मिरकाशिम विरूद्धको लड़ाईं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मीरकाशिम विरूद्धको युद्ध
चित्र:Battle of Makawanpur.webp
मकवानपुरको युद्ध

मकवानपुर गढी नेपालका लागि सधै रणनीतिक महत्त्वको रहेको छ।मकवानपुर नै त्यो ठाउँ हो जाँह नेपाली सेनाले मिर कासिम का फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्द बाहदुर र सबुज बनायो केही समय पछि पुरानो गोरख गुल्म समेत स्थापना गर्न सफल भयो।नेपाली सेनामा यो नै पहिलो चोटी फाइल सिस्टम गरेर सेना ब्यवस्थीत गरिएको अवसर थियो नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै सङ्गठन रहेका थिए।साथै नेपाली सेनाले कुनै पनि बिदेसी सेना सँग लडेको पनि पहिलो अवसर थियो।.

यो युद्ध मकवानपुर गढी का सेना नायक सरदार नन्दु शाह थिए उनी सँग ४०० जती सेना थोरै बन्दुक अरू परम्परागत हतियार, खुकुरी, तरवार, घुएत्रो, लगायत रहेका थिए। त्यसैले उनी हरू हान र भागको रणनिती साथ उत्रेका थिए जसले शत्रुलाई अचम्भीत पारी रहेको थियो। नेपाली सेनाले राती आक्रमण गर्न का लागि आक्रमण बेस तप्लाखर भन्जयाङमा राखेको थियो।

मिरकासिम का सेनाका सेना नायक गुरगिन खाँ थिय उनी सँग २५०० सेना र तोपहरू , बन्दुक , राम्रो लजिस्टीक सर्पोट तथा ब्याकअप फोर्स समेत थियो। उनिहरूको आक्रमण बेस मकवानपुर फेदीमा थियो तिनी हरू रात्री आक्रमण गर्ने योजनामा थिए। जब शत्रुको ठूलो सेना हिडेर हर्नामाडी पुग्यो स्थानीय घर हरू पहिले नै खाली गरी सकीएको थियो उनीहरूलाई खानाको अभाव हुन थाल्यो। मकवानपुर गढी त्याहाबाट ९ कि मी माथी पाहडको टुप्पामा रहेको थियो साथै नेपाली सेनाले सबै बाटाहरू सबै समेत थुनीदीएका थिए तर पनि शत्रु उनी हरूलाई पछाडी मकवानपुर गढी धकल्न सक्षम भइरहेको थियो झन्डै ३०० शत्रुले नेपाली हरूलाई अझ रक्षात्मक बनाउदै २० जनवरी १७६३मा आक्रमण शुरू गरे। तर तिनी हरू त्यतीखेर दंग परे जती खेर तिनी हरू ताप्लाखारमा बिसाइ मारी रहेका थिए काजी बंश राज पाण्डे तलबाट उनीहरू माथी जाइ लागे, काजी नरसिंह बस्नेतले माथीबाट गुरगिन खाँका सेनालाई हाने।र नन्दु शाहको नेतृत्वको नेपाली सेनाले अगाडि बट हाने। तिन जना कुसल कमान्डरको रातको अप्ठेरोमा पनि नेपाली सेनाले बहादुरी पूर्वक लडेर शत्रु नास्न सफल रह्यो।मिर कासीमका १७०० सेना मारिए ३० नेपाली सेनाले पनि शाहदत प्राप्त गरे नेपाली सेनाले शत्रुका ५०० राइफल दुई तोप अन्य सैन्य सामग्री प्राप्त गर्‍यो अझ महत्त्वपूर्ण यो लडाईंबाट प्राप्त श्रोत पछि नै नेपाली सेनालाई सङ्गठनीक संरचनामा ढाल्ने काम शुरू भयो।

,,