कुमार नरसिंह राणा
स्वरूप
बृगेड कर्णेल मान्यवर नेपाल तारा कुमार नरसिंह राणा | |
---|---|
व्यक्तिगत विवरण | |
अभिभावक |
|
परिचि | आर्किटेक्चर, भवन निर्माण |
पुरस्कार | नेपाल तारादिश तृतीय श्रेणी |
ब्रिगेड कर्णेल मान्यवर नेपाल तारा कुमार नरसिंह राणा नेपालको प्रथम सिभिल इन्जिनियर हुन् । उनी काजी बालनरसिंह कुँवरका नाति र बद्रीनरसिंह राणाका काँहिला छोरा हुन् । उनका भाइ किशोर नरसिंह राणा पनि सिभिल इन्जिनियर हुन् ।[१] यिनले थोमसन सिभिल इन्जिनियरिङ्ग, रूर्की, भारतबाट शिक्षा हासिल गरेका थिए।
कार्य
[सम्पादन गर्नुहोस्]उनले भाइसँग सम्मिलित भई सिंहदरवारको निर्माण गरेका हुन् । भर्सेलिस दरबारको परिकल्पनामा सिंहदरवारको खाका कोरिएको थियो जसमा १७०० कोठाको नक्सा तयार पारिएको थियो । उनले अग्नि शमशेरको निवास शंकर होटलको डिजाईन गरेका हुन् । त्यस्तै विभिन्न भवनहरूमा नियो-क्लासिकल डिजाइन भित्र्याएका थिए । [२]