सत्चितशमशेर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सत्चितशमशेर राणा (१९९०-२०६४ वैशाख २१ ) नेपाली सेनाका पूर्वप्रधानसेनापति हुन् । पाल्पामा जन्मेका राणाले २०१२ सालमा सहायक सेनानीबाट सैन्य सेवा प्रवेश गरेका थिए। २०४४ सालमा प्रधानसेनापति बनेका उनी २०४६ को जनआन्दोलनका बेला पदमै थिए ।

राजकाज[सम्पादन गर्नुहोस्]

उनी विघटित राजपरिषद् स्थायी समितिका सदस्य तथा म्यान्मारका लागि नेपाली राजदूत पनि बनेका थिए।
राजा ज्ञानेन्द्रको शासनमा राजपरिषद् सदस्य रहेका राणा राजा ज्ञानेन्द्रका प्रमुख राजनीतिक सल्लाहकारका रूपमा चिनिएका थिए। क्यान्सर पीडित राणाको निधन २०६४ वैशाख २१ मा काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भयो।

विवाद[सम्पादन गर्नुहोस्]

राजाको निरंकुश शासनको पक्षमा सक्रिय रहेकाले उनी विवादित बनेका थिए। लोकतान्त्रिक आन्दोलन दबाउन भूमिका खेल्नेलाई छानबिन गरी कारबाहीको सिफारिस गर्न बनेको रायमाझी आयोगले पनि उनीसँग बयान लिएको थियो। आन्दोलन दबाउन भूमिका खेलेको उल्लेख गर्दै उनलाई कानुन बनाएर कारबाही गर्न सिफारिस गरेको थियो।