गजराज सिंह थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बडाहाकिम श्री
गजराज सिंह थापा
बडाहाकिम कर्णेल गजराजसिंह थापाको एक तस्बिर
इलाम गौंडाका बडाहाकिम
व्यक्तिगत विवरण
नाताससुरा जंगबहादुर राणा
अभिभावक
  • हेमदल सिंह थापा (पिता)
सैन्य सेवा
निष्ठानेपाल नेपाल
श्रेणीकर्णेल

गजराज सिंह थापा नेपाली चिया उद्योगका संस्थापक हुन् । उनी नेपाली सेनाका कर्णेल एवम् इलाम गौंडाका बडाहाकिम पनि थिए । उनले चियाको बिजारोपण सुरु गरेपछि अहिलेको स्थितिमा यो राष्ट्रिय आयको साधन बनेको छ । [१]

परिवार[सम्पादन गर्नुहोस्]

कर्णेल गजराजसिंह थापा र बदनकुमारी

उनको जन्म करिब सन् १८३० तिर काजी हेमदलसिंह थापाको पुत्रको रूपमा भयो । उनका हजुरबुवा सरदार अचल सिंह थापा हुन् । उनले जङ्ग बहादुर राणाकी जेठी छोरी बदनकुमारीसँग विवाह गरेका थिए ।[२] उनका छोरा कर्णेल हर्कजङ्ग थापा हुन् र नाति डिल्ली जङ्ग थापा राजविराज नगरपालिकाको डिजाइनर (पहिलो टाउन-प्लानिङ) हुन् ।

चिया उद्योग[सम्पादन गर्नुहोस्]

इलाममा गजराजसिंहको योगदानको कदर स्वरुप राखिएको बोर्ड

दार्जिलिङको भ्रमणमा उनले चिया निकै स्थानहरूमा पिएका थिए । चियाको बिज उपहार स्वरुप पाउनासाथ सोक्तिममा चिया खेती गरेका थिए । १०३ एकड जग्गामा क्यामेलिया साइनेनसिस नामक चियाको बिजारोपण गरेपछि नेपालको सन्दर्भमा चियाले एक दैनिक पेय पदार्थको स्थान पाएको हो । [३]

इलाममा राखिएको अर्को बोर्ड

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]

इलाम जिल्ला