेर |
पुरुषोत्तम शमशेर जबरा नेपाली इतिहासकार हुन् । उनले राणाकालीन समयका विषयामा विभिन्न पुस्तकहरू तयार गरेका छन्। उनी रुद्र शमशेरका नाति, ईश्वर शमशेरका छोरा हुन्। पुरुषोत्तम जबराको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको हो ।[१] २०८१ मंसिर २० मा ९९ वर्षमा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको निधन भएको हो।[२]
वाल्यकाल
[सम्पादन गर्नुहोस्]१९९० मा रुद्रसमशेर जबरालाई लाई काठमाडौंबाट निष्कासित गरी पाल्पा पठाइँदा उनी आठ वर्षको थिए। उनले पाल्पा दरबारमै लेखपढ गर्न सिकेर भारतको युपी बोर्डबाट म्याट्रिक र बनारसको जयनारायण कलेजबाट इन्टर-मिडियट उत्तीर्ण गरे। थप उच्च शिक्षाका लागि बनारसकै हिन्दु विश्वविद्यालयमा भर्ना भए। [३]
उनी विसं. २००७ साल फागुन ४ गते बुबा र राजा त्रिभुवनसँग एउटै जहाजमा नयाँदिल्लीबाट काठमाडौँ आए ।[३]
पुस्तकहरू
[सम्पादन गर्नुहोस्]पुरुषोत्तम जबराले रचना गरेका पुस्तहरू निम्न अनुसार रहेका छन् ।
- राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू
- श्री ३ हरूको तथ्य बृतान्त (भाग १)
- श्री ३ हरूको तथ्य बृतान्त (भाग २)
- श्री ३ हरूको तथ्य बृतान्त (भाग ३)
- सम्झेका र सुनेका कुराहरू
- भएका र गुज्रेका घट्नाहरू
- लुकेछिपेका प्रतिभाहरू
- मेरा जीवनका स्मृतिहरू
- जङ्गबहादुर र राणाकालीन दर्पण
- Jung Bahadur Rana: The Story of His Rise and Glory[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ सन्दर्भ प्रजातन्त्र दिवस 'भारतले नेपाललाई गाभ्न त्रिभुवनलाई करोडौँको लोभ देखाएको थियो'
- ↑ [इतिहासकार पुरुषोत्तमशमशेर जबराको निधन "https://ekantipur.com/news/2024/12/05/historian-purushottam-shamsher-jabra-passes-away-41-40.html"]
|url=योजना जाँच गर्ने (सहायता), कान्तिपुर, मंसिर २०, २०८१, अन्तिम पहुँच मंसिर २०, २०८१। - 1 2 "पुरुषोत्तम समशेरको गुनासो : बालुवाटार फिर्ता हुने, बहादुरभवन नहुने ? 'क्रान्तिमा सर्वस्वहरण भयो, रुद्रसमशेरका सन्तानले केही पाएनौं'", अन्तिम पहुँच २०७६ जेठ १४ गते।
- ↑ "Lamb4", www.royalark.net, अन्तिम पहुँच २०२६-०६-०५।