डिल्लीजङ्ग थापा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
डिल्ली जङ्ग थापा
डिल्ली जङ्ग थापा
प्रसिद्ध कार्यराजविराज नगरपालिकाको खाका कोरेका, चन्द्र नहर, चुरिया माई टनल सडक, टोखा सडक
मातापिताहर्कजङ्ग थापा

डिल्ली जङ्ग थापा नेपालको उल्लेखनीय इन्जिनियर हुन्। उनले चन्द्र नहर, चुरिया सुरुङ ( चुरिया माई टनल सडक), टोखा सडक र राजविराज नगरपालिकाको खाका कोरेका हुन्। उनले नवीनतम भवन डिजाइन जस्तै लक्ष्मी निवास र सीता भवन भित्र्याएका हुन्।

सुरुङमार्गको मात्र नभई इन्जिनियर थापाले काठमाडौं—हेटौंडा रोपवे, सप्तरीको चन्द्र नहर, वि.सं. १९९० को भूकम्पपछि भत्किएको धरहरा, शीतलनिवास, काठमाडौं डिल्लीबजारस्थित चारखाल अड्डा, टोखा सडक, जनकपुर—जयनगर रेल्वे लगायत संरचनाको डिजाइनदेखि निर्माणसम्मको नेतृत्व गरेका थिए ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

उनी गजराज सिंह थापाका नाति हुन्। [१][२] थापा जङ्गबहादुरका छोरीतिरका पनाति हुन् ।

अध्ययन[सम्पादन गर्ने]

इन्जिनियर डिल्लीजंग थापा भारतको थम्पसन कलेज अफ सिभिल इन्जिनियरिङ रुड्कीबाट उत्कृष्ट नतिजा हासिल गरी नेपाल फर्के ।

कार्यहरु[सम्पादन गर्ने]

चुरिया सुरुङ[सम्पादन गर्ने]

सुरुङमार्गको डिजाइन इन्जिनियर कर्णेल डिल्लीजङ्ग थापाले १९७५ सालमा गरेका हुन् । प्रधानमन्त्री चन्द्रशमशेरको आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेना खटिएको बताइन्छ । थापा पनि नेपाली सेनाका इन्जिनियर थिए । उक्त सुरुङमार्गको चौडाइ ९ फिट र उँचाइ १० फिट छ । लहरी (एकप्रकारको मालबाहक सवारी साधन) छिर्ने आकारमा यसको निर्माण भएको छ । काठमाडौंको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु यसको उद्देश्य थियो ।[३]

राणाकालीन दरबारहरू[सम्पादन गर्ने]

सुधारिएका हुबहु नियो क्लासिक युरोपियन शैलीमा राणाकालीन दरबारहरू जसको बैठकको भित्री सजावटदेखि बाहिर दरबार भागको सुन्दर कलात्मक स्वरूपका दरबारहरूका निर्माता चिफ इन्जिनियर कर्नेल डिल्लीजंग थापा हुन् भन्नुमा अत्युक्ति नहोला । जसको ज्वलन्त उदाहरण लक्ष्मीनिवास (सन् १९२५) चिफ इन्जिनियर कर्नेल डिल्लीजंग थापाले श्री ३ प्रधानमन्त्री मोहनशमशेरको अनुरोधमा मिनी सिंहदरबार बनाएका हुन् । यस दरबारको चन्द्रसूर्य बैठक प्रमुख आकर्षण हो ।

युरोपियन शैलीका बाहिरी भागका अत्यन्त कलात्मक भिन्नाभिन्नै बुट्टाहरूले सजिएको ललिता निवास पनि चिफ इन्जिनियर कर्नेल डिल्लीजंग थापाले निर्माण गरेका हुन् । दुःखको कुरा, आज यी दुवै सुन्दर दरबार भत्काइएका छन् ।

लक्ष्मीनिवास तथा ललिता निवासको अगाडिको कुनै सुन्दर अवशेष रेट्रोफिटिङ गरेर सम्पदाको रूपमा संरक्षण गर्नुपर्नेमा सम्पूर्ण दरबार भत्काइयो । हुन त दुवै दरबारहरू हुबहु उस्तै बनाइने भनिएको छ, तर त्यस समयमा स्वदेशी निर्माण सामग्री प्रयोग गरेर बनाइएका पुरातात्विक भवन र नयाँ बनाउनुमा धेरै भिन्नता छ ।

सीता भवन[सम्पादन गर्ने]

भीमशमशेर राणा श्री ३ प्रधानमन्त्री भएपछि उहाँका रानी सीताको लागि 'सीता भवन' १९८७÷८८ सालमा निर्माण गरिएको भेटिएको छ । पहिला ठिक्कको दरबार बनाउनु भने बमोजिम इन्जिनियर डिल्लीजंग थापाद्वारा निर्माण भएको तर पछि बढाउन अनुरोध भएकोले बायाँ मोडमा दरबार थपिएको प्रस्ट देखिन्छ ।

