गजराज सिंह थापा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बडाहाकिम श्री
गजराज सिंह थापा
Gajaraj Singh Thapa solo.jpg
बडाहाकिम कर्णेल गजराजसिंह थापाको एक तस्बिर

इलाम गौंडाका बडाहाकिम
व्यक्तिगत जानकारी
सम्बन्ध ससुरा जंगबहादुर राणा
धर्म हिन्दु
सैनिक सेवा
निष्ठा नेपाल नेपाल
क्रम कर्णेल

गजराज सिंह थापा नेपाली चिया उद्योगका संस्थापक हुन् । उनी नेपाली सेनाका कर्णेल एवम् इलाम गौंडाका बडाहाकिम पनि थिए । उनले चियाको बिजारोपण सुरु गरेपछि अहिलेको स्थितिमा यो राष्ट्रिय आयको साधन बनेको छ । [१]

परिवार[सम्पादन गर्ने]

कर्णेल गजराजसिंह थापा र बदनकुमारी

उनको जन्म करिब सन् १८३० तिर काजी हेमदलसिंह थापाको पुत्रको रुपमा भयो । उनका हजुरबुवा सरदार अचल सिंह थापा हुन् । उनले जङ्ग बहादुर राणाकी जेठी छोरी बदनकुमारीसँग विवाह गरेका थिए ।[२] उनका छोरा कर्णेल हर्कजङ्ग थापा हुन् र नाति डिल्ली जङ्ग थापा राजविराज नगरपालिकाको डिजाइनर (पहिलो टाउन-प्लानिङ) हुन् ।

चिया उद्योग[सम्पादन गर्ने]

इलाममा गजराजसिंहको योगदानको कदर स्वरुप राखिएको बोर्ड

दार्जिलिङको भ्रमणमा उनले चिया निकै स्थानहरूमा पिएका थिए । चियाको बिज उपहार स्वरुप पाउनासाथ सोक्तिममा चिया खेती गरेका थिए । १०३ एकड जग्गामा क्यामेलिया साइनेनसिस नामक चियाको बिजारोपण गरेपछि नेपालको सन्दर्भमा चियाले एक दैनिक पेय पदार्थको स्थान पाएको हो । [३]

इलाममा राखिएको अर्को बोर्ड

स्रोत[सम्पादन गर्ने]

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]

इलाम जिल्ला