लक्ष्मी निवास
लक्ष्मी निवास | |
---|---|
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | नवशास्त्रीय वास्तुकला एवम् युरोपेली वास्तुकला |
सहर | काठमाडौँ |
राष्ट्र | नेपाल |
लागत | अज्ञात |
ग्राहक | चन्द्र शमशेर |
प्राविधिक विवरण | |
बनावट | इटा र ढुङ्गा |
योजना तथा निर्माण | |
वास्तुकार | कुमार नरसिंह राणा किशोर नरसिंह राणा |
लक्ष्मी निवास नेपालको राजधानी काठमाडौँको महाराजगञ्जमा अवस्थित एक राणाकालीन दरबार हो । यो दरबार परिशर बागमती नदीको उत्तरपट्टी रहेको छ । यो दरबार आकर्षक आँगन, बगैचा र भवनको व्यूह-रचनाले सुसज्जित रहेको छ । यो दरबारको निर्माण चन्द्र शमशेरले आफ्नो प्रधानमन्त्री कालमा बनाउन लगाएका थिए ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]यो दरबार परिसर चन्द्र शमशेर जबराले वि.सं. १९६१ मा आफ्नो पुत्र मोहन शमशेरको लागि नेपालको पहिलो इन्जीनियर दाजुभाइ कुमार नरसिंह राणा र किशोर नरसिंह राणाको सुपरिवेक्षणमा बनाउन लगाएका थिए । मोहन शमशेर स्थायी रूपमा पिता चन्द्र शमशेरको निधन भएपछि सरेका थिए, वि.सं. २००४ मा उनी प्रधानमन्त्री भएपछी उनी प्रधानमन्त्री निवास सिंहदरबार सरे । वि.सं. २००७ मा राणा शासन अन्त्य भएपछी सिंहदरवार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो र श्री ५ को सरकारको आदेशमा मोहन शमशेर सिंहदरबार छोडेर लक्ष्मी निवास सरे ।
सरकारी स्वामित्व
[सम्पादन गर्नुहोस्]राणा शासनको अन्त्य पछि लक्ष्मी निवास मोहन शमशेरको नाममा थियो तर उनी नेपाल छाडेर पलायन भएपछी उनको सारा सम्पति र लक्ष्मी निवास राष्ट्रियकरण गरियो । हाल यो दरबार नेपाली सेनाको भैरवनाथ गण छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027।