गोरखा दरबार
Jump to navigation
Jump to search
गोरखा जिल्लामा रहेको यो ऐतिहासिक दरबार गोरखा सहर भन्दा माथि पहाडको टुप्पामा रहेको छ। यस दरबार को पस्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ। त्यहाँ एउटा पुरानो गुफा पनि छ जहाँ बाबा गोरखनाथको मुर्ति रहेको पाईन्छ। नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका राजा पृथ्वी नारायण शाह को जन्मस्थल रहेको यो दरबार नेपालको महत्त्वपुर्ण ऐतिहासिक स्थल मनिन्छ।[१]
इतिहास[सम्पादन गर्ने]
सन् १७२३ मा राजा पृथ्वी नारायण शाहको जन्म गोरखा दरबारमा भएको थियो।[२] गोरखा राज्यको नाम बाबा गोरखनाथको नामबाट राखिएको मनिन्छ। भनिन्छ पृथ्वी नारायण शाहलाई राज्य एकीकरण गर्ने प्रेरणा पनि गोरखनाथबाट मिलेको थियो।[३]