युरोपियन शैलीको कलात्मक यस दरबार सीता भवनका बैठकको भित्री सजावट अत्यन्त आकर्षक छ, जसमा अमूल्य राता सायन्डिलर्स (बक्रीका झाडीहरू) राता कटवर्कका ऐनाहरू त्था प्रत्येक भागमा कलात्मक पिल्लरहरू तथा बुट्टाहरू काटिएका छन् । सिलिङमा बाक्ला टिनहरू इम्बोज गरेर पछि यसमा झ्याल हाली सुतेर आकर्षक रंगहरू भरिएका थिए ।

यसका साथै कलात्मक रेलिङहरू डोरम्यान लंग मिडल्सबर्ग लन्डनबाट झिकाइएका फलामका बिमहरू प्रायः सबै थापाले निर्माण गरेका दरबारहरूमा भेटिएका छन्, जुन प्रतिष्ठित कम्पनी अहिले पनि जसले सिडनी हाबी ब्रिज तथा हालै चेल्सी स्टेडियम निर्माण गरेका हुन् । जुन कम्पनीसँग मेरो सम्पर्क छ । यी सीता भवनभित्र सजावटमा फर्निचरहरू पर्दा वालपेपर, पसियन कार्पेटहरू तथा अन्य सजावटका सामानहरू सबै इन्जिनियर डिल्लीजंग थापाद्वारा युरोपबाट स्वयंले झिकाएका हुन् ।

जुन कुराको प्रमाण उहाँको व्यक्तिगत क्याटलगहरू हामी परिवारसँग सुरक्षित छ । सीता भवन मैले अनुसन्धान गरेका दरबारहरूमध्ये विशेष संरक्षण गर्नुपर्नेमा पर्छ । किनभने यस दरबारले दुईवटा ठूला महाभूकम्पहरू १९९० ला तथा २०७२ साल खेपेर न्यून क्षतिमा संरक्षित छ । यसले इन्जिनियरिङ दक्षताको विशेषता झल्काउँछ, जसलाई संरक्षण गर्नु भावी इन्जिनियरिङ अध्ययनको लागि पनि नितान्त जरुरी छ ।

मनसुनको सुरुआतदेखि दैनिक सीता भवन स्थलगत निरीक्षण गरी भूकम्पद्वारा छतमा भएको क्षतिलाई पानी चुहिनबाट जोगाउने छोप्नुपर्ने अनुरोध सम्बन्धित निकायलाई गर्दा पनि नछोपिएकाले भूकम्पद्वारा न्यून क्षति भएको दरबारका केही कक्षहरू क्षतिग्रस्त बन्दै हल्लिने अवस्थामा पुगेका छन् ।

रेट्रोफिटिङद्वारा संरक्षण गर्नुपर्ने उक्त दरबार सीता भवनको बैठक कक्ष जहाँ अमूल्य सजावटका सामानहरूले सुसज्जित छन् । यसलाई व्यापारिक प्रयोजनको लागि प्रयोग गर्न निषेध गर्नु आवश्यक देखिन्छ ।

यसरी युरोपियन शैलीका राणा दरबारहरू हुबहु निर्माण गरिएको छ । निर्माण प्रविधिमा प्रमुख प्रयोग माटो देलिन्छ । इँटाहरू निर्माण गर्न दरबारपरिसरवरिपरिका जमिनहरूको उत्खनन गरी माटोद्वारा इँटाभट्टा त्यहीं निर्माण गरी श्री ३ हरूको नाम छाप गरी चौडा मजबुत इँटाहरू निर्माण गरिएका छन् ।

सिमेन्टभन्दा बलियो बज्र निर्माणको प्रमुख प्रविधि हो, जसमा माटो, मासको दाल, चाकु, भुस, जुट, इँटाका टुक्राहरू प्रयोग गरिएको छ । दरबारका गाह्राहरूको चौडाइ ५२ 'देखि ५४' सम्मका छन् । दरबारका जग पनि अत्यन्त मजबुत तथा ड्याम्प प्रुफ प्रविधिबाट निर्माण गरिएका छन्, जसलाई हाउस भनिन्छ ।

यसरी उक्त प्राविधिक कठिनाइका बेलामा पनि अत्यन्त दक्षताका साथ आफ्नै प्रविधि प्रयोग गरी युरोपबाट झिकाइएका निर्माणका सजावटमा बनेका यी दरबारहरूको क्षति निरीक्षण राम्ररी नगरी भूकम्पको निहुँमा पुनर्निर्माण गर्दाभन्दा ३० प्रतिशत बढी खर्च लागेमा सबै दरबारहरू भत्काउने निर्णय सहरी विकास पुराना भवन संरचना विभागको गलत निर्णय हो ।[४]

[५]

दरबारहरूको पुनर्निर्माण[सम्पादन गर्ने]

उनले १९९० सालको महाभूकम्प अगाडिका दरबारहरूको पुनर्निर्माण र त्यसपछि राणा दरबारहरूको र्निर्माण गरे । १९९० सालको महाभूकम्पपछि क्षतिग्रस्त सिंहदरबारको ग्यालरी, बेलायती बैठक तथा पुतली बगैंचा पनि चिफ इन्जिनियर कर्नेल डिल्लीजंग थापाले दक्षताका साथ निर्माण गरेका हुन् ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

स्रोतहरू[सम्पादन गर्ने]