सामग्रीमा जानुहोस्

कुमार नरसिंह राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुमार नरसिंह राणा
व्यक्तिगत विवरण
आमाबुबा
प्रख्यात कारण
आर्किटेक्चर, भवन निर्माण
पुरस्कार तथा सम्मान
नेपाल तारादिश तृतीय श्रेणी

ब्रिगेड कर्णेल मान्यवर नेपाल तारा कुमार नरसिंह राणा नेपालको प्रथम सिभिल इन्जिनियर हुन् । उनी काजी बालनरसिंह कुँवरका नाति र बद्रीनरसिंह राणाका काँहिला छोरा हुन् । उनका भाइ किशोर नरसिंह राणा पनि सिभिल इन्जिनियर हुन् ।[१] यिनले थोमसन सिभिल इन्जिनियरिङ्ग, रूर्की, भारतबाट शिक्षा हासिल गरेका थिए।

कार्य

[सम्पादन]

उनले भाइसँग सम्मिलित भई सिंहदरवारको निर्माण गरेका हुन् । भर्सेलिस दरबारको परिकल्पनामा सिंहदरवारको खाका कोरिएको थियो जसमा १७०० कोठाको नक्सा तयार पारिएको थियो । उनले अग्नि शमशेरको निवास शंकर होटलको डिजाईन गरेका हुन् । त्यस्तै विभिन्न भवनहरूमा नियो-क्लासिकल डिजाइन भित्र्याएका थिए । [२]

यो पनि हेर्नुहोस

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]