सामग्रीमा जानुहोस्

नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको इतिहास विभिन्न हत्याकाण्ड तथा पर्वहरूले भरिएका छन् | नेपालमा भएका विभिन्न हत्याकाण्डहरूको सूची निम्न रहेका छन् :

१. वासठ्ठीहरण

[सम्पादन गर्नुहोस्]

वि. संं.१८६२ मा मुख्तियार रणबहादुर शाहले ब्राह्मणहरुको विर्ता, गुठी र किपट जग्ग्गा जफत गर्ने घोषणा गरे। यसै घटनालाई ६२ हरण, विर्ता हरणको नामले चिनिन्छ ।

६४ सालको पर्व

[सम्पादन गर्नुहोस्]

बासठ्ठीहरण गरी माझकिरातका जङ्गी बाहुन–क्षेत्री र राईहरूको विर्ता, किपट जमिन खोसेपछी बाहुन, क्षेत्री र राईहरु मिली राज्य विरुद्ध गरेको विद्रोहलाई चिनिन्छ। यो पर्व नेपालको पूर्वप्रदेश माझ्किरातको भोजपुर र खोटाङमा घटेको थियो। यसलाई बाग्यान विद्रोह वा बाग्यान पर्व पनि भनिन्छ । यस विद्रोहमा १९ जना पक्राउ भएका थिए। ती मध्ये ६ जना बाहुन, दुई जना क्षेत्री, ६ जना राई र पाँच जना घर्ती थिए। विद्रोहमा सामेल भएका दत्तु उपाध्याय कोइराला, पशुपति जैसी, पीताम्बर उपाध्याय, रामभद्र उपाध्याय, प्रल्लाद जैसी र भगिरथ ढुङ्गानाको चारपाटा मुडियो, जात खोसियो र सर्वस्वहरण भयो। अटल खत्री, नरी बस्नेत, कनकसिंह घर्ती, केसर घर्ती, धीर्जे घर्ती, बन्दु घर्ती र गजसिंह घर्तीलाई काटियो। यस्तै अटल राई, भरथसिंह राई, कंठवीर राई, चामुफाल्या राई, सुजा राई र दिलिमी राईको पनि हत्या गरियो। अटल राई, भरतसिंह राई, कंठवीर राईहरूको जहान छोराछोरी समेतलाई कमाराकमारी बनाइए।

कोतपर्व नेपालको इतिहासमा सबैभन्दा दोश्रो ठूलो हत्याकाण्ड हो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ वर्षे राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो । वि.सं. १९०३ भदौ ३१ गते राति पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंह को रहस्यमय ढङ्गले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ भाद्र ३२ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए ।

भण्डारखाल पर्व वि.सं. १९०३ कात्तिक १२ गते रानी राज्यलक्ष्मीले जङ्गबहादुरलाई विष खुवाई हत्या गर्नका लागि रचिएको पर्व नै भण्डारखाल पर्व हो। पुतली नानी र पण्डित विजयराजले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले वीरध्वज बस्नेतलगायतका १५ भन्दा बढीको हत्या गरे र रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् ।

अलौ पर्व वि.सं. १९०४ साउन महिनामा राजा राजेन्द्रको समयमा उनी बनारसबाट फर्केर नेपाल आउँदा वीरगञ्ज नजीकै अलौ भन्ने ठाउँमा जङ्गबहादुर राणााको हातबाट सत्ता फर्काउन गरिएको सैनिक विद्रोहको प्रयासको उपज हो ।

  1. ३८ सालको पर्व
  2. ४२ सालको पर्व
  3. गेहेन्द्र शम्शेर काण्ड
  4. मकै पर्व
  5. चर्खा प्रचारमा प्रतिबन्ध
  6. लाइब्रेरी पर्व
  7. बसन्त शम्शेर पर्व
  8. प्रचण्ड गोर्खा पर्व
  9. महावीर स्कूल काण्ड
  10. बिस्ट पर्व

पञ्चायत काल

[सम्पादन गर्नुहोस्]
  1. जनकपुर बम काण्ड
  2. कच्छे पर्व
  3. झोडा काण्ड
  4. पिस्कर हत्याकाण्ड
  5. टिम्बुरबोटे काण्ड
  6. सुखानी हत्याकाण्ड
  7. छिन्ताङ हत्याकाण्ड
  8. सेक्टर काण्ड

बहुदलीय संसदीय व्यवस्था कालिन

[सम्पादन गर्नुहोस्]
  1. दासढुंगा दुर्घटना

माओबादी युद्ध

[सम्पादन गर्नुहोस्]
  1. दोरम्बा घटना
  2. दाङ आक्रमण
  3. बेनी आक्रमण
  4. बाँदरमुडे काण्ड
  5. दरबार हत्या काण्ड

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]