सामग्रीमा जानुहोस्

सुखानी हत्याकाण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुखानी हत्याकाण्ड पञ्चायतकालमा भएको हत्याकाण्ड हो। इलाम जिल्लाको सुखानी खण्डमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो। हाल त्यो क्षेत्र इलाम जिल्लाको साबिक दानाबारी गाउँ विकास समिति वडा नम्बर ३, हाल माइ नगरपालिका वडा नम्बर ४ , इलाम मा पर्दछ।[१]। बि. सं. २०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशीनारायण श्रेष्ठ प्रहरीद्वारा मारिएका थिए।[२]

बि. सं. २०२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू झापा जेलमा राखिएका थिए। उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमीनदारलाई सफाइ गर्ने अभियान 'एक्सन' बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो।[२]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. गोरखापत्र दैनिक २०६९ फागुन १३ गते आइतबार पृष्ठ ४
  2. २.० २.१ http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-०७ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]