३८ सालको पर्व
| ३८ सालको पर्व | |||||||
|---|---|---|---|---|---|---|---|
| |||||||
| योद्धा | |||||||
| रणोद्दीप सिंह | नरेन्द्र बिक्रम शाह | ||||||
| सेनापतिहरू | |||||||
| रणोद्दीप सिंह , धीर शमशेर |
नरेन्द्र बिक्रम शाह जगतजंग राणा | ||||||
| मृत्यु र क्षति | |||||||
| ० | २३ | ||||||
३८ सालको पर्व भनेको १९३८ मा जगतजङ र नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति धीर शमशेरलाई हत्या गर्ने योजना असफल हुँदा भएको दमनको घटना हो। वि.सं. १९३८ पौषमा प्रधानमन्त्री रणोद्दीप सिंह शिकारको लागि चितवनतर्फ गएको बेलामा जगतजङको नेतृत्वमा नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति धीर शमशेर र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए। त्यसै साल वैशाख ११ मा गद्दीआरोहण गरेका बालक राजा पृथ्वी विक्रम लाई हटाएर श्री ५ मा नरेन्द्रविक्रम शाह, श्री ३ मा जगतजङ र पद्मजङ प्रधान सेनापती हुने षड्यन्त्रको पोल गगनसिंह खवासका नाति उत्तरध्वज भण्डारीले धीरशमशेरलाई खोले।[१] त्यसपछि नरेन्द्र बिक्रम शाह, जगतजंग राणा, बमवीर सिंहलाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो । यसै गरी सुब्बा टंकनाथ र होमनाथ लगायत १० जना बाहुनलाई चारपाटा मुडेर जातिच्युत गरियो भने २३ जनाको हत्या र केहि व्यक्तिको सर्वस्वहरण गरियो ।[२]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]जंगबहादुरको मृत्यु पछि उनको श्री ३ महाराज र प्रधानमन्त्रीको दुवै पद रणोद्दीप सिंहलाई दिलाउन धीर शमशेरले जंगबहादुरको मृत्युको समाचार एकदम गोप्य राखे । जंगबहादुरका छोरा जगतजंग राणा महाराजको मृत्यु पछि छोरा राजा हुनु पर्ने भएकाले, श्री ३ महाराजको पद आफूले पाउनुपर्ने दावी गर्थे। त्यसकारण उनी काका धीर शमशेरसँग रिसाएका थिए।
घटना
[सम्पादन गर्नुहोस्]श्री ३ रणोद्दीप काठमाडौँमा जाडो सुरु भएकाले कान्छा भाइ प्रधान सेनापति धीर शमशेरलाई कायम मुकायम प्रधानमन्त्रीको जिम्मेवारी दिएर वि सं १९३८ पौष ४ मा शिकारको लागि चितवनतर्फ प्रस्थान गरे। रणोद्दीप काठमाडौँ बाहिर गएको मौका पारेर जंगबहादुरका छोरा जगतजंगले श्री ५, श्री ३ र प्रधान सेनापतिको हत्या गरेर शासन सत्ता हातमा लिने योजना बनाएका थिए।
यो षड्यन्त्र अनुसार वि सं १९३८ पौष २९ (पौष मसान्त)को रात कमान्डर इनचिफ धीर शमशेर कुँवर राणाको उनकै महलमा काम तमाम गर्ने र यसै दिन बालक राजा श्री ५ पृथ्वीवीरविक्रम शाहलाई पनि आफ्नो नियन्त्रणमा लिई पदच्युत गराई स्वयम् नै महाराजधिराजका रुपमा स्थापित हुने र तेस्रो रोलक्रमका जंगीलाठ जनरल जगतजंग कुँवर राणा लाई प्राइममिनिस्टर तथा श्री ३ महाराजका रुपमा स्थापित गराउने र चौथो रोलक्रमका पद्मजंग कुँवर राणालाई जंगीलाठ बनाउने भन्ने राजकुमार नरेन्द्रविक्रम शाहको समूह को योजना थियो। कमान्डर इनचिफ जनरल धीर शमशेरको हत्यापछि राणा परिवारका अन्य सदस्यका साथसाथै तराई तिर लागेका रणोद्दीपसिंह कुँवर राणाहरू पनि त्यहीँबाटै भागाभाग गर्नेछन् भन्ने यिनीहरूको आकलन थियो। यदि त्यहाँबाट नभागे त्यहीँ नै उनको संहार गर्न भनी यिनीहरूले आफ्ना केही विश्वस्त मानिसहरू तराईतिर पनि खटाइअसकेका थिए।[३]
बालक राजा पृथ्वीबीरविक्रमको हत्या गरी माहिला साहेवज्यू नरेन्द्र बिक्रम शाह राजा, जगतजंग राणा श्री ३ महाराज/प्रधानमन्त्री र पदमजंग राणा प्रधान सेनापति हुने योजना थियो। यो कुराको पोल कामु प्रधानमन्त्री धीर शमशेर समक्ष पौष २३ गते लेफ्टिनेन्ट उत्तरध्वज भँडारीले खोलिदिए, जो कोतपर्वका कारक मानिएका गगनसिंहका नाति थिए। पोल खुलेपछि षडयन्त्रमा संलग्न ४३ जना कैद गरिए। जसमा साहेवज्यू नरेन्द्रबिक्रम सहित श्री ३ जंगका छोरा, अन्य भाइभारदाहरु थिए। पोल खोल्ने लेफ्टिनेन्ट उत्तरध्वज भडारीले पछि कर्णेल सम्मको पद पाए।
प्राइममिनिस्टर रणोद्दीपसिंह तराईबाट दौडादौड गरि बि.सं १९३८ माघ ४ को मध्यरातमा आफ्नो महलमा दाखिल भए। धीरशमशेरले विद्रोहीहरूलाई भोलिपल्ट बिहान सबेरै नेल, गलफन्दी तथा हतकडीहरूले कसी खर्पनमा बोकाएर प्राइममिनिस्टर रणोद्दीप समक्ष उपस्थित गराए। मुख्य दोषी २३ जनालाई १२ माघ १९३८ मा मृत्युदण्डको सजायँ स्वरुप काठमाडौँका विभिन्न ठाउँमा लगी काटियो। काटिनेहरूमा कुपण्डोलमा बसोबास गर्ने बिष्ट काजी खलकका ७ जना थिए। तीमध्ये लेफ्टिनेन्ट रणकेशर बिष्टलाई भादगाउँको खस्याङ खुसुङमा काटियो, संखमुलमा कप्तान नरबहादुर बिष्ट र सूर्यप्रताप बिष्ट काटिए। मेजर संग्रामसिँह बिष्ट भाताकोशी र कप्तान भोज बिष्ट टेकुमा काटिए।
आफ्नो दाइ जगतजंग राणाले आफ्नो छोरालाई हटाएर देवर राजा हुने भए पछि जंगका छोरी ललित राजेश्वरी राज्य लक्ष्मी देवीहरु धीर शमशेरका छोराहरूसँग मिले ।
काटिनेहरू
[सम्पादन गर्नुहोस्]१९३८ माघ १२ भादगाउंमा काटिनेहरू[४]
- कप्तान समर विक्रमसिंह थापा
- लेफ्टिनेन्ट रनकेशर विष्ट
- रणजङ्क थापा
धोबिखोलामा काटिनेहरू - मेजर शमशेरजङ्ग थापा
- कप्तान फौदसिह गुरुङ्ग
- सुवेदार पहल्मान कार्कि
संखमूलमा काटिनेहरू - कर्णेल इन्द्र सिंह ( श्री ३ जङ्गका साला )
- मेजर सन्सार विक्रम थापा
- कप्तान नरबहादुर बिष्ट
- लेफ्टिनेन्ट सूर्यप्रताप बिष्ट
- इन्सानयेन रणदल काकि
टेकूमा काटिनेहरू - कर्णेल श्री विक्रम थापा (प्र. मन्त्री, माथवरसिहका नाती )
- कर्णेल अम्वर विक्रम शाह (पुष्कर शाहका छोरा)
- कप्तान वक्वा र शाही
- कप्तान भोज विष्ट
भाताकोसीमा काटिनेहरू - मेजर सङ्ग्रामसूर विष्ट
- कप्तान रणध्वज अधिकारी
- अजिटन वाँका षत्रि
- सुवेदार जगविक्रम पाँडे
- छत्रध्वज शाही
सोहिसाल फागुन बदी २ रोज १ का दिन संखमूलमा काटिनेहरू - कर्णेल अमृतसिह् अधिकारी
- कर्णेल वीरमानसिह वस्नेत
- सुवेदार लोकबहादुर थापा
मुडिनेहरू
[सम्पादन गर्नुहोस्]- खजान्ची शिवप्रसाद आर्याल
- सुन्बा होमनाथ उपाध्याय
- सुब्बा दिग्विजय उपाध्याय
- सुब्बा टंकनाथ उपाध्याय
- दक्षिणकानाभट्ट स्यामला
सङ्ग्रामसूर विष्टलाई भाताकोसीमा पोडेले गर्दनमा खुकुरीले काट्दा धार नलागेबाट होला भनी धारदार खक्रीले काटदा पनि न काटिएत । के कारणले हो भनी तलास गर्दा टुपीमा 'बुटी” बाँधेको स्वच निकाली काटेपछि एके चोटमा पोडेले गर्दन काटी मारे ।
परिणाम
[सम्पादन गर्नुहोस्]- जंगका छोरी ललित राजेश्वरी राज्य लक्ष्मीहरु धीर शमशेरका छोराहरूसँग मिले जसले गर्दा ४२ सालको पर्वको पर्व भयो ।
- काठमाडौँबाट विस्ट काजीहरु निर्वासित ।
चलचित्र
[सम्पादन गर्नुहोस्]सेतो बाघ[५]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४३, आइएसबिएन 99933-2-406-X।
- ↑ सामान्य ज्ञान : भिम राना जिज्ञासु
- ↑ बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २३३, आइएसबिएन 978-9937-665-40-7।
- ↑ शम्शेर ज ब राणा, पुरुषोत्तम (२०४७), श्री ३ हरुको तथ्य वृत्तान्त, पृ: 197–200।
- ↑ https://www.youtube.com/watch?v=sGjBlXcQD98