जगतजङ्ग राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री कमाण्डिङ जर्नेल
जगतजङ्ग राणा
JAGAT JUNG.jpg
मुखिया जर्नेल जगतजङ्ग कुँवर राणा
कमाण्डिङ जर्नेल
मुखिया जर्नेल
व्यक्तिगत विवरण
मृत्युवि.सं.१९४२
मनोहरा दरबार
पिताजङ्ग बहादुर राणा
सैनिक सेवा
श्रेणीजनरल

जगतजङ्ग राणा नेपाली सेनाका कमाण्डिङ जर्नेल थिए। उनलाई सबैले मुखिया जर्नेलको नामले सम्बोधन गर्थे। उनी प्रधानमन्त्रीको मर्यादामा काका धीर शमशेर राणा पछाडि थिए। रोलक्रमप्रति असन्तुष्टि रहँदा ३८ सालको पर्व रचेर उनले आफ्नै ठाँहिला काका रणोद्दिप सिँह बहादुर राणाको हत्याको योजना बनाए जसको फलस्वरुप पश्चिम कमाण्डर जनरल रहेका जगतजङलाई चुनारकिल्लामा लगी थुनियो।[१]

परिवार[सम्पादन गर्ने]

जगतजङ्ग र जेठी शाहज्यादी

जङ्ग बहादुर राणाका माहिलो सुपुत्रको रुपमा जन्म भएतापनि जेठो छोराको निधनले उनी ज्येष्ठ पुत्र मानिएका हुन्। उनका मामा सनकसिँह बस्नेत हुन्।

जगतजङ्गको मनोहरा दरबार

उनको विवाह वि.सं. १९११ मा जेठी शाहज्यादी टीकाराज्यलक्ष्मीसँग भयो। त्यतिबेला वरको उमेर ७ वर्ष २ महिना र बधुको उमेर ६ वर्ष थियो।[२]

कार्य[सम्पादन गर्ने]

पशुपतिनाथको मन्दिरमा उनले निकै योगदान पुर्याएका थिए। उनले स्वर्णतुलादान तथा बसाहा स्थापित गरेका थिए।

३८ सालको पर्व[सम्पादन गर्ने]

वि.सं. १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिंह भारतमा तिर्थ गर्न गएको बेलामा जगतजंग राणा र नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति धीर शमशेर र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह, जगतजंग राणा, बमवीर सिंहलाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो ।

४२ सालको पर्व तथा हत्या[सम्पादन गर्ने]

शमशेर खलकद्वारा ४२ सालको पर्व मा उनको हत्या भयो। उनी बाहेक प्रधानमन्त्री रणोद्दीप सिंह, उनका छोरा नाति जर्नेल युद्धप्रतापजंग राणाको पनि हत्या भयो।

स्रोत[सम्पादन गर्ने]

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४३, आइएसबिएन 99933-2-406-X 
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २३९

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]