थापाथली दरबार
स्वरूप
| थापाथली दरबार | |
|---|---|
बागमती पारीबाट | |
![]() | |
| सामान्य विवरण | |
| वास्तुकलाको ढाँचा | मुगल एवम् युरोपेली वास्तुकला |
| सहर | काठमाण्डौ |
| राष्ट्र | नेपाल |
| लागत | अज्ञात |
| ग्राहक | नैनसिंह थापा, जंगबहादुर राणा |
| प्राविधिक विवरण | |
| बनावट | ईँट र गिलेवा |
| आकार | ८० रोपनी |
| योजना तथा निर्माण | |
| वास्तुकार | रणशूर बिष्टद्वारा पछि थपिएको |
२७°४१′२८″N ८५°१८′५७″E / 27.691111°N 85.315833°Eथापाथली दरबार काठमाडौंमा अवस्थित दरबार हो । थापाथली भन्नाको अर्थ थापाहरूको निवास बुझिन्छ । बगाले थापा घरानाका काजी नैनसिंह थापाद्वारा निर्मित यो दरबार उनकै छोरीका सन्तान जंगबहादुर राणाले हत्याए । बागमती नदीको उत्तरमा बनाइएको उक्त दरबारमा बगैंचा, भवन तथा मन्दिरहरू रहेको छ । १८४० को दशक देखि १९०० सम्म विभिन्न भवनहरूको निर्माण गरिएको थियो । पछि जंगबहादुर राणाले रणशूर बिष्टमार्फत सिंह महल तथा अन्य भवनहरू थपजोड गरे । सिंह महलमा नेपाल राष्ट्र बैङ्कको भवन रहेको थियो ।[१][२]
१९१२ चैत्रमा यसै दरबारमा नेपाल र तिब्बत बीच थापाथली सन्धि गरिएको थियो ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "THE HISTORIC DURBARS OF KATHMANDU", २०१४-१०-१९, अन्तिम पहुँच २०१५-०६-०५।
- ↑ JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027, अन्तिम पहुँच २०१५।
- ↑ दीक्षित, कमल (माघ ३, २०७१), "मजलिसको आँखा–६", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९। अभिलेखिकरण २०२२-०५-१६ वेब्याक मेसिन
