हैदरवाद समनमा नेपाली सेना
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
हैदरबाद एक्सन – १९४८
ब्रिटेनले भारत छोडिसके पछि ब्रिटिस भारत, पाकिस्तान र भारतमा विभाजित भयो मुस्लिम र हिन्दू धर्मावलम्बीहरूका बीच ठाउँ ठाउँमा धार्मिक दंगा हुन थाल्यो। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले स्थिति नियन्त्रणमा लिनका लागि सैन्य सहायताका लागि अनुरोध गरे। नेपालका राणा शासकहरूले नेपाली सेना भारतमा तैनाथ गर्ने निर्णय गरे, त्यसै अनुसार
- श्रीनाथ गण
- कालीबक्स गण
- काली बहादुर गण
- गणेश दल
- सम्शेर दल
- नयाँ गोरख
- बर्दबहादुर गण
- देवीदत्त गण
- सिंह गण
- भवानी दल
- नरसिंह दल
- पुरानो गोरख गण
- गोरखनाथ गण
- भैरंग गण
- जबरजंग गण
- काली प्रसाद गणहरूले यो मिसनमा भाग लिए।
शाही नेपाली सेनाको नेतृत्व जनरल शारदा सम्शेर राणाले गरेका थिए। नेपाली सेना हैदरवाद, राँची, कलकत्ता, देहरादून, राम गढ लगायतका ठाउँमा तैनाथ गरियो। नेपाली सेनाले स्थिति नियन्त्रण गर्न ठूलो योगदान दियो भारत सरकारको अनुरोधमा केही नेपाली सेनाले हैदरबाद एक्सनमा समेत भाग लिए, जुन भारतीय गणतन्त्रका लागि ठूलो सहयोग थियो। हैदरबादमा अभियान सफल भइसके पछि पनि नेपाली सेनाहरू अर्को आठ महिना बसी मार्च १९४९ मा नेपाल फर्किए। विश्वयुद्ध तिरको समय नेपाली सेना का लागि अनुभव, पेसागत दक्षता, सांगठनीक दक्षता, र भौतिक पूर्वाधार श्री वृद्धिको हिसाबले नयाँ युग नै साबित भएको थियो। त्यसपछि पनि नेपाली सेनाले नागरिक निकायहरूलाई धेरै वटा प्राकृतिक विपत्ति र अप्ठेरोहरू सहयोग गरिरह्यो।