बहादुर भवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
बहादुर भवन (चार बुर्जा दरबार)
Bahadur Bhawan.jpg
सामान्य विवरण
वास्तुकलाको ढाँचानवशास्त्रीय वास्तुकला एवम् मुगल वास्तुकला
सहरकाठमाडौँ
राष्ट्रनेपाल
लागतUnknown
ग्राहकवीर शमशेर जङ्गबहादुर राणा
रुद्र शमशेर जङ्गबहादुर राणा
बहादुर शमशेर (१९९०-2007)
रुद्र शमशेर (वि.सं. २००८-)
अधिराजकुमार बसुन्धरा बिर बिक्रम शाह
नेपाल सरकार
प्राविधिक विवरण
बनावटइटा र ढुंगा
योजना तथा निर्माण
वास्तुकारजोगबीर स्थापित

सुरुवाती समयमा चारबुर्जा दरबारको नामले चिनिएको बहादुर भवन एक राणाकालिन दरबार हो । दरबारको भवन जमलको पश्चिम दिशामा र केशर महलको उत्तर दिशामा प्रभावशाली र विशाल आंगन, बागान र भवनहरूले सुशोभित छ । सुरुमा यो दरबारको निर्माण वीर शमशेर जबराले गरेका थिए र बि.सं १९६२ मा आगलागीमा क्षतिग्रस्त भएपछी रुद्र शमशेरले पुननिर्माण गरेका थिए । [१]

इतिहास[सम्पादन गर्ने]

दरबार भवन काठमाडौंको मुटुमा ठमेलको उत्तरमा र नाचघरको उत्तर मा रहेको छ ।[२]

राणा अन्तर्गत[सम्पादन गर्ने]

चार बुर्जा दरबार वीर शमशेर ज.ब.रा.द्वारा एक निजी निवासको रूपमा १८० रोपनीको जमिनमा बनाइएको थियो। यसको निर्माण सम्पन्न हुने बित्तिकै वीर शमशेरले यो दरबार आफ्नो साहिला छोरा रुद्र शमशेरको नाममा हस्तान्तरण गरेका थिए , जो १९५९ मा वीर शमशेरको मृत्यु पछि यो दरबारमा बस्न थाले । बि.सं १९६२ मा चार बुर्जा दरबारमा आगलागी भयो र यो दरबार पूर्ण क्षतिग्रस्त भयो । त्यसपछि पुरानै जगमा वास्तुविद्‍ जोग लाल स्थापितको डिजाइनमा यो दरबारको पुननिर्माण सोहि साल देखि सुरु भयो । नयाँ निर्माणको बेलामा चारवटा बुर्जाहरु निर्माण गरिए र यो दरबारको नाम चार बुर्जा दरबार रहन गयो । १९९० सालमा सी क्लासका राणाहरु निष्कासन गरिदा रुद्र शमशेर पाल्पा धपाइए पछि यो दरबार जुद्ध शमशेरले कब्जा गरे र आफ्नो महिला छोरा बहादुर शमशेरलाई दिए । त्यसपछि यो दरबारको नाम बहादुर भवन रहन गयो।

होटल रोयल[सम्पादन गर्ने]

बि.स २००७ मा राणा शासनको पतन पछि अधिराजकुमार बसुन्धरा बिर बिक्रम शाहले रुसी नागरिक बोरिस लिसानेभिच सँग मिलेर बहादुर भवन १ करोड ८० लाखमा खरिद गरे र नेपालको पहिलो विलासी होटल, होटल रोयल स्थापित गरे ।

नेपाल सरकार अन्तर्गत[सम्पादन गर्ने]

अधिराजकुमार बसुन्धरा बिर बिक्रम शाह व्यापारमा असफल भएपछि  बहादुर भवन नेपाल सरकारलाई बेचे ।  हाल यो दरबारमा उप रास्ट्रपतिको कार्यालय  र निर्वाचन आयोग रहेको छ।

२०७२ को भूकम्प[सम्पादन गर्ने]

२०७२ को भूकम्पमा बहादुर भवनमा सामान्य क्षति भयो र पहेंलो स्टीकर टासिएको थियो ।   दरबारको पछिल्लो भागमा धेरै क्षति भएकाले र छत र पर्खालमा चिरा परेकाले उप रास्ट्रपति को कार्यालय र निर्वाचन आयोग स्थानान्तरण गर्न पर्ने हुन सक्छ । ऐतिहासिक भवनको भविष्य अज्ञात छ । [३]

पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027, अन्तिम पहुँच २०१५ Check date values in: |access-date= (help)JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027, अन्तिम पहुँच २०१५ 
  2. "THE HISTORIC DURBARS OF KATHMANDU", २०१४-१०-१९, अन्तिम पहुँच २०१५-०६-०५ 
  3. http://nepalitimes.com/blogs/mycity/2015/05/20/rana-palaces-after-the-earthquake